Pages

Thursday 29 March 2012

गोर्खाल्याण्ड आन्दोललाई छत्र सुब्बाले भने ‘गुड बाई’ ........गोर्खा जातीमा जन्म लिनु नै मेरो निम्ति अभिशाप भयो – छत्र सुब्बा

गोर्खाल्याण्ड आन्दोललाई छत्र सुब्बाले भने ‘गुड बाई’
गोर्खा जातीमा जन्म लिनु नै मेरो निम्ति अभिशाप भयो – छत्र सुब्बा

डी के वाइबा: कालेबुङ २९ मार्च: छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई यसपल्ट गणतान्त्रीक अनि अहिंसात्मक तरिकाले अघी बडाउँने योजना तयार पारेर पुरानै गोर्खा लिबरेसन अर्गनाईजेसन (जीएलओ) पार्टी पुन: गठन भएको औपचारिक घोषणा गरि दलको झण्डा समेत सार्बजनिक गर्ने योजना तयार पारेका छत्र सुब्बाले पार्टी गठन भएको घोषणा गर्न अघि नै आफुले राजनैतिक जीवन पुर्णरुपले त्यागेको घोषणा गरे। तिनले जीएलओ पुन: गठन भएको कुरा बताउँन बोलाएका पत्रकारहरुलाई सम्बोधन गर्दै “ मैले गोर्खा जातीमा जन्म लिएर ठूलो अभिशाप गरें। यो जातीको निम्ति अबोप्रान्त कुनै काम गर्दिन। गोर्खाहरुले गोरर्खाल्याण्डको निम्ति कयौं समय पर्खनुपर्छ किन भने ईमान्दर नेताहरुलाई जनताले साथ दिंदैन। सायद म गोर्खाल्याण्डको मुद्दामा ईमान्दर रहेर आन्दोलन अघि बडाउँने कुरा गर्दा नै जनताले मलाई साथ दिन नचाहेका होलान्। त्यसैले अब म गोर्खाल्याण्डको आन्दोलन कहिले गर्दिन। मलाई क्षमा गर्नुहोस म आजदेखि गोर्खाल्याण्ड आन्दोलनको बाटो त्यागरहेछु” – छत्र सुब्बाले खुबै भावुक बन्दै भने।
तिनले कसैले पनि गोर्खाल्याण्डको कुरा गर्छ भने मुखले मात्र गरेर हुँदैन भन्दै आन्दोलनकारीहरु ईमान्दर हुनपर्ने कुरामा जोड दिए। आफुले मर्न अघि सम्पूर्ण गोर्खा जातीको हितमा गोर्खाल्याण्ड राज्य गठन गरेर प्राण त्याग्ने उत्कट ईच्छा रहेको जनाउँदै बिगतमा सुवास घिसिङले गोर्खाल्याण्डको आन्दोलन गरेर दागोपापमा सम्झौता गर्दा गर्दा गोर्खाल्याण्डकै निम्ति आफुले सुवास घिसिङको साथ छोडेको पनि तिनले दाबी गर्दै
सुवास घिसिङको साथ छोडेपछि सरकारले आफुलाई ग्रेटर अटोनोमस दिंदा समेत माटोको आन्दोलनमा कहिल्यै सम्झौता नगरेको छत्र सुब्बाले दाबी गरे। तिनले गोर्खाहरु पैसामा बिक्री भईरहेको कारण गोर्खाल्याण्डको मुद्दालाई केवल मौखिक रुपले मात्र भन्ने गरेको बताउँदै यस्ता पैसामा बिक्री हुने गोर्खा जतिलाई धिक्कार छ भन्दै गोर्खा जति भएर जन्मनुनै ठूलो गल्ति गरें भनि तिनले जनाए।
छुट्टै राज्य गोर्खाल्याण्डकै निम्ति जनतालाई सही नेतृत्व दिने सोंच बनाएर आफुले आन्दोलनलाई अहिंसात्मक तरिकाले आघि बडाउँने बिचार बनाएको जनाउँदै अब मेरो बाट गोर्खाल्याण्डको आन्दोलन सकियो भने। बिगतका आन्दोलनकालमा आफुले तन, मन र धन दिएर गोर्खाल्याण्डको आन्दोलनलाई नेतृत्व गरी अघि बडाउँने योजना बनाउँदा सरकारले पैसामा आफुलाई किन्न आएको दाबी गर्दै माटोको आन्दोलनमा छत्रे सुब्बालाई किन्ने भारतमा रहेको पैसाले नपुग्ने तिनले दाबी गरे।जनताले ईमान्दार नेतृत्वलाई साथ नदिने गरेको कारण नै अहिले सम्म छुट्टै राज्य हुन नसकेको तिनले बाताउँदै अब गोर्खाल्याण्डको निम्ति सही नेतृत्व कस्तो बनाउँनुपर्ने भन्नेकुरा जनताले नै तय गर्नुपर्ने सुब्बाले जनाए। “आज गोर्खाल्याण्डको निम्ति आन्दोलन गर्न दह्रो संगठन गठन गर्ने योजना रहेको थियो तर, गोर्खाल्याण्डको निम्ति ईमान्दार जनताहरु ननिस्केको कारण म अबोप्रान्त यस आन्दोलनलाई त्यागीरहेछु अनि पैसामा बिक्री हुने जातीलाई धिक्कार छ भन्छु” सुब्बाले आक्रोस व्यक्त गर्दै भने। तिनले अहिले घरी बङ्गाल सरकारले बङ्लादेशीहरुलाई गैरकानुनी रुपले बङ्गालमा भित्राएर भोट ब्याङ्क बनाउँनुको साथै अर्को बङ्गलादेश बनाउँन खोजिरहेको आरोप लगाए।

यसै सिलसिलामा पत्रकारहरुलाई सम्बोधन गर्दै तिनले दार्जीलिङ पहाड लगाय तराई डुवर्स बङ्गालको कहिल्यै नभएको दाबी गर्दै बिगत दिनमा यस कुरालाई स्वीकार गरेर सरकारले श्वेत पत्र समेत जारी गरेको बताउँदै यहाँको असली नागरीकहरुलाई भने उच्छेद गर्ने षडयन्त्र रचिरहेको पनि तिनले दाबी गरे। गोर्खाल्याण्ड राज्य बङ्गालले दिन नसक्ने बताउँदै यस भू भाग बङ्गालको नभएको कारण यसबारेमा केन्द्रसित नै कुराकानी गर्नुपर्छ भनि सुब्बाले बताए। ‘जीटीए अथवा दागोपापले गोर्खाहरुले समस्या समाधान नहुने कुरा बुझेर नै गोर्खाल्याण्डको आन्दोलन यसचोटी सशक्त रुपले अघि बडाउँनछु भनेर सोंचेको थिए। यसै सिलसिलामा मैले धेरै ठाउँहरुको समेत भ्रमण गरेको थिए अनि आज यस कुरा सार्बजनिक गर्न सबैलाई निम्ताएको थिएँ। तर यहाँ मेरो आन्दोलनमा आउँन नदिन कतिपय मानिसहरुलाई रोकेको खबरहरु समेत सुने। यस्तो परिस्थितिमा जनता अघि आउँन सक्दैन भने म कसरी आन्दोलनलाई अघि बडाउँनु ?’ छत्रे सुब्बाले भने। कुनै पनि आन्दोलनलाई अघि बडाउँनु हो भने सबै गोर्खाल्याण्ड प्रेमी जनताहरु आन्दोलनकै निम्ति समर्पित बनेर अघि आउँन सक्नुपर्ने तिनले बताउँदै यदि मुखले मात्र गोर्खाल्याण्डको कुरा गर्छ भने यस्तो आन्दोलनले सफलता पाउँन नसक्ने पनि तिनले जनाए। तिनले आन्दोलन गर्ने नेताहरु कतिको ईमान्दर छन् भन्ने कुरा जनताले पहिले बुझ्न आवश्यक रहेको जनाउँदै नेताहरुले झूटो शहिद दिवस पालन गर्दैमा गोर्खाल्याण्ड नहुने दाबी गरे।

स्मरण रहोस जीएलओ प्रमुख छत्र सुब्बा सुवास घिसिङ हम्लाकाण्डको आरोपमा पक्रा परेर लक भक ११ वर्ष जेल बसेर आरोप मुक्त बनेपछि ९ सितम्बर २०१० को दिन घरमा आईपुगेका थिए। तिनी जेलबाट छुटेर घर आएपछि केहि समयसम्म राजनितामा नलाग्ने पत्रकारहरुलाई बताएका थिए भने पछि बाट बिस्तारै तिनले राजनैतिक कसरत गर्न थालेपछि पुन: चर्चामा आउँन थालेको थियो। यसै सिलसिलामा गोजमुमो प्रमुख बिमल गुरुङले ६ फरवरीको दिन कालेबुङको टाउन हलबाट छत्र सुब्बाले कालेबुङमा छत्र सुब्बाले १५-२० जना माओवादीहरु भित्राएको आरोप लगाएपछि दुई नेतबिचको वाकयुद्धले तिनलाई चर्चाको शिखरमा पुराएको थियो। यसै सिलसिलामा तिनले जीएलओ पार्टीको पुरानै ब्यानरमा आन्दोलन अगि बडाउँन घोषणा गरे पछि दार्जीलिङ पहाडमा राजनैतिक मौसम तातिएको थियो। समय आए पछि आन्दोलनको घोषणा गर्छु भन्ने छत्र सुब्बाले आज आन्दोलन अघि बडाउँन बिभिन्न स्थानहरुबाट युवा मानिसहरुलाई निम्तएका थिए। तिनको निमन्त्रणा पाएका कतिपय मानिसहरु तिनको घरमा पस्थित भएका पनि थिए तर बोलाएकाहरु सबै कतिपय कारणवस आउँन सकेका थिएनन् भने तिनको घरमा आउँने मानिसहरुलाई गोजमुमो पार्टीले रोकेको हल्ला समेत फैलिएको थियो। यस अवसरमा कालेबुङमा बुधबार ल्याईएका एक प्लाटुन रेफ फोर्सका जवानहरु लगायत थुप्रै पुलिसकर्मीहरु समेत तिनको घर नजिक तैनाथ गरिएको थियो। सुब्बाले कतिबेला आन्दोलनको घोषणा गर्नेहुन् भनि बसेका पत्रकारहरु अघि एकाएक सुब्बा आएर “सिधै आजदेखि म गोर्खाल;याण्डको आन्दोल त्यागीरहेछु” भनेर पत्रकारहरु लगायत तिनका समर्थनमा भेला भएका मानिसहरुलाई समेत आवक बनाए।

No comments: