Pages

Wednesday 28 March 2012

गोजमुमोले ल्याउँन लागेको जीटीए छैटौ अनुसुचि भन्दा निम्न स्तरको – क्रामाकपा

कालेबुङ 28 मार्चः क्रामाकपाले जीटीएलाई सुवास घिसिङले ल्याउँन लागेको छैटौ अनुसुचि भन्दा पनि तल्लो स्तरहो भनि दाबी गरेको छ। क्रामाकपा आञ्लिक समितिका प्रवक्ता मोहन पौड्यालले एक पत्रकार सम्मेलन डाकेर सुवास घिसिङले सम्झौता गरेको छैटौ अनुसुचिमा मोठ 18 वटा मौजाहरु गाभिएको थियो भने मोर्चाले सम्झौता गरेको जीटीएमा 2 वटा घटेर 16 वटा मौजा हुनुले नै जीटीए छैटौ अनुसुचि भन्दा तल्लो स्तरको हो भन्ने कुराको पुष्टि बनेको दाबी गरे। गोजमुमो पार्टीले पहाडको तीन महकुमा अनि 16 वटा मजौलाई लिएर हुने भनिएको जीटीए चुनाउलाई आज क्रामाकपाले टिप्पणी गर्दै यो तराई-डुवर्ससितै समस्त गोर्खाहरूको निम्ति महाधोका हो भनि दाबी गरे। तिनले 19988 सालमा दागोपापको एकर्डमा नै 13 वटा मौजा दिइसकेको क्रामाकपाले बताउँदै जीटीए वास्तवमा कुनै उपल्ब्धि नै नरहेको ठोकुवा गरे ।गोजमुमोको भनाइअनुसार अहिलेलाई पहाडको तीनवटा महकुमा अनि 16 वटा मौजाहरूलाई लिएर चुनाउ हुनेछ अनि पछिबाट हाइवापर कमिटीको रिपोर्ट आएपछि जीटीएमा गाभिने मौजाहरूबाट प्रतिनिधिहरू मनौनित गरिनेछ। तर मोर्चाको यस्तो भनाइलाई क्रामाकपाले अपत्यारो मान्दै दोस्रोचोटि डुवर्सलाई धोका भएको बतायो। तराई-डुवर्सका गोर्खाहरूलाई गोजमुमोले विश्वासघात गरेको क्रामाकपाले आरोप लगाउँदै गोर्खाल्याण्दको मुद्दामा धोका दिनेहरुलाई जनताले राम्ररी चिन्न सक्नु पर्ने आह्वान गरे।बन्दकी आमालाई फर्काइल्याउने, यो अन्तिम लडाइ हो भन्नेहरूले 44 महिनाको आन्दोलनपछि ल्याएको फल दागोपाप नै हुन भनि तिनले मोर्चालाई प्रश्न तेर्साए। अहिले गोजमुमो पार्टीले अन्य राजनितिक दलहरुलाई गोर्खाल्याण्ड बिरोधी भनेर बह्न्ने गरेको बताउँदै यहाँ गोर्खाल्याण्ड बिरोधी र जीटीए प्रेमी जनताले छुट्ट्याउँन आवश्यक रहेको पनि पौड्यालले जनाए। बर्तमान समयमा गोर्खाल्याण्डको मुद्दालाई राष्ट्रिय स्तरमा अघि बडाउँने दलहरुलाई नै गोर्खाल्याण्ड बिरोधी भन्नु नितान्त हाँस्यपद कुरा रहेको जनाउँदै पहिले मोर्च आफैले आफुहरुलाई गोर्खाल्याण्ड प्रेमी वा जीटीए प्रेमी हो भन्ने कुरा स्पष्ट पार्नुपर्ने पनि तिनले माग गरे। गोजमुमोको यही नीति मन नपराएर भर्खरै हरियाणा शाखा पनि विघटन भएको कुरा तिनले गरे। जीटीएको सम्झोता हुनेबित्तिकैदेखि तराई-डुवर्स छोडिने भय जुन क्रामाकपाले ठानेको थियो आज त्यही हुनगयो।’-पौड्यालले अझ भने। यसैअवधी क्रामाकपाले मई दिवस पाल गर्ने जानकारी गराउँदै आञ्चलिक समिति अध्यक्ष किशोर प्रधानले गोजमुमोको लेवर युनियन र मालिक पक्षको मिलिभगतमा कतिपय चियाबगानका श्रमिकहरूलाई 9 घण्टा काम गर्न बाध्य बनाइरहेको तिनले आरोप लगाए। मालिक पक्षले मजदुरहरूमाथि गरेको अन्यायको विरोधमा विश्वव्यापी रूपमा भएको आन्दोलनको फलस्वरूप मजदुरहरूले केवल 8 घण्टा काम गर्नपाउने भएपनि पहाडका मजदुरहरूलाई 9 घण्टा खटाइनुलाई क्रामाकपाले ढटेर विरोध गर्ने भएको छ।

No comments: