Pages

Sunday 18 March 2012

बाल सुरक्षा अन्तर्गत चाइल्ड लाईनले कालेबुङमा ११ जना बाल बालिकाहरु उद्धार गरे

डी के वाइबा: कालिमन्युज; कालेबुङ १७ मार्च: बाल श्रम कानुनि अपराध हो भन्ने कुरा जन्दा जान्दै पनि मानिसहरु ब्यापार चलाउँने धुनमा निर्धक्क १४ वर्ष भन्दा कम उमेरका नानीहरुलाई दोकानमा काम लगाउँछन्। सोहि कुरा पत्तो पाएर आज बाल सुरक्षा अभियानको चाइल्ड लाइनले कालेबुङका पसलहरूमा छापा मार्दा मोठ ११ जना बाल बालिकाहरु भेट्टईयो। उक्त बाल बालिकाहरुलाई बिभिन्न दोकानहरुमा दोकानदारहरुले काममा प्रयोग गरिरहेको भेट्टईए पछि उद्धार गरेको छ। उद्धार गरेको बाल बालिकाहरुलाई यहाँको कालेबुङ थानामा प्राथामिका दर्ता गरेर बाल सुरक्षा अभियानले बाल सुरक्षा केन्द्रमा राखेको छ। उक्त उद्धार गरेको बाल बालिकाहरुलाई अभियानले चाईल्ड वेल्फेयर कमेटि दार्जीलिङमा लाने थाह लागेको छ भने नानीहरुलाई काममा प्रयोग गर्नेहरु बिरुद्ध कानुनी कार्वाही गर्ने भएको छ। चाइल्ड लाइनका आठ सदस्यीय टोलीले कालेबुङ पुलिसको सहयोगमा ११ वटा पसलबाट १४ वर्षमुनीका बालक बलिकाहरू उद्वार गर्‍यो। चाइल्ड लाइनका प्रतिनिधिहरुले पसलेहरूलाई उप्रान्त यसतो अपराध नगर्ने सुझाव दिएको छ अनि पुन नानीहरुलाई काममा प्रयोग गरेको भेटेको खण्डमा कडा कार्वाही गर्ने समेत चेतावनी दिएको छ। चाइल्ड लाइनका सदस्य तेजकुमार थापाले यस्ता बालक-बालिकाहरूलाई सरकारले एनसीएलपी स्कूलमा बस्ने खाने तथा सम्पूर्ण सहयोग गरेर राख्नुपर्ने हो तर यस्तो अहिलेसम्म नभएको बताए। कमिटीले बालक बालिकाका अभिभावकहरूको पत्तो नलागेसम्म अस्थायी सेल्टरमा उनीहरूलाई राख्ने भएको तिनले थप जानकारी दिएका छन्। उद्वार गरेको बाल बालिकाहरुलाई उद्वार पछि स्वास्थ्य जॉंच गरियो।

No comments: