Pages

Thursday 29 March 2012

गोर्खाल्याण्ड आन्दोललाई छत्र सुब्बाले भने ‘गुड बाई’ ........गोर्खा जातीमा जन्म लिनु नै मेरो निम्ति अभिशाप भयो – छत्र सुब्बा

गोर्खाल्याण्ड आन्दोललाई छत्र सुब्बाले भने ‘गुड बाई’
गोर्खा जातीमा जन्म लिनु नै मेरो निम्ति अभिशाप भयो – छत्र सुब्बा

डी के वाइबा: कालेबुङ २९ मार्च: छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई यसपल्ट गणतान्त्रीक अनि अहिंसात्मक तरिकाले अघी बडाउँने योजना तयार पारेर पुरानै गोर्खा लिबरेसन अर्गनाईजेसन (जीएलओ) पार्टी पुन: गठन भएको औपचारिक घोषणा गरि दलको झण्डा समेत सार्बजनिक गर्ने योजना तयार पारेका छत्र सुब्बाले पार्टी गठन भएको घोषणा गर्न अघि नै आफुले राजनैतिक जीवन पुर्णरुपले त्यागेको घोषणा गरे। तिनले जीएलओ पुन: गठन भएको कुरा बताउँन बोलाएका पत्रकारहरुलाई सम्बोधन गर्दै “ मैले गोर्खा जातीमा जन्म लिएर ठूलो अभिशाप गरें। यो जातीको निम्ति अबोप्रान्त कुनै काम गर्दिन। गोर्खाहरुले गोरर्खाल्याण्डको निम्ति कयौं समय पर्खनुपर्छ किन भने ईमान्दर नेताहरुलाई जनताले साथ दिंदैन। सायद म गोर्खाल्याण्डको मुद्दामा ईमान्दर रहेर आन्दोलन अघि बडाउँने कुरा गर्दा नै जनताले मलाई साथ दिन नचाहेका होलान्। त्यसैले अब म गोर्खाल्याण्डको आन्दोलन कहिले गर्दिन। मलाई क्षमा गर्नुहोस म आजदेखि गोर्खाल्याण्ड आन्दोलनको बाटो त्यागरहेछु” – छत्र सुब्बाले खुबै भावुक बन्दै भने।
तिनले कसैले पनि गोर्खाल्याण्डको कुरा गर्छ भने मुखले मात्र गरेर हुँदैन भन्दै आन्दोलनकारीहरु ईमान्दर हुनपर्ने कुरामा जोड दिए। आफुले मर्न अघि सम्पूर्ण गोर्खा जातीको हितमा गोर्खाल्याण्ड राज्य गठन गरेर प्राण त्याग्ने उत्कट ईच्छा रहेको जनाउँदै बिगतमा सुवास घिसिङले गोर्खाल्याण्डको आन्दोलन गरेर दागोपापमा सम्झौता गर्दा गर्दा गोर्खाल्याण्डकै निम्ति आफुले सुवास घिसिङको साथ छोडेको पनि तिनले दाबी गर्दै
सुवास घिसिङको साथ छोडेपछि सरकारले आफुलाई ग्रेटर अटोनोमस दिंदा समेत माटोको आन्दोलनमा कहिल्यै सम्झौता नगरेको छत्र सुब्बाले दाबी गरे। तिनले गोर्खाहरु पैसामा बिक्री भईरहेको कारण गोर्खाल्याण्डको मुद्दालाई केवल मौखिक रुपले मात्र भन्ने गरेको बताउँदै यस्ता पैसामा बिक्री हुने गोर्खा जतिलाई धिक्कार छ भन्दै गोर्खा जति भएर जन्मनुनै ठूलो गल्ति गरें भनि तिनले जनाए।
छुट्टै राज्य गोर्खाल्याण्डकै निम्ति जनतालाई सही नेतृत्व दिने सोंच बनाएर आफुले आन्दोलनलाई अहिंसात्मक तरिकाले आघि बडाउँने बिचार बनाएको जनाउँदै अब मेरो बाट गोर्खाल्याण्डको आन्दोलन सकियो भने। बिगतका आन्दोलनकालमा आफुले तन, मन र धन दिएर गोर्खाल्याण्डको आन्दोलनलाई नेतृत्व गरी अघि बडाउँने योजना बनाउँदा सरकारले पैसामा आफुलाई किन्न आएको दाबी गर्दै माटोको आन्दोलनमा छत्रे सुब्बालाई किन्ने भारतमा रहेको पैसाले नपुग्ने तिनले दाबी गरे।जनताले ईमान्दार नेतृत्वलाई साथ नदिने गरेको कारण नै अहिले सम्म छुट्टै राज्य हुन नसकेको तिनले बाताउँदै अब गोर्खाल्याण्डको निम्ति सही नेतृत्व कस्तो बनाउँनुपर्ने भन्नेकुरा जनताले नै तय गर्नुपर्ने सुब्बाले जनाए। “आज गोर्खाल्याण्डको निम्ति आन्दोलन गर्न दह्रो संगठन गठन गर्ने योजना रहेको थियो तर, गोर्खाल्याण्डको निम्ति ईमान्दार जनताहरु ननिस्केको कारण म अबोप्रान्त यस आन्दोलनलाई त्यागीरहेछु अनि पैसामा बिक्री हुने जातीलाई धिक्कार छ भन्छु” सुब्बाले आक्रोस व्यक्त गर्दै भने। तिनले अहिले घरी बङ्गाल सरकारले बङ्लादेशीहरुलाई गैरकानुनी रुपले बङ्गालमा भित्राएर भोट ब्याङ्क बनाउँनुको साथै अर्को बङ्गलादेश बनाउँन खोजिरहेको आरोप लगाए।

यसै सिलसिलामा पत्रकारहरुलाई सम्बोधन गर्दै तिनले दार्जीलिङ पहाड लगाय तराई डुवर्स बङ्गालको कहिल्यै नभएको दाबी गर्दै बिगत दिनमा यस कुरालाई स्वीकार गरेर सरकारले श्वेत पत्र समेत जारी गरेको बताउँदै यहाँको असली नागरीकहरुलाई भने उच्छेद गर्ने षडयन्त्र रचिरहेको पनि तिनले दाबी गरे। गोर्खाल्याण्ड राज्य बङ्गालले दिन नसक्ने बताउँदै यस भू भाग बङ्गालको नभएको कारण यसबारेमा केन्द्रसित नै कुराकानी गर्नुपर्छ भनि सुब्बाले बताए। ‘जीटीए अथवा दागोपापले गोर्खाहरुले समस्या समाधान नहुने कुरा बुझेर नै गोर्खाल्याण्डको आन्दोलन यसचोटी सशक्त रुपले अघि बडाउँनछु भनेर सोंचेको थिए। यसै सिलसिलामा मैले धेरै ठाउँहरुको समेत भ्रमण गरेको थिए अनि आज यस कुरा सार्बजनिक गर्न सबैलाई निम्ताएको थिएँ। तर यहाँ मेरो आन्दोलनमा आउँन नदिन कतिपय मानिसहरुलाई रोकेको खबरहरु समेत सुने। यस्तो परिस्थितिमा जनता अघि आउँन सक्दैन भने म कसरी आन्दोलनलाई अघि बडाउँनु ?’ छत्रे सुब्बाले भने। कुनै पनि आन्दोलनलाई अघि बडाउँनु हो भने सबै गोर्खाल्याण्ड प्रेमी जनताहरु आन्दोलनकै निम्ति समर्पित बनेर अघि आउँन सक्नुपर्ने तिनले बताउँदै यदि मुखले मात्र गोर्खाल्याण्डको कुरा गर्छ भने यस्तो आन्दोलनले सफलता पाउँन नसक्ने पनि तिनले जनाए। तिनले आन्दोलन गर्ने नेताहरु कतिको ईमान्दर छन् भन्ने कुरा जनताले पहिले बुझ्न आवश्यक रहेको जनाउँदै नेताहरुले झूटो शहिद दिवस पालन गर्दैमा गोर्खाल्याण्ड नहुने दाबी गरे।

स्मरण रहोस जीएलओ प्रमुख छत्र सुब्बा सुवास घिसिङ हम्लाकाण्डको आरोपमा पक्रा परेर लक भक ११ वर्ष जेल बसेर आरोप मुक्त बनेपछि ९ सितम्बर २०१० को दिन घरमा आईपुगेका थिए। तिनी जेलबाट छुटेर घर आएपछि केहि समयसम्म राजनितामा नलाग्ने पत्रकारहरुलाई बताएका थिए भने पछि बाट बिस्तारै तिनले राजनैतिक कसरत गर्न थालेपछि पुन: चर्चामा आउँन थालेको थियो। यसै सिलसिलामा गोजमुमो प्रमुख बिमल गुरुङले ६ फरवरीको दिन कालेबुङको टाउन हलबाट छत्र सुब्बाले कालेबुङमा छत्र सुब्बाले १५-२० जना माओवादीहरु भित्राएको आरोप लगाएपछि दुई नेतबिचको वाकयुद्धले तिनलाई चर्चाको शिखरमा पुराएको थियो। यसै सिलसिलामा तिनले जीएलओ पार्टीको पुरानै ब्यानरमा आन्दोलन अगि बडाउँन घोषणा गरे पछि दार्जीलिङ पहाडमा राजनैतिक मौसम तातिएको थियो। समय आए पछि आन्दोलनको घोषणा गर्छु भन्ने छत्र सुब्बाले आज आन्दोलन अघि बडाउँन बिभिन्न स्थानहरुबाट युवा मानिसहरुलाई निम्तएका थिए। तिनको निमन्त्रणा पाएका कतिपय मानिसहरु तिनको घरमा पस्थित भएका पनि थिए तर बोलाएकाहरु सबै कतिपय कारणवस आउँन सकेका थिएनन् भने तिनको घरमा आउँने मानिसहरुलाई गोजमुमो पार्टीले रोकेको हल्ला समेत फैलिएको थियो। यस अवसरमा कालेबुङमा बुधबार ल्याईएका एक प्लाटुन रेफ फोर्सका जवानहरु लगायत थुप्रै पुलिसकर्मीहरु समेत तिनको घर नजिक तैनाथ गरिएको थियो। सुब्बाले कतिबेला आन्दोलनको घोषणा गर्नेहुन् भनि बसेका पत्रकारहरु अघि एकाएक सुब्बा आएर “सिधै आजदेखि म गोर्खाल;याण्डको आन्दोल त्यागीरहेछु” भनेर पत्रकारहरु लगायत तिनका समर्थनमा भेला भएका मानिसहरुलाई समेत आवक बनाए।

Wednesday 28 March 2012

गोजमुमोले ल्याउँन लागेको जीटीए छैटौ अनुसुचि भन्दा निम्न स्तरको – क्रामाकपा

कालेबुङ 28 मार्चः क्रामाकपाले जीटीएलाई सुवास घिसिङले ल्याउँन लागेको छैटौ अनुसुचि भन्दा पनि तल्लो स्तरहो भनि दाबी गरेको छ। क्रामाकपा आञ्लिक समितिका प्रवक्ता मोहन पौड्यालले एक पत्रकार सम्मेलन डाकेर सुवास घिसिङले सम्झौता गरेको छैटौ अनुसुचिमा मोठ 18 वटा मौजाहरु गाभिएको थियो भने मोर्चाले सम्झौता गरेको जीटीएमा 2 वटा घटेर 16 वटा मौजा हुनुले नै जीटीए छैटौ अनुसुचि भन्दा तल्लो स्तरको हो भन्ने कुराको पुष्टि बनेको दाबी गरे। गोजमुमो पार्टीले पहाडको तीन महकुमा अनि 16 वटा मजौलाई लिएर हुने भनिएको जीटीए चुनाउलाई आज क्रामाकपाले टिप्पणी गर्दै यो तराई-डुवर्ससितै समस्त गोर्खाहरूको निम्ति महाधोका हो भनि दाबी गरे। तिनले 19988 सालमा दागोपापको एकर्डमा नै 13 वटा मौजा दिइसकेको क्रामाकपाले बताउँदै जीटीए वास्तवमा कुनै उपल्ब्धि नै नरहेको ठोकुवा गरे ।गोजमुमोको भनाइअनुसार अहिलेलाई पहाडको तीनवटा महकुमा अनि 16 वटा मौजाहरूलाई लिएर चुनाउ हुनेछ अनि पछिबाट हाइवापर कमिटीको रिपोर्ट आएपछि जीटीएमा गाभिने मौजाहरूबाट प्रतिनिधिहरू मनौनित गरिनेछ। तर मोर्चाको यस्तो भनाइलाई क्रामाकपाले अपत्यारो मान्दै दोस्रोचोटि डुवर्सलाई धोका भएको बतायो। तराई-डुवर्सका गोर्खाहरूलाई गोजमुमोले विश्वासघात गरेको क्रामाकपाले आरोप लगाउँदै गोर्खाल्याण्दको मुद्दामा धोका दिनेहरुलाई जनताले राम्ररी चिन्न सक्नु पर्ने आह्वान गरे।बन्दकी आमालाई फर्काइल्याउने, यो अन्तिम लडाइ हो भन्नेहरूले 44 महिनाको आन्दोलनपछि ल्याएको फल दागोपाप नै हुन भनि तिनले मोर्चालाई प्रश्न तेर्साए। अहिले गोजमुमो पार्टीले अन्य राजनितिक दलहरुलाई गोर्खाल्याण्ड बिरोधी भनेर बह्न्ने गरेको बताउँदै यहाँ गोर्खाल्याण्ड बिरोधी र जीटीए प्रेमी जनताले छुट्ट्याउँन आवश्यक रहेको पनि पौड्यालले जनाए। बर्तमान समयमा गोर्खाल्याण्डको मुद्दालाई राष्ट्रिय स्तरमा अघि बडाउँने दलहरुलाई नै गोर्खाल्याण्ड बिरोधी भन्नु नितान्त हाँस्यपद कुरा रहेको जनाउँदै पहिले मोर्च आफैले आफुहरुलाई गोर्खाल्याण्ड प्रेमी वा जीटीए प्रेमी हो भन्ने कुरा स्पष्ट पार्नुपर्ने पनि तिनले माग गरे। गोजमुमोको यही नीति मन नपराएर भर्खरै हरियाणा शाखा पनि विघटन भएको कुरा तिनले गरे। जीटीएको सम्झोता हुनेबित्तिकैदेखि तराई-डुवर्स छोडिने भय जुन क्रामाकपाले ठानेको थियो आज त्यही हुनगयो।’-पौड्यालले अझ भने। यसैअवधी क्रामाकपाले मई दिवस पाल गर्ने जानकारी गराउँदै आञ्चलिक समिति अध्यक्ष किशोर प्रधानले गोजमुमोको लेवर युनियन र मालिक पक्षको मिलिभगतमा कतिपय चियाबगानका श्रमिकहरूलाई 9 घण्टा काम गर्न बाध्य बनाइरहेको तिनले आरोप लगाए। मालिक पक्षले मजदुरहरूमाथि गरेको अन्यायको विरोधमा विश्वव्यापी रूपमा भएको आन्दोलनको फलस्वरूप मजदुरहरूले केवल 8 घण्टा काम गर्नपाउने भएपनि पहाडका मजदुरहरूलाई 9 घण्टा खटाइनुलाई क्रामाकपाले ढटेर विरोध गर्ने भएको छ।

कालेबुङमा एक प्लाटुन र्‍याफका जवानहरु तैनाथ गरियो

डी के वाइबा: कालेबुङ 28 मार्चः कालेबुंको वर्तमान परिस्थितलाई मध्यनजर राख्दै प्रशासनले एक प्लाटुन र्‍यापिड एक्सन फोर्स (RAF) तैनाथ गरेको छ | आज लकभक एक बजेतिर उक्त र्याफका जवानहरु कालेबुंग आइपुगेका छन् भने उक्त जवानहरुले साँझदेखि मार्चिंग शुरु गरेको छ | दिउँसो अचानक र्याफका जवानहरु कालेबुंग आइपुगेपछि प्रशासनले किन र्‍याफका जवानहरु ल्याए भन्ने मानिसहरुले चर्च गरिरहेका छन् | यस सम्बन्धमा पुलिस विभागका एकजना अधिकारीले आ

फ्नो नाम प्रकाशमा नल्याईदिने आग्रह गर्दै कालेबुको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै कानुन व्यवस्थालाई बलियो पार्न र्याफका जवानहरु ल्याइएको जानकारी दिएका छन् | पहिलो चरणमा एक प्लाटुन जवानहरु कालेबु ल्याइएको छ भने यदी आवश्यक परेको खण्डमा थप जवानहरु ल्याउन सक्ने थप तिनले जानकारी दिएका छन् |

स्मरण रहोस अहिले घरि कालेबुमा भित्र - भित्रै राजनैतिक कसरत चारैतिर जोडले बढिरहेको छ | यी कुराहरुलाई पुलिस प्रशासनले गहिरो तरिकाले अध्ययान गरिरहेका छन् भने खुफिया विभागहरु समेत सक्रिय रहेको सुत्र मार्फत जानकारी पाइएको छ | केहिदिन अघि मात्र दार्जीलि पहाडको शक्तिशाली राजनैतिक दल गोजमुमो पार्टीका उपाध्यक्ष कल्याण देवानले कालेबुमा संदिग्ध व्यक्तिहरु भित्रिएको आशंका व्यक्त गर्दै थानामा लिखित जानकारी दिएका थिए | यस भन्दा अघि पनि गोजमुमो प्रमुख बिमल गुरुङले कालेबुमा माओवादीहरु भित्रिएको दाबी गरेका थिए | त्यसपछि कालेबुमा माओवादीको आतंक शुरु भएको थियो भने मोर्चा उपाध्यक्ष कल्याण देवानले संदिग्ध व्यक्तिहरु भनेर पनि मावोबादीहरु तिर नै संकेत गरेको हुन सक्ने अनुमान रहेको छ | यतिमात्र होइन विगतका दिनहरुमा जगी नेताका रुपमा परिचित रहेका जीएलओ प्रमुख छत्रे सुब्बाले पनि कालेबुमा नयाँ राजनैतिक दल गठन गर्ने हल्ला चलिरहेको छ | यस्तो परिस्थितिमा छत्र सुब्बाले नयाँ राजनैतिक पार्टी गठन गरेर आन्दोलन गरे हिंसा फैलिन सक्ने सम्भावनालाई केन्द्र गरेर प्रशासनले यसरी अचानक र्‍याफका जवानहरु ल्याएका हुन सक्ने सम्भावना रहेको |

छत्र सुब्बाको आन्दोलन अघि बड्न नदिन मोर्चाको नयाँ चाल ?

गोर्खाल्याण्डको आवजलाई कुनै पनि शक्तिले रोक्न सक्दैन – छत्र सुब्बा

बिशेष प्रतिनिधी: कालेबुङ २८ मार्च: “बिगतमा सुवास घिसिङले गोर्खाल्याण्ड आन्दोलन गरेर दागोपापमा सम्झौता गर्दा मैले लिखित रुपमा बिरोध गरेर गोर्खाल्याण्डको आवज उठाएको थिएँ। पछिबाट तिनै घिसिङ हम्लाकाण्डको आरोपमा मलाई बिभिन्न षड्यन्त्र गरेर फसाउँने काम भयो। बिना आरोप मलाई लकभक ११ वर्ष जेल राखेपनि अन्तमा कुनै प्रमाण नपाउँदा न्यायलयले निर्दोश प्रमाणित गरेर आरोप मुक्त गरेको छ। हाल गोजमुमो पार्टीले गोर्खाल्याण्डको कुरा गरेर जीटीएमा सम्झौता गरेको कारण जनताहरु हतास भएका छन्। जनताले मलाई बारम्बार छुट्टै राज्यको आन्दोलनलाई अघि बडाउँने आह्वन गरिरहेको कारण जनताकै आह्वनमा छुट्टै राज्यको आन्दोलनलाई अघि बडाउँने योजना तयार पारेको छु। आन्दोलनको प्रारम्भिक रणनीतिहरु तयार भईसकेको छ तर, एकचोटि जनताको बिचार बुझ्ने अनि आफ्नो बिचार पनि जनता अघि राख्ने सोंच बनाएर एउटा सभा नै गरौं भनेर भवनको निम्ति आवेदन गर्दा कुनै पनि भवन पाउँन सकिएन। भवन नपाउँनुमा गोजमुमो पार्टीको ठूलो षड्यन्त्र रहेको छ” –उक्त कुरा गोर्खाल्याण्ड आन्दोलनको क्रममा जङ्गी नेताको रुपमा परिचित जीएलओ प्रमुख छ्त्र सुब्बाले भनेका हुन्। तिनले गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउँन अघि जनताको मनाशय बुझ्न आवश्यक ठानेर भोलि २९ मार्चको दिन यहाँको टाउनहल बुकिङ समेत गरेर आवश्यक पैसा समेत बिभागलाई बुझाउँने काम भएको थियो तर पछिबाट उक्त हल गोजमुमो पार्टीको युवा संगठनले बुकिङ गरेको जानकारी पाएको कुरा बताउँदै आफुले बुकिङ गरेको हल कसरी अन्य दललाई बिभागले दियो भनि प्रश्न तेर्साए। तिनले आफुलाई आन्दोलन अघि बडाउँन मोर्चाले नदिन नै यसरी सुनियोजित तरिकाले हल बुकिङ गरेर षडयन्त्र रचेको आरोप लगाउँदै यो कसैको आवजलाई दबाउँन गरिएको षडयन्त्र हो भनि दाबी गरे। तिनले गणतन्त्रमा कसैले पनि बोल्ने अधिकार संविधानले दिएको बताउँदै आफ्नो बिचार जनताले बुझे मोर्चाको आन्दोलन अनि पार्टीको अस्तित्व समेत खतरामा पर्ने सम्भावना देखेर नै आफुलाई जनि बुझी सभाको आयोजना गर्न नदिने सुनियोजित षड्यन्त्र रचेको तिनले थप दाबी गरे। यस भन्दा अघि तिनले सभा गर्नको निम्ति आफ्नै गाउँ नजिक रहेको हल बुकिङ गर्दा उक्त भवन पनि गोजमुमो पार्टीको नारी मोर्चाले बुकिङ गरेर आफुलाई बाधा दिएको जनाउँदै यता टाउन हलमा पनि बाधा दिएर आन्दोलन कसैले गर्न नदिने मोर्चाले योजना बनाएको सोझै आरोप लगाए। तिनले गान्धीवादी आन्दोलन र गणतान्त्रीक आन्दोल गर्छु भनेर घोषणा गर्नेहरुले आफुले आन्दोलन गर्छु भन्दा के को डर भयो भन्ने प्रश्न गर्दै यो गणतन्त्रको कुरा गर्नेहरुले जनताको बोल्न पाउँने मौलिक अधिकार समेत खोस्ने गरेको आरोप लगाए। यसै सिलसिलामा तिनले आफुलाई एकमात्र गोर्खाल्याण्डको निम्ति बिगतदेखि बर्तमानसम्म लड्ने ईमान्दार योद्धा रहेको दाबी गर्दै गोर्खाल्याण्डको आवज कुनै शक्तिले रोक्न नसक्ने तिनले दाबी गरे। जीटीएले भारतभरि छरिएर बसेका गोर्खाहरुको राजनैतिक अस्तित्व र राष्ट्रिय चिन्हारी बोक्न नसक्ने दाबी गर्दै सम्पूर्ण भारतभरी छरिएर बसेका गोर्खाहरुको एकमात्र आकांक्षा गोर्खाल्याण्ड राज्य गठनको निम्ति कुनै पनि अवस्थामा आन्दोलनलाई अघि बडाउँने दाबी गरे। जति जति पहाडका जनताहरुलाई आफ्नो आन्दोलनमा आउँन मोर्चाले रोक्ने षडयन्त्र रच्छ तब तब नै जनता आफै मोर्चाको तानाशही प्रबृतिलाई ध्वस्त पारेर अघि आउँने छत्र सुब्बाले थप दाबी गरे।

अर्कोतिर यहाँको टाउन हल बुकिङ गरेर पनि छत्र सुब्बाले पाउँन नसकेको सन्दर्भमा सूचना एंव संस्कृति बिभाग अधिकारी मितेन्द्र छेत्री सित जान्न चाहँदा २९ मार्चको दिन हल बुकिङको निम्ति आवेदन आएको स्वीकार गरे। तिनले उक्त दिनको निम्ति अनिरुत छेत्रीको नाममा हल बुकिङको निम्ति आवेदन आएको जानकारी गराउँदै कुनै पनि संघ संस्थाले कुनै पनि कर्यक्रम गर्न चाहेको खण्डमा संस्थाको लेटर प्याडमा आवेदन दिनुपर्ने भिभागको नियम रहेको बताए। छत्र सुब्बाको आफुलाई आएको आवेदनमा कुनै संस्थाको नाम तथा सही नभएको कारण हल बुकिङ गर्न आउँनेहरुलाई सबै जानकारी गराएर अर्कोदिन सही प्रकारको आवेदन ल्याएर आउँने भनेर बिभागको सबै नियम समेत बुझाएर पठाएको जनकारी तिनले दिंदै भोलिपल्ट भने अन्य आवेदन लिएर कोहि नआएको तिन ले थप जानकारी गराए। सबै प्रक्रिया पुरा गरेर हल बुकिङको निम्ति आवेदन आएको खण्डमा बिभागले हल दिने प्रावधान रहेको जनकारी गराउँदै यदि राजनैतिक कार्यक्रम रहेको खण्डमा भने पुलिस बिभागलाई समेत आवेदन दिनुपर्ने कुरा आवेदन गर्न आउँनेहरुलाई जनाएर पठाएको तिनले जानकरी दिए। यस सम्बन्धमा थानामा छत्र सुब्बाले कार्यक्रम गर्ने कुनै लिखित जानकारी आयो आएन भन्ने जान्न चाहँदा आजसम्म तिनीबाट यस्तो कुनै आवेदन नआएको थाना सुत्रले जनाकारी दिएको छ।

Tuesday 27 March 2012

कालेबुङमा मोर्चाको महत्वपूर्ण बैठक सम्पन्न


१६ वटा नयाँ मौजाहरु मिलाएर पहिले ४५ वटा समष्टिमा जीटीएको चुनाव हुने – रोशन गिरी

डी के वाइबा; कालेबुङ २७ मार्च: गोर्खा जनमुक्ति मोर्चा प्रमुख बिमल गुरुङको उपस्थितिमा आज यहाँको डेलो टुरिष्ट लज परिसरमा मोर्चाको स्टडी फोरम, केन्द्रिय समतिका प्रतिनिधीगण अ

नि तराई डुवर्सका प्रतिनिधीहरुसंग महत्वपूर्ण बैठक सम्पन्न भयो| लकभग चार घण्टा लामो चलेको बैठकमा गोजमुमो डुवर्स समितिका अध्यक्ष पदम लामा सचिव गणेष आले तथा अन्य मोर्चा प्रतिनिधीहरुको सहभागिता रहेको थियो भने यता मोर्चा महासचहिव रोशन गिरी, अर्जुन प्रधान, एल बी परियार लगायत अन्य नेताहरुको बैठकमा उपस्थिति रहेको थियो। दिउँसो १२ बजेदेखि सुरु भएको उक्त बैठक लक भग चार बजे समापन भयो भने बै

ठक सकेपछि महासचिव रोशन गिरीले पत्रकारहरुसित कुराकानी गर्दै गत २४ मार्चको दिन मोर्चा प्रमुख बिमल गुरुङ अनि राज्यका मुख्यमन्त्री माझ कोलकतामा भएको बैठकबारे तराई डुवर्सका प्रतिनिधीहरुलाई जनकारी गराउँन बैठक डाकिएको जानकारी गराए। यसै अवधी तिनले तराई डुवर्सको अन्तर्भुक्तिको दावीमा आगमी २९ मार्चको दिन गोरुबथानमा मोर्चाको आबिप अनि अन्य संगठनहरुसित बैठक बसेर कार्यक्रम तय गरिने तिनले जानकारी दिए। यसै सिलसिलामा

तिनले सोहि दिन एउटा जोईन एक्सन कमेटी समेत गठन गरेर कार्यक्रमलाई अघि बडाउँने तिनले जानकारी गराए। उक्त बैठकमा आबिप नेता जोन बार्लाको पनि उपस्थिति रहने जानकारी दिंदै सबै मिलेर नै तराई डुवर्सको भू भाग अनतर्भुक्तिको निम्ति कार्क्रमको घोषणा गरने पनि गिरीले जानकारी गराए। यसै अवधी तिनले पत्रकारहारुलाई सम्बोधन गर्दै आगमी जुन महिना भित्रमा हाई पावर कमेटिले तराई डुवर्सको भू भाग जीटीएमा गाभिनु पर्ने बिषयमा सरकारलाई रिपोर्ट बुझाउँने बताउँदै यसै अवधी जीटीएको सम्झौता पत्रमा उल्लेख गरिएको १६ वटा मौजाहरु गाभिएर मोठ ४५ वटा

समष्टिहरुको सिमाङ्कन पुरा गरी दागोपापको तिनवटा महकुमा क्षेत्रमा चुनाव हुने जानकारी गराए। तिनले दागोपापको तीनवटा महकुमा क्षेत्रहरुमा १६ वटा मौजाहरु गाभिएर पहिले ४५ वटा समष्टि गठनहुने बताउँदै तराई डुवर्सको भू भाग गाभिए पछि त्यस ईलाकाबाट भने मनोनित सदस्यहरु जीटीएको प्रतिनिधी हुने जानकारी गराए। पहिलो चरणमा तराई डुवर्सबाट मनोनित प्रतिनिधी भए पनि दोस्रोचोटिको

चुनावमा भने थप समष्टिहरु बडाउँने बिषयमा सरकारसित कुराकानी गरेर चुनाव हुने तिनले थप जानकारी गराए।

अर्कोतिर गोजमुमो डुवर्स कमिटिका सचिव गणेष आलेले पत्रकारहरुसित कुराकानी गर्दै हाई पावर कमेटिको रिपोर्ट पछि तराई डुवर्स जीटीएमा गाभिनेकुरामा आफुहरु आशावादी रहेको बताए। आजको बैठकमा कोलकतामा मुख्यमन्त्री सित भएको बैठकबारे तराई डुवर्सका मानिसहरुलाई अवगत गराएको जानकारी गराउँदै तराई डुवर्सका भू भागहरु जीटीएमा गाभिन दिदैनौं भन्ने दलहरुको कुनै औचित्य नै नरहेको तिनले दाबी गरे। हाई पावर कमेटिलाई क्षेत्रीय भ्रमण गर्न नदिने आबिपको अडान प्रति टिप्पणी गर्दै यस्ता बिरोधहरुले कसैलाई प्रभाव नपार्ने तिनले दाबी गरे। तिनले आगमी २९ मार्चको दिन गोरुबथानमा बैठक बसेर जोईन एक्सन कमिटि बनए पछि नै तराई डुवर्समा हुने आन्दोलनको घोषणा गरेर आन्दोलनलाई अघि बडाउँने दाबी गरे। यसै सिलसिलामा तिनले एउटा प्रश्नको उत्तर दिंदै जीटीएको भू भागमा यदि तराई डुवर्स गाभिएर मनोनित सदस्य राखेको खण्डमा कुनै आपत्ति नहुने पनि स्पष्ट पारे।

Monday 26 March 2012

डी के वाइबा: कालेबुङ 26 मार्चः बारम्बार गोर्खाहरुलाई बिभिन्न षडयन्त्र गरेर संबैधानिक अधिकारबाट बञ्चित गरिरहेको क्रामाकपाले आरोप लगाएको छ। क्रामाकपा महासचिव तारामणी राईले आज यहाँको पार्टीकार्यलयमा पत्रकारहर्लाई सम्बोधन गर्दै जीटीए गठन गरेर सरकारले गोर्खाहरुको समस्या समाधान भयो भन्ने जुन कुरा गरिरहेको छ त्यस कुराले गोर्खाहरुको गोर्खाल्याण्डको दाबीलाई ठ्लो बाधा भएको दाबी गरे। जीटीएले क्षेत्रीय बिकाशको समस्या समाधान गर्न सके पनि गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षाको सवाललाई भने पुरा गर्न नसक्ने कुरालाई राष्ट्रिय स्तरमा अघि बडाउँन नै टास्क फोर्स अनि क्रामाकपाले दिल्लीमा धर्ना प्रदर्शन गरेको राईले जनाए। सरकारले अहिलेघरि जीटीए दिएर गोर्खाहरुको समस्या समाधान भयो भन्नु उचित नरहेको जनाउँदै यस्ता गलत प्रचारहरुको क्रामकपाले बोरोध गरिरहेको तिनले जनाए। तिनले गत 19 अनि 20 मार्चको दिन दिल्लीको जंतर मंतरमा टास्क फोर्स अनो क्रामाकपाले धर्ना प्रदर्शन गरेर सबैको ध्यान गोर्खाल्याण्ड मुद्दाप्रति आकर्षित गरेको तिनले जनाए। यसै अवधी तिनले गोर्खाल्याण्डको माग गर्दै भारतका राष्ट्रपति, प्रधानमंत्री आदिलाई पत्र दिएको जानकरी गराए। तिनले आफुहरुले दिल्लीमा गरेको धर्ना कार्यक्रम सफल भएको बताउँदै गोर्खाहरुको समस्या केवल गोर्खाल्याण्ड राज्यले मात्र समाधान गर्ने ठोकुवा गरे। यसै क्रमका तिनले केहिदिन अघि तराई डुवर्स क्षेत्रमा गोर्खा बोरोधी शक्तिहरुले गरेको पोष्टरिङ सम्बन्धि बिरोध गर्दै यस्ता संगठनहरुले सम्प्रादायिक दंगा फैलाउँने चेष्टा गरिरहेको आरोप लगाए। गणतान्त्रिक देशमा सम्प्रादायिक कुरा गरेर मानिसहरुमा आतंक सृजना गर्नु संविधान बिरोधी कार्य रहेको दाबी गर्दै संबिधान बिरोधी काम गर्नेहरु बिरुद्ध कटोर कार्वाही गर्नुपर्ने पनि तिनले माग गरे। गोर्खा बिरोधी शक्तिहरुले पोष्टरिङ गरेर गोर्खाहरुलाई बिदेशीको आरोप र निस्केका ग्रुरुङले आफ्ना समर्थकहरुलाई मिठाई बाँडेर खुशियाली प्रकट गरे। यद्यपि तिनले यस सम्बन्धि पत्रकारहरुसित भने कुनै कुराकानी गर्न चाहेनन।

डी के वाइबा: कालेबुङ 26 मार्चः गोर्खा जनमुक्ति मोर्चा प्रमुख बिमल गुरुङलाई आज कालेबुङ न्यायलयले दुईवटा छुट्टा छुट्टै मुद्दाहरुमा निर्दोश प्रमाणित गरिदिएको छ। छुट्टै राज्य गोर्खाल्याण्डको नारा लगाएर दार्जीलिङ पहाडमा नयाँ राजनैतिक शक्तिको रुपमा देखा परेको गोजमुमो पार्टीले आन्दोलनकालमा राष्ट्रिय राजमार्ग 31 ए बन्द गरेको आरोपमा पुलिस प्रशसनले बिमल गुरुङ अनि मोर्चा समर्थकहरुलाई मुद्दा दर्ता गरेको थियो। दुवैवटा राष्ट्रिय राजमार्ग बन्द गरेको सन्दर्भमा लगाईएका मुद्दाहरुको आज यहाँको न्यायलयमा सुनवाई भएको थियो। यस अवसरमा मोर्चा प्रमुख बिमल गुरुङ अनि अन्य मोर्चा कर्यकर्ताहरुको उपस्थिति रहेको थियो। न्यालयले गुरुङमाथि लगाईएको आरोपहरु बारे सुनवाई गर्दै गवाहीहरुको बयान सुने भने यता मोर्चा प्रमुखको मुद्दा लडिरहेका अधिवक्ताले ग्रुङको पक्षमा तर्क राखे। दुवै पक्षहरुको तर्क सुनेपछि न्यायलयले गोजमुमो प्रमुख बिमल गुरुङलाई निर्दोश प्रमाणित गरेर सम्मान सहित छुट्कार दिए। तिनलाई अदालतले निर्दोश प्रमाणित गरेर छुट्कारा दिएपछि खुबै प्रसन्न मुद्रमा बाहिर निस्केका ग्रुरुङले आफ्ना समर्थकहरुलाई मिठाई बाँडेर खुशियाली प्रकट गरे। यद्यपि तिनले यस सम्बन्धि पत्रकारहरुसित भने कुनै कुराकानी गर्न चाहेनन।

डी के वाइबा: कालेबुङ 26 मार्चः भारतीय गोर्खाहरु अनुप्रवेशकारी हुन भन्दै अनुप्रवेशकारी गोर्खाहरुले दार्जीलिङ छोड्नुपर्छ भनि केहिदिन अघि तराई डुवर्सका क्षेत्रहरुमा देखापरेको पोष्टर काण्डको भारतीय गोर्खा परिसंघले जोडदार बिरोध जनाएको छ। आज यहाँको भागोप कार्यलयमा आयोजित पत्रकार सम्मेलन डाकेर गोर्खाहरुले दार्जीलिङ छोड्नु भनि पोष्टरिङ गरेर असमाजिक तत्वहरुले शान्ति शृङखला भङग गर्ने प्रयास गरिरहेको भागोपका राष्ट्रिय कार्यकारी अध्यक्ष रेभरेन डा एनोसदास प्रधानले जनाए। तिनले जब जब भारतमा गोर्खाहरुले राजनैतिक हक र अधिकारको कुरा गर्छन तब तब नै गोर्खाहरुलाई बिदेशीको आरोप लगाउँने काम हुँदै आईरहेको बताउँदै यस्ता सम्प्रदायिक कुरा गरेर शान्तिमय वातावरण बिगार्ने प्रयास गरिरहेको आरोप लगाए। प्रजातन्त्रिक भारतमा कसैले पनि सम्प्रदायिक कुरा गरेर हिंसा फैलाउँनु संविधान बिरोधी रहेको बताउँदै यस्ता समाज र देश बिरोधी तत्वहरुलाई सरकारले पक्राऊ गरेर कानुनी कार्वाही गर्नुपर्ने प्रधानले माग गरे। सोहि क्रममा भागोप जोन दुईका अध्यक्ष प्रभाकर देवानले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गोर्खाहरु बिदेशीहुन भन्दै बिदेशीहरुले भारतमा छुट्टै राज्यको माग गरेर अशान्ति सृजना गर्न खोजिरहेको तर्क राखेर गोर्खा बिरोधी संगठन जनचेतना मञ्चले कोलकताको उच्च न्यायलयमा मुद्दा दर्ता गरेको तिनले जानकारी दिए। गोर्खाहरु भारतमा सन 1950 को सन्धिको आधरमा आएर बसोवास गरिरहेको आरोप लगाउँदै बिदेशी गोर्खाहरुको मतदाता सूचिबाट नाम समेत हटाउँने माग गरेर मुद्दा दायर गरेको तिनले जानकारी गराए। यस्ता गोर्खा बिरोधी संगठनहरुले सम्प्रादायिक दंगा फैलाउँने प्रयास गरिरहेको आरोप लगाउँदै यस्ता संगठनहरुलाई सरकारले प्रतिबन्द लगाउँनुपर्ने तिनले माग गरे। गणतान्त्रीक भारतमा सन 1950 को सन्धिको आधारमा गोर्खाहरु आएर बसिरहेको आरोप लगाउँदै बिदेशी नागरिकहरुले अहिले यहाँको पञ्चायत चुनाव, नगरपालीका, बिधानसभा लगायत लोकसभा चुनावमा समेत खडा बनेर भारत देशको सहुलियतहरु उपभोग गरिरहेको आरोप लगाउँदै भोटानबाट मोठ छ लाख अनि अन्य सबै गोर्खाहरु नेपालका नागरीकहरु हुन भन्ने दाबी गरेर उच्च न्यायलयमा मुद्दा दर्ता गरेको तोनले थप बताए। जनचेतना मञ्चले न्यायलयमा दर्ता गरेको मुद्दामा गोर्खाहरुको मतदाता सुचि समेत संसोधन सक्ने तिनले जनाए। यस बिषयहरुमा आजनै मानिसहरु सचेत बनेर बुद्धिलगाएर काम गर्न आवश्यक रहेको प्रभाकर देवानले थप जनाए।गरेर गोर्खाहरुको नाम हटाउँनुपर्ने माग गरेको तिनले जानकरी गराउँदै यस्ता सम्प्रादायिक दंगा फैलाउँन खोज्ने संगठनहरुबाट गोर्खाहरु होशियार बस्नु पर्ने तिनले आह्वान गरे। तिनले गोर्खाहरु खाँटी भारतीय नगरिक रहेको दाबी गर्दै गोर्खाहरुको बदनाम गर्ने संग़ठनहरुलाई सरकारले यथाशिघ्र कर्वाही नगरे हिंसा भड्किन सक्ने सम्भावना रहेको जानकारी गराए। जनचेतना मञ्चले दायर गरेको मुद्दामा यदि न्यायलयले सुनवाई गर्दा कतै कतिपय नेपालका नगरिकहरुले भारतीय नगरिक्ता लिएको प्रमाण प्राप्त गरेर मतदाता सूचिबाट नाम हटाउँने निर्देश दिएको खण्डमा भारतका असली नगारीकहरु प्रभावित बन्न

Tuesday 20 March 2012

बिमल गुरुङले राजीनाम दिन लगाए खुसि भएर राजीनामा दिने छु – डा हर्कबहादुर छेत्री

बिमल गुरुङले राजीनाम दिन लगाए खुशी भएर राजीनामा दिने छुडा हर्कबहादुर छेत्री
डी के वाइबा: कालेबुङ २० मार्च; गोर्खा राष्ट्रिय मुक्ति मोर्चा प्रमुख सुवास घिसिङको पहाडमा वर्चस्व रहेको समयमा राजनैति लेखहरुको माध्यमबाट घिसिङको टट्कारो बिरोध गर्ने बर्तमान गोजमुमो प्रवक्त एंव कालेबुङका बिधायक डा हर्कबहादुर छेत्री पुन: राजनैतिक लेखहरुमा छाउँन सक्ने सङ्केत पाईएको छ। तिनले आज कालेबुङका स्थानीय समाचार च्यानलसित कुराकानी गर्दै उक्त सङ्केत दिएका हुन्।मलाई मनपर्ने रोल लेखकको हो अनि लेख्नुमा जति योग्यको छु सायद अरु कुरामा त्यति योग्यको छुईन। मेरा पाठकहरुले फेरि कुनै खबरकागजको पन्नामा डा हर्कबहदुर छेत्री पाउँन सक्छनडा छेत्रीले भने। तिनले राजनीतिमा पसेर लेखहरु लेख्दा पाठकहरुले लेखक राजनैति पुर्वाग्रहले ग्रसित बनेर लेखेका रहेछन् भन्न सक्छन तर पाठकलाई हेरेर लेखहरु लेखिन्दैन किन कि लेख बिषय बस्तुलाई सहि प्रकारले जनताअघि राख्नको निम्ति लेखिन्छ भन्दै लेख्दा बिगतका दिनहरुमा जसरी सहीकुरा लेख्थे त्यसरी नै सही कुरा लेख्ने डा हर्कबहादुर छेत्रीले दाबी गरे।सायद मेरा पाठकहरुले धेर पर्खनु पर्दैन कि ?’ भन्दै पुन: राजनैतिक समालोचककै रुपमा उत्रने तिनले सङ्केत दिए।
यसै सिलसिलामा तिनले कुराकानी गर्दै वर्तमान परिस्थितिहरुमा जीटीएको चुनाव गरउँने सरकारको अडान चुनाव हुन नदिने मोर्चाको अडानमा के होला भन्ने प्रश्नको जवाब दिंदै गोजमुमो प्रमुख बिमल गुरुङले जे निर्णय लिनेछ त्यसै निर्णयलाई मानेर अघि बड्ने प्रतिबद्धता जाहेर गरे। मोर्चा प्रमुख बिमल गुरुङले बिधानसभामा भाग नलिने बिधायकहरुलाई निर्देश दिईसकेको कारण तिनको निर्देश नआएसम्म भागनलिने जनाए। यतिमात्र होईन आगमी दिनहरुमा यदि तिनले बिधासभा छोड्नु भन्ने निर्देश दिएको खण्डमा बिधाबसभा समेत छोड्न तयार रहेको डा छेत्रीले बताए। मोर्चा प्रमुमख गरुङले बिधानसभा छोड्नु भनेर निर्देश दिंदा सबैभन्धा धेर खुसी बनेर छोड्न तयार रहेको दाबी गर्दै यति पार्टीलाई आफुहरुले काम गर्न नसकेको लाग्छ बिधानससभामा यिनीहरुको दरकार छैन भन्ने लाग्छ भने पार्टीले कि हामीले भन्दा धेर काम गर्न सक्ने प्रतिनिधि पठाउँनुपर्छ कि प्रतिनिधि नै नपठाउँन निर्णय गर्नु पर्छ भनि जनाए।पार्टीलाई दश महीनामा हामिले काम गरेको हेरेर त्यसैलाई हाम्रो योग्यताको प्रमाण हेरेर यदि राजिनामा दिन लगाउँछ भने हामी राजीनामा दिन पनि तयार छौंडा हर्कबहादुर छेत्रीले भने। यसै सिलसिलामा तिनले आगमी अप्रेलदेखि गोजमुमो पार्टीको डुवर्स यात्रालाई हेरेर बिरोधी पार्टीहारुले बन्द डाकेको सन्दर्भामा टिप्पणी गर्दै बन्द डाक्नेहरुको कुनै औचित्य नै नरहेको दाबी गरे। बन्द डाक्नेहरु केवल मोर्चाको बिरोघ गर्नको निम्ति नै माकपाले जन्माएको दाबी गर्दै तिनीहरुको राजनैतिक अस्तित्व नरहेको डा छेत्रीले दाबी गरे। तिनले भाजपा नेता राहुल सिन्हाले जीटीएको खेस्रा जलाउँने घोषणा गरेको सन्दर्भमा प्रतिक्रिया व्यक्त गर्दै बङ्गालमा एउटा बिधायक समेत नरहेको पार्टीको बिरोध वा समर्थनले कुनै फरक नपर्ने जनाए। मोर्चालाई भाजपाको केन्द्र सित मात्र सरोकार रहेको जानाउँदै बङ्गालको भाजपा भाजपा नरहेर मोर्चा बिरोधी शक्तिहरु रहेको दाबी गरे।

Sunday 18 March 2012

तराई डुवर्स बिना जीटीएको चुनाव गर्न नदिन मोर्चाको सरकारलाई चुनौति


नो तराई डुवर्स नो जीटीए ईलेक्सनबिमल गुरुङ

डी के वाइबा: मङपू 18 मार्च: जबसम्म सरकारले तराई डुवर्सका भू भागहरु जीटीएमा अन्तरभुक्ति गर्दैन तब सम्म जीटीएको चुनाव हुँदैन। हामीले सरकारलाई सम्मान गरेका थियौँ तर सरकारले यहाँ गोर्खाहरुलाई सम्मान गर्नुको आटो अपमान गर्दैछ। यदी जब्बरजस्ती चुनाव गर्न चांछौ भने गर तर यहाँ कुनै रक्तपात भए त्यसको जिम्मेवारी सरकारनै हुनेछ। हामी हिँसा चाहँदैनौ तर चुनाव जब्बरजस्ति गराउँन चाहन्छौ भने बरु छतीमा गोलि तापिदिनेछौ तर चुनाव कुनै पनि हालतमा गर्न दिनेछैनौ। यहाँ धोका हुँदैछ, अब हामी मान्दैनौ त्यसैले तराई डुवर्स नगाभिएसम्म जीटीएको चुनाव पटक्क स्वीकर गरिने छैन गोर्खा जनमुक्ति मोर्च प्रमुख बिमल गुरुङले तराई डुवर्स जीटीएमा नगाभिएसम्म चुनाव हुन नदिने स्पष्ट अडान राख्दै आज उक्त कुरा मङपू रवीन्द्र भवनमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै भनेका हुन। तिनले राज्य सरकारलाई चुनौति दिदै यदि चुनाव गर्ने हो भने आफुहरुको छतिमा गोलि ठोकेर गर्नु भनि जनाए। गुरुङले जीटीएमा प्रस्तावित तराई डुवर्सको भू भागहरु नगाभिएसम्म अबोप्रान्त राज्य बिधानसभामा पहाडका तीनजना बिधायकहरु लगायत डुवर्सका एकजना बिधायक नाजने पनि घोषणा गरे। बिधानसभामा पठाएका बिधायकहरुको कुरा राज्य सरकारले नसुनेको कारण नै अबोप्रान्त बिधायकहरुलाई जीटीए गठन नभएसम्म बिधानसभामा नपठाउँने निर्णय लिएको तिनले जनाए। यसै क्रमम तिनले सम्बोधन गर्दै यदि सरकारले अब गोजमुमो पार्टीलाई अन्तरिम समिति बनाएर जीटीए संचालन गर भने पनि स्वीकार नगर्ने स्पष्ट अडान राख्दै अन्तरिम समिति बनाएर जीटीए चालाउँन चाहे सराकारकै प्रतिनिधीहरुले चलाउँनु भनि जनाए। जीटीएको खेस्रामा राष्टपतिको अनुमोदन प्राप्त भएर कानुन बनिन साथै राज्य सरकारलाई चुनाव गरिहाल्न किन हतार पर्‍यो भन्ने प्रश्न गर्दै यदि पहाडमा राज्य सरकारलाई चुनाव गर्न हतार छ भने त्री स्तरिय पंचायत चुनाव गर्नु भनि तिनले जनाए। तिनले पंचायत चुनाव गराउँदा मोर्चालाई कुनै आपत्ति नरहेको जनाउँदै तर त्रि स्तरिय पंचायत चुनव गराउँदैन भने त्यो पनि मोर्चाले स्वीकार नगर्ने स्पष्ट अडान राखे। जबसम्म सरकारले पंचायत चुनाव गराउँदैन तब सम्म पहाडमा दुईस्तरीय पंचायत चुनाव पनि स्वीकार नहुने गुरुङले स्पष्ट जनाएका छन। यसैक्रममा तिनले भावी कार्यक्रमको घोषणा गर्दै आगामी 7 अप्रेलको दिन आफू स्वय अनि महासचिव रोशन गीरि, स्टडी फोरमका सदस्यहरु, तीनजना बिधायक, केन्द्रिय समितिका सदस्यहरु अनि दर्जीलिङ, कलेबुङ, खर्साङ अनि मिरिक महकुमा समितिका अध्यक्ष, उपाध्यक्ष सबैले डुवर्सको पदयात्रा दार्जीलिङबाट शुरु गर्ने घोषणा गरे। त्यसपछि उक्त पदयात्रा आगमी 18 अप्रेलको दिन डुवर्सको नगरकट्टामा पुगेर जनसभामा परिणत हुने अनि सोहि दिन कतिपय कार्यक्रमहरुको घोषणा गर्ने जनाए। नगरकट्टामा जनसभा गरेपछि उक्त टोलिमा तराई डुवर्सका केन्द्रिय समितिका सदस्यहरु, बिधायक चम्प्रामारी लगायत स्टडिइ फोरमका सदस्यहरु अनि बिभिन्न महकुमा समितिका अध्यक्ष उपाध्यक्षहरु समावेश बनेपछि पुन: 21 अप्रेलको दिनदेखि कोलकताको पदयात्रा शुरु गर्ने तिनले घोषणा गरे। यसै सिलसिलामा तिनले सम्बोधन गर्दै पदयात्रा गर्दा यदि सराकारले पक्राउ गरे आफ्नो गिराफ्तारी दिने पनि तिनले जनाए। तराई डुवर्सका जनताहरुलाई कहिल्यै धोका दिन नचाहेको बताउँदै पहाडको निम्ति मात्र हो भने जीटीए गठन भईसकेको बताउँदै जनतालाई दिएको वचन पुरा गरेर छोडनकै निम्ति आज जीटीएको चुनाव हातार गरेर गराउँन नचाहेको गुरुङले थप बताए। तिनले हाई पावर कमेटिको क्रार्य प्रणालीमा असन्तुष्टि प्रकट गर्दै कमेटिले समयमा काम नसकेको कारण हानि भएको दाबी गरे। तिनले राज्यका मुख्यमन्त्री प्रति आक्रोश ब्यक्त गर्दै सम्मान दिँदा सम्मान गर्न पनि जान्नु पर्ने बताए। राज्यका मुख्य मन्त्री ममता ब्यानर्जीले यसपल्ट दार्जीलिङबाट राज्यसभा सांसदको निम्ति कसैलाई मनोनित नगरेर गोर्खाहरुलाई अपमान गरेको आरोप लगाउँदै प्रथम पल्ट ममता ब्यानर्जीले राज्यसभाबाट गोर्खाहरुको अस्तित्व मेटाउँने काम गरिरहेको आरोअप लगाए। यस्तो अपमान कुनै पनि हालतमा सहन नगर्ने तिनले बताउँदै गोजमुमो पार्टी खेलाउँना होईन यसैले यस कुरालाई ध्यान दिएर सरकारले राम्रो काम नगरे परिणाम राम्रो नहुने तिनले बताए।

अर्कोतिर आबिपका निस्कासित नेता जोन बारलाले सम्बोधन गर्दै तराई डुवर्सका जनताहरु जीटीएको पक्षमा रहेको दाबी गर्दै सरकारले यथाशिघ्र तराई डुवर्स डुवर्स नगाभे तराई डुवर्सका मानिसहरु आन्दोलनको तयारी रहेको बताए। तिनले आगमी 25 मार्च देखि तराई डुवर्स ईलाकामा गोर्खा आदिबासी मिलेर प्रत्येक आईतबार जीटीएको पक्षमा बिराट जुलुस निकालेर सरकारलाई तराई डुवर्सका मानिसहरुको जनमत जीटीएमा रहेको प्रमाणित गरिदिने घोषणा गरे। तिनले अब लाखौ संख्यमा आबिपका मानिसहरु जीटीएको पक्षमा रहेको देखाउँदै जनाधार नभएका बिर्सा तिर्कीलाई अनि सरकार सबैलाई जनताको चाहना के हो भन्ने कुरा बुझाईदिने बताए। तिनले अबको आन्दोलनमा तराई डुवर्सका मानिसहरु घरमा ताला झुण्डाएर सडकमा निस्किने बताउँदै सरकारले यदि शान्ति चाहन्छन भने यथाशिघ्र भूमी अन्तरभुक्तिको प्रक्रिया समापन गर्नुपर्ने माग गरे। तिनले आगमी 23, 24 अनि 25 मार्चको दिन तराई डुवर्सको बिभिन्न स्थानहरुमा चियाबगानका श्रमिक संगठनहरुले जीटीए अनि चियाबगानका समस्याहरु लिएर जोड्दार जुलुस तथा पथ सभाहरु आयोजना गर्ने घोषणा गरे। सभालाई सम्बोधन गर्ने क्रममा गोजमुमो महासचिव रोशन गिरीले सरकारले जीटीएको एग्रिमेन्ट अनुरुप सही काम नगरेको आरोप लगाउँदै अब गोजमुमो चुनाव गर्न नदिने पक्षमा अडिक रहेको जनाए। सभालाई गोजमुमो प्रवक्ता एंव कालेबुङका बिधायक डा हर्क बहादुर छेत्रीले सम्बोधन गर्दै मोर्चाको अडान स्पष्ट पार्दै मोर्चा प्रमुख बिमल गुरुङको निर्णय अनुरुप नै अबको आन्दोलन अघि बडने जनाए।

बाल सुरक्षा अन्तर्गत चाइल्ड लाईनले कालेबुङमा ११ जना बाल बालिकाहरु उद्धार गरे

डी के वाइबा: कालिमन्युज; कालेबुङ १७ मार्च: बाल श्रम कानुनि अपराध हो भन्ने कुरा जन्दा जान्दै पनि मानिसहरु ब्यापार चलाउँने धुनमा निर्धक्क १४ वर्ष भन्दा कम उमेरका नानीहरुलाई दोकानमा काम लगाउँछन्। सोहि कुरा पत्तो पाएर आज बाल सुरक्षा अभियानको चाइल्ड लाइनले कालेबुङका पसलहरूमा छापा मार्दा मोठ ११ जना बाल बालिकाहरु भेट्टईयो। उक्त बाल बालिकाहरुलाई बिभिन्न दोकानहरुमा दोकानदारहरुले काममा प्रयोग गरिरहेको भेट्टईए पछि उद्धार गरेको छ। उद्धार गरेको बाल बालिकाहरुलाई यहाँको कालेबुङ थानामा प्राथामिका दर्ता गरेर बाल सुरक्षा अभियानले बाल सुरक्षा केन्द्रमा राखेको छ। उक्त उद्धार गरेको बाल बालिकाहरुलाई अभियानले चाईल्ड वेल्फेयर कमेटि दार्जीलिङमा लाने थाह लागेको छ भने नानीहरुलाई काममा प्रयोग गर्नेहरु बिरुद्ध कानुनी कार्वाही गर्ने भएको छ। चाइल्ड लाइनका आठ सदस्यीय टोलीले कालेबुङ पुलिसको सहयोगमा ११ वटा पसलबाट १४ वर्षमुनीका बालक बलिकाहरू उद्वार गर्‍यो। चाइल्ड लाइनका प्रतिनिधिहरुले पसलेहरूलाई उप्रान्त यसतो अपराध नगर्ने सुझाव दिएको छ अनि पुन नानीहरुलाई काममा प्रयोग गरेको भेटेको खण्डमा कडा कार्वाही गर्ने समेत चेतावनी दिएको छ। चाइल्ड लाइनका सदस्य तेजकुमार थापाले यस्ता बालक-बालिकाहरूलाई सरकारले एनसीएलपी स्कूलमा बस्ने खाने तथा सम्पूर्ण सहयोग गरेर राख्नुपर्ने हो तर यस्तो अहिलेसम्म नभएको बताए। कमिटीले बालक बालिकाका अभिभावकहरूको पत्तो नलागेसम्म अस्थायी सेल्टरमा उनीहरूलाई राख्ने भएको तिनले थप जानकारी दिएका छन्। उद्वार गरेको बाल बालिकाहरुलाई उद्वार पछि स्वास्थ्य जॉंच गरियो।