Pages

Sunday 18 March 2012

तराई डुवर्स बिना जीटीएको चुनाव गर्न नदिन मोर्चाको सरकारलाई चुनौति


नो तराई डुवर्स नो जीटीए ईलेक्सनबिमल गुरुङ

डी के वाइबा: मङपू 18 मार्च: जबसम्म सरकारले तराई डुवर्सका भू भागहरु जीटीएमा अन्तरभुक्ति गर्दैन तब सम्म जीटीएको चुनाव हुँदैन। हामीले सरकारलाई सम्मान गरेका थियौँ तर सरकारले यहाँ गोर्खाहरुलाई सम्मान गर्नुको आटो अपमान गर्दैछ। यदी जब्बरजस्ती चुनाव गर्न चांछौ भने गर तर यहाँ कुनै रक्तपात भए त्यसको जिम्मेवारी सरकारनै हुनेछ। हामी हिँसा चाहँदैनौ तर चुनाव जब्बरजस्ति गराउँन चाहन्छौ भने बरु छतीमा गोलि तापिदिनेछौ तर चुनाव कुनै पनि हालतमा गर्न दिनेछैनौ। यहाँ धोका हुँदैछ, अब हामी मान्दैनौ त्यसैले तराई डुवर्स नगाभिएसम्म जीटीएको चुनाव पटक्क स्वीकर गरिने छैन गोर्खा जनमुक्ति मोर्च प्रमुख बिमल गुरुङले तराई डुवर्स जीटीएमा नगाभिएसम्म चुनाव हुन नदिने स्पष्ट अडान राख्दै आज उक्त कुरा मङपू रवीन्द्र भवनमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै भनेका हुन। तिनले राज्य सरकारलाई चुनौति दिदै यदि चुनाव गर्ने हो भने आफुहरुको छतिमा गोलि ठोकेर गर्नु भनि जनाए। गुरुङले जीटीएमा प्रस्तावित तराई डुवर्सको भू भागहरु नगाभिएसम्म अबोप्रान्त राज्य बिधानसभामा पहाडका तीनजना बिधायकहरु लगायत डुवर्सका एकजना बिधायक नाजने पनि घोषणा गरे। बिधानसभामा पठाएका बिधायकहरुको कुरा राज्य सरकारले नसुनेको कारण नै अबोप्रान्त बिधायकहरुलाई जीटीए गठन नभएसम्म बिधानसभामा नपठाउँने निर्णय लिएको तिनले जनाए। यसै क्रमम तिनले सम्बोधन गर्दै यदि सरकारले अब गोजमुमो पार्टीलाई अन्तरिम समिति बनाएर जीटीए संचालन गर भने पनि स्वीकार नगर्ने स्पष्ट अडान राख्दै अन्तरिम समिति बनाएर जीटीए चालाउँन चाहे सराकारकै प्रतिनिधीहरुले चलाउँनु भनि जनाए। जीटीएको खेस्रामा राष्टपतिको अनुमोदन प्राप्त भएर कानुन बनिन साथै राज्य सरकारलाई चुनाव गरिहाल्न किन हतार पर्‍यो भन्ने प्रश्न गर्दै यदि पहाडमा राज्य सरकारलाई चुनाव गर्न हतार छ भने त्री स्तरिय पंचायत चुनाव गर्नु भनि तिनले जनाए। तिनले पंचायत चुनाव गराउँदा मोर्चालाई कुनै आपत्ति नरहेको जनाउँदै तर त्रि स्तरिय पंचायत चुनव गराउँदैन भने त्यो पनि मोर्चाले स्वीकार नगर्ने स्पष्ट अडान राखे। जबसम्म सरकारले पंचायत चुनाव गराउँदैन तब सम्म पहाडमा दुईस्तरीय पंचायत चुनाव पनि स्वीकार नहुने गुरुङले स्पष्ट जनाएका छन। यसैक्रममा तिनले भावी कार्यक्रमको घोषणा गर्दै आगामी 7 अप्रेलको दिन आफू स्वय अनि महासचिव रोशन गीरि, स्टडी फोरमका सदस्यहरु, तीनजना बिधायक, केन्द्रिय समितिका सदस्यहरु अनि दर्जीलिङ, कलेबुङ, खर्साङ अनि मिरिक महकुमा समितिका अध्यक्ष, उपाध्यक्ष सबैले डुवर्सको पदयात्रा दार्जीलिङबाट शुरु गर्ने घोषणा गरे। त्यसपछि उक्त पदयात्रा आगमी 18 अप्रेलको दिन डुवर्सको नगरकट्टामा पुगेर जनसभामा परिणत हुने अनि सोहि दिन कतिपय कार्यक्रमहरुको घोषणा गर्ने जनाए। नगरकट्टामा जनसभा गरेपछि उक्त टोलिमा तराई डुवर्सका केन्द्रिय समितिका सदस्यहरु, बिधायक चम्प्रामारी लगायत स्टडिइ फोरमका सदस्यहरु अनि बिभिन्न महकुमा समितिका अध्यक्ष उपाध्यक्षहरु समावेश बनेपछि पुन: 21 अप्रेलको दिनदेखि कोलकताको पदयात्रा शुरु गर्ने तिनले घोषणा गरे। यसै सिलसिलामा तिनले सम्बोधन गर्दै पदयात्रा गर्दा यदि सराकारले पक्राउ गरे आफ्नो गिराफ्तारी दिने पनि तिनले जनाए। तराई डुवर्सका जनताहरुलाई कहिल्यै धोका दिन नचाहेको बताउँदै पहाडको निम्ति मात्र हो भने जीटीए गठन भईसकेको बताउँदै जनतालाई दिएको वचन पुरा गरेर छोडनकै निम्ति आज जीटीएको चुनाव हातार गरेर गराउँन नचाहेको गुरुङले थप बताए। तिनले हाई पावर कमेटिको क्रार्य प्रणालीमा असन्तुष्टि प्रकट गर्दै कमेटिले समयमा काम नसकेको कारण हानि भएको दाबी गरे। तिनले राज्यका मुख्यमन्त्री प्रति आक्रोश ब्यक्त गर्दै सम्मान दिँदा सम्मान गर्न पनि जान्नु पर्ने बताए। राज्यका मुख्य मन्त्री ममता ब्यानर्जीले यसपल्ट दार्जीलिङबाट राज्यसभा सांसदको निम्ति कसैलाई मनोनित नगरेर गोर्खाहरुलाई अपमान गरेको आरोप लगाउँदै प्रथम पल्ट ममता ब्यानर्जीले राज्यसभाबाट गोर्खाहरुको अस्तित्व मेटाउँने काम गरिरहेको आरोअप लगाए। यस्तो अपमान कुनै पनि हालतमा सहन नगर्ने तिनले बताउँदै गोजमुमो पार्टी खेलाउँना होईन यसैले यस कुरालाई ध्यान दिएर सरकारले राम्रो काम नगरे परिणाम राम्रो नहुने तिनले बताए।

अर्कोतिर आबिपका निस्कासित नेता जोन बारलाले सम्बोधन गर्दै तराई डुवर्सका जनताहरु जीटीएको पक्षमा रहेको दाबी गर्दै सरकारले यथाशिघ्र तराई डुवर्स डुवर्स नगाभे तराई डुवर्सका मानिसहरु आन्दोलनको तयारी रहेको बताए। तिनले आगमी 25 मार्च देखि तराई डुवर्स ईलाकामा गोर्खा आदिबासी मिलेर प्रत्येक आईतबार जीटीएको पक्षमा बिराट जुलुस निकालेर सरकारलाई तराई डुवर्सका मानिसहरुको जनमत जीटीएमा रहेको प्रमाणित गरिदिने घोषणा गरे। तिनले अब लाखौ संख्यमा आबिपका मानिसहरु जीटीएको पक्षमा रहेको देखाउँदै जनाधार नभएका बिर्सा तिर्कीलाई अनि सरकार सबैलाई जनताको चाहना के हो भन्ने कुरा बुझाईदिने बताए। तिनले अबको आन्दोलनमा तराई डुवर्सका मानिसहरु घरमा ताला झुण्डाएर सडकमा निस्किने बताउँदै सरकारले यदि शान्ति चाहन्छन भने यथाशिघ्र भूमी अन्तरभुक्तिको प्रक्रिया समापन गर्नुपर्ने माग गरे। तिनले आगमी 23, 24 अनि 25 मार्चको दिन तराई डुवर्सको बिभिन्न स्थानहरुमा चियाबगानका श्रमिक संगठनहरुले जीटीए अनि चियाबगानका समस्याहरु लिएर जोड्दार जुलुस तथा पथ सभाहरु आयोजना गर्ने घोषणा गरे। सभालाई सम्बोधन गर्ने क्रममा गोजमुमो महासचिव रोशन गिरीले सरकारले जीटीएको एग्रिमेन्ट अनुरुप सही काम नगरेको आरोप लगाउँदै अब गोजमुमो चुनाव गर्न नदिने पक्षमा अडिक रहेको जनाए। सभालाई गोजमुमो प्रवक्ता एंव कालेबुङका बिधायक डा हर्क बहादुर छेत्रीले सम्बोधन गर्दै मोर्चाको अडान स्पष्ट पार्दै मोर्चा प्रमुख बिमल गुरुङको निर्णय अनुरुप नै अबको आन्दोलन अघि बडने जनाए।

No comments: