Pages

Wednesday, 25 April 2012

GJM leaders told to leave Dooars for time being


GJM leaders told to leave Dooars for time being

ENS,Kolkata, Thu Apr 26 2012:After two days of violence in the Terai and Dooars region, district administration of Jalpaiguri on Wednesday held a meeting with the GJM leaders in the area and asked them to leave the Dooars region for some time.
A senior GJM leader said: “We have been asked to leave the area for the time being as the situation in the area remains to be tense. We have also relaxed the strike called by us for 48 hours.
The GJM has also sought permission from the district administration for holding meetings in the Dooars region.
The local administration, meanwhile, lifted Section 144 from all the areas except Banarhat and Oodlabari in Jalpaiguri district. Even though shops remain closed today in Banarhat area as local businessmen protested against ransacking of the shops, no untoward incident was reported today from the area.
Meanwhile, PTI reported that GJM has stuck to its threat to pull out of the tripartite agreementfor setting up the Gorkha Territorial Administration (GTA), the new hill council in Darjeeling, saying that this was being demanded by the people of the hills.
“We are being pressurised by the people to come out of the GTA agreement,” GJM General Secretary Roshan Giri told PTI from Darjeeling.
“We will be compelled to think about rejecting the GTA if the state government does not allow us to hold meetings in the Terai and Dooars,” Giri said. The GJM had not been given permission to hold a public meeting at Nagrakata in Jalpaiguri district on Sunday, which had led to a bandh being called leading to violence and arson.
When told that Chief Minister Mamata Banerjee on Tuesday ruled out division of West Bengal, Giri said, “The CM will say that. But we stick to the demand (for creation of Gorkhaland).”

तराई डुवर्सको परिस्थितिबारे मौन बसेर गौतम देव सिलगडी फर्किए


तराई डुवर्सको परिस्थितिबारे मौन बसेर गौतम देव सिलगडी फर्किए

डी के वाइबा: कालेबुङ 25 अप्रेल:  यहाँको मेला ग्राउण्डमा आयोजित हप्ता दिन व्यापी सबला मेलाको उदघाटन गर्न आज कालेबु आईपुगेका उत्तर बगाल बिकास मन्त्री गौतम देवले बर्तमान डुवर्स क्षेत्रमा फैलिरहेको हिंसा बारेमा केहि बोल्न मानेनन। तिनले आफु सरकारी कार्यक्रममा आएको बताउँदै तराई डुवर्सको बिग्रन्दो परिस्थिति बारे बोल्नबाट पत्रकारहरु देखि टाडिए। आफु दार्जीलिमा स्वास्थ्य बिभाग सित बैठक बसेर सिधै कालेबु आएको जानकारी दिदै दर्जीलिमा भएको बैठकबारे अनि सबला मेला आयोजना गर्नुको उद्देश्यबारे आफुलाई सोध्ने सुझाव राख्दै अन्य राजनैतिक बिषयमा कुनै टिप्पणी गर्न चाहदिन भनि तिनले बताए। मसित अहिले सबै सरकारी अधिकारीहरु छन। यो सरकारी कार्यक्रममा राजनीतिको कुरा गर्न चाहन्न। पछि राजनैतिक कार्यक्रमहरुमा नै यस्तो कुरा गरौला। कृपया अहिले घरी तराई डुवर्समा फैलिरहेको हिंसा बिषयमा मलाई नसोध्नुहोस। यसबारे म कुनै टिप्पणी गर्दिन – गौतम देवले भने।

हप्ता दिनव्यापी सबला मेलाको मन्त्री गौतम देवले गरे उदघाटन


डी के वाइबा:कालिमन्यूज, कालेबुङ 25 अप्रेल:गोर्खा जनमुक्ति मोर्चाले उत्तर बगाल बिकास मन्त्री गौतम देवको कार्यक्रमा भग नलिने घोषणा गरे पनि आज तिनी कालेबुमा आएर यहाँको मेला ग्राउण्डमा स्वनिर्भर दल एंव स्वरोजगार बिभागद्वारा आयोजित हप्ता दिन ब्यापी सबला मेलाको औपचारिक उदघाटन गरे। यस अवसरमा महकुमा अधीकारी एल एन शेर्पा, डिपुटी म्याजिस्ट्रेट टी एन शेर्पा, स्वनिर्भर दलका जिल्ला अधिकारी एन एल शेर्पा आदि मुख्य रुपले उपस्थित रहेका थिए। दार्जीलि जिल्ला भरीको सवनिर्भर समुहहरुले निर्माण गरेको उत्पादनहरुलाई बजारमा ल्याउँने उद्देश्यले आयोजना गरेको उक्त सबला मेलाको औपचारिक उदघाट मन्त्री देवले गरे भने स्वनिर्भर दलका जिल्ला अधिकारी एन एल शेर्पाले कार्यक्रममा सवागत भाषण राखे। यस अवसरमा मन्त्री देवले कार्यक्रमलाई सम्बोधन गर्दै कालेबु देशकै सुन्दर ठाउँहरु माध्ये एक रहेको दाबी गरे। तिनले आफु कालेबुमा आउँन पाउँनु सौभाग्य रहेको बताउँदै स्वनिर्भर दलहरुलाई सरकारले सहयोग गर्ने आश्वासन दिए। हप्ता दिनब्यापी मेलाको उदघाटन पछि तिनले मेलामा स्वनिर्भर दलहरुले राखेको स्टलहरुको परिभ्रमण गर्दै स्वनिर्भर दलका मानिसहरुले निर्माण गरेको उत्पादित बस्तुहरु हेरेर खुबै प्रशन्न व्यक्त गरे। यसै सिलसिलामा तिनले पत्रकारहरु सित कुराकानी गर्दै स्वनिर्भर समुहहरुले निर्माण गरेको सामगग्रीहरु खुबै आकर्षक रहेको बताउँदै तिनीहरुको उत्पादनलाई बजार व्यवस्थापन मिलाई दिने आश्वासन दिए। अहिले गरी आफुले स्वनिर्भर समुहहरुले निर्माण गरेको उत्पादनहरु कसरी बजारमा निकाल्न सकिन्छ भन्ने बिषयमा ध्यान दिईरहेको बताउँदै यदि उक्त उत्पादनहरु बजारमा ल्याउँन सके मानिसहरुको आर्थीक अवस्था समेत सुधार हुने तिनले बताए। राज्य सरकारले यस्तो प्रकारको मेलाहरुको आयोजना गरेर स्वनिर्भर दलहरुले निर्माण गरेको उत्पादनहरुलाई बिशेष बजार सित जोड्ने उद्देश्य राखेको जानकारी गराउँदै सरकारको पक्षबाट बिभिन्न स्थानहरुमा स्वनिर्भर समुहहरुकै निम्ति दोकानहरु निर्माण गरिदिने योजना रहेको पनि गौतम देवले जानकारी गराए। मन्त्री गौताम देवले मेलाको औपचारिक उदघाटन गरेर स्टलहरुको परिभ्रमण गरेर सोझै सिलगडी प्रस्थान गरे भने तिनको कार्यक्रममा मोर्चा नेताहरु भने कोहि उपस्थित रहेनन। 

मन्त्री गौतम देव बिरुद्ध कालो झण्डा देखाउँने प्रयास गर्दा गोजबिमोका दुई नेताहरु पक्राऊ


मन्त्री गौतम देव बिरुद्ध कालो झण्डा देखाउँने प्रयास गर्दा गोजबिमोका दुई नेताहरु पक्राऊ


डी के : कालेबुङ 25 अप्रेल:राज्य सरकार अनि गोर्खा जनमुक्ति मोर्चा माझ पुन सम्बन्ध बिग्रन्दै गईरहेको छ। बिशेष तराई डुवर्समा जीटीएबारे जनतालाई बुझाउँन जनसभाको अनुमति प्रशासनबाट पाउँन नसकेपछि सम्बन्ध दिनोदिन बिग्रन्दै गईरहेको छ। जसको झलक आज कालेबुमा सपष्ट रुपले देख्न पाईयो। यहाँको मेला ग्राउँण्डमा आयोजित सबला मेलामा मुख्य अतिथिका रुपमा उपस्थित रहेको मन्त्री गौतम देवलाई गोजमुमो पार्टीको भातृ संगठन विद्यार्थी मोर्चाले कालो झण्डा देखाएर बिरोध गर्ने प्रचेष्टा गरे पछि मोर्चा अनि राज्य सरकारको सम्बन्ध बिग्रन्दै गईरहेको पुष्टि भएको छ। केहिदिन अघि मात्र मोर्चा प्रमुख बिमल गुरुले डुवर्समा प्रशासनले जनसभा गर्ने अनुमति नदिदा भडकिएको हिंसामा राज्य सरकार दोषि रहेको दाबी गर्दै अबोप्रान्त दार्जीलि पहाडमा राज्यका मुख्य मन्त्री ममता ब्यानर्जी अनि गौतम देवको कार्यक्रममा मोर्चाले भाग नलिने घोषणा गरेका थिए। उक्त घोषणा पछि पहिलो पल्ट कालेबु आएका मन्त्री गौताम देवलाई विद्यार्थी मोर्चाले कार्यक्रम स्थल मेला ग्राउँण्डमा नै कालो झण्डा देखाउँने प्रचेष्टा गरे। यद्यपी विद्यार्थी मोर्चाहरुले कालो झण्डा देखाउँन अघि नै कालेबु पुलिसले सक्रियता देखाउँदै विद्यार्थी मोर्चा नेताहरु क्रमैले दिप थापा अनि लव सुब्बालाई पक्राऊ गरे। यस अवसरमा मन्त्री गौतम देव सबला मेलामा स्वनिर्भर दलहरुले राखेको स्टलहरुक्प परिभ्रमण गरिरहेका थिए। 
कालेबु आएका मन्त्री गौतम देव बिरुद्ध गोजमुमो पार्टीले बिरोध प्रदर्शन गर्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था खुबै कडा राखेको थियो। सुरक्षा व्यवस्था कडा राखे पनि विद्यार्थी मोर्चाका केन्द्रिय समिति सह सचिव दिप थापा अनि लव सुब्बाले कार्यक्रम स्थलमा नै कालो झण्डा देखाएर बिरोध गर्ने प्रयास गरे। तर तिनीहरुले झण्डा देखाउँन अघि नै पुलिसले पक्राऊ गरेर सुरक्षा व्यवस्था कटा राखेको दर्शाए। पुलिसले तिनीहरुलाई पक्राऊ गरेर पछिबाट जमानतमा छोडिदिएका छन। जमानतमा छुटेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै गोजबिमो केन्द्रिय समिति सदस्य दिप थापाले प्रशासनले डुवर्समा जीटीएबारे जनताहरुलाई अवगत गराउँन जनसभाको अनुमति नदिएको कारण यसरी कालो झण्डा देखाएर बिरोध जनाउँन चाहेको जानकारी दिए। मोर्चाले आजसम्म गणतान्त्रिक तरिकाले आन्दोलन गरिरहेको भए पनि सरकारले बारम्बार आन्दोलनलाई दबाउने प्रयास गरिरहेको आरोप लगाउँदै यथाशिघ्र तराई डुवर्समा जनसभा गर्ने अनुमति दिनु पर्ने माग गरेका छन। तिनले बर्तमान राज्य सरकारले तराई डुवर्समा मोर्चालाई जनसभा गर्न नदिनु दुर्भाग्य जनक रहेको बताउँदै बिगतको बामफ्रण्ट सरकार र अहिलेको सरकारमा केहि फरक नरहेको दाबी गरे। यसै सिलसिलामा तिनले हाल पहाडका बिभिन्न स्थानहरुमा बिद्यार्थीहरुले अध्यनको निम्ति पुस्तक नपाएको दाबी गर्दै यसरी बिना आवश्यक मेलाको आयोजना गर्नु भन्दा बरु मन्त्रीहरु बिद्यार्थीहरु समस्या बुझ्न बिद्यालयहरुमा जनुपर्ने सुझाव दिए। प्रशासनले जनसभा गर्न नदिएको कारण नै आज यसरी कालो झण्डा देखाएर बिरोध गर्न खोजेको बताउँदै झण्डा देखाउँन अघिनै आफुहरुलाई पुलिसले पक्राऊ गरे पनि मन्त्रीप्रति जोडदार बिरोध रहेको तिनले थप जनाए।
अर्कोतिर कालेबुका अतिरिक्त पुलिस अधिक्षक सोमित लेप्चाले पत्रकारहरुसित कुराकानी गर्दै आफुहरुलाई मन्त्रीको बिरोधमा पक्रा पर्ने नेताहरुले कालोझण्डा देखाउँने सूचना प्राप्त भएको कारण नै झण्डा देखाउँन अघि नै पक्राऊ गरेको जानकारी दिए। मन्त्री देव राजनैतिक कार्यक्रमको निम्ति नरहेर सरकारी कार्यक्रमको निम्ति आएको कारण नै आफुहरुले यस्तो कार्यक्रममा बाधा दिन चाहनेहरुलाई पक्राऊ गरेको बताउँदै पक्रा पर्नेहरु बिरुद्ध धारा 151 अन्तर्गत मुद्दा दर्ता गरेर पीआर बोण्डमा जमानत गरेको थप जानकारी दिए।

Tuesday, 24 April 2012

अदालतले दिएको 24 घण्टाको जमानत पुरा नभई कोरा छोडेर रुद्र आचर्य जेल जान पर्‍यो


अदालतले दिएको 24 घण्टाको जमानत पुरा नभई कोरा छोडेर रुद्र आचर्य जेल जान पर्‍यो


डी के वाइबा: कालेबु 24 अप्रेल: छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन सशस्त्र रुपले अघि बडाउँन निस्केका युनाईटेड गोर्खा रेभ्युलेसनरी फ्रण्ट (युजिआरएफ) का डिपुटी चिफ रुद्र आचर्यले बाबुको किरिया समेत गर्न नपाउँने भएको छ। 

यहाँको दलपचन निवासी स्व पदमलाल आचर्यका एकमात्र छोरा रुद्र आचर्यले बाबुको अन्तिम श्वास लिदा समेत जेलको हावा खान परिरहेको थियो। बाबुको मृत्यु पछि आज धार्मीकि परम्परा अनुसार बाबुको क्रिया गर्न न्यायलयमा 15 दिनको जमानत याचिका दर्ता गर्दा अदालतले तिनलाई केवल 24 घण्टाको मात्रै जमानत स्वीकार गर्‍यो। 24 घण्टाको निम्ति जमानतमा छुटेका रुद्र आचर्यले बाबुको निस्प्राण शरीरलाई कफन बाकसमा कात्रो ओडाएर जंगल पुर्‍याई हिन्दु धर्मको बिधी अनुरुप अग्नि दिईसकेर घरमा आई सेतो लुगा लगाएर कोरा स्थलमा बसेका थिए। तर दुर्भाग्य तिनी अदालतले दिएको 24 घण्टा पनि कोरामा बस्न पाएनन। पितृ शोकमा परेका आचर्य बाबुको अन्तिम संस्कार सकेर कोरामा बसेको केहिक्षण बित्न नपाई पुलिस कर्मीहरु एकाएक तिनलाई लिन आए अनि जेलको निर्देश देखाएर कोरामा बसेका एकमात्र शोकित छोरालाई उठाएर लगे। बाबुको मृत्युमा शोकित बनेका आचर्य गहभरी आँशु पारेर सेतै लुगामा कोरा छोडेर पुलिसकर्मीहरु सित जेल हिड्दा तिनका आमा लक्ष्मीमाया आचर्य डाँको छोडेर रुँदै प्रशासनले बाबुको किरिया गर्ने अधीकार समेत नदिएको आरोप लगाईन। भारतको संविधानको धार 25 अन्तर्गत राईट टू रिलिजियन लेखिएको अनि यसै संविधानले राईट टू कल्चर भनेर देशका नागरिकहरुलाई मौलिक अधीकार दिएको बताउँदै आज बाबुको 13 दिने किरिया समेत गर्न नपाउँनु संविधानले दिएको मौलिक अधीकारको हनन हो भनि तिनले रुँदै दाबी गरिन। यतिमात्र होईन एकातिर संविधानले दिएको मौलिक अधिकारको हनन त भयो नै तर आजै अदालतले दिएको 24 घण्टाको जमानत समेत खारेज गरेर पुलिसकर्मीहरु कोरामा बसेका छोरालाई उठाउँन आउँनु न्यायलयको समेत अपमान हो भनि तिनले खुबै भावुक बन्दै भनिन। आफ्ना छोराले बिभिन्न आरोपहरुमा चार दिन अघिमात्रै अदालतमा आत्मसमर्पण गरेको बताउँदै यो भन्दा ठोलो अन्याय केहि होईन भन्दै प्रशासनको भूमिका माथि प्रश्न उठाए। यता सुत्रले दिएको जानकारी अनुसार रुद्र आचर्यको बाबुको मृत्यु पछि तिनको जमानतको अर्जी चडाउँदा न्यायलले तिनलाई 24 घण्टाको जमानत दिएको थियो। आज लक भक चार बजेतिर 24 घण्टाको जमानतमा छुटेका आचर्यलाई भोलि चार बजे हाजिर हुनु पर्ने निर्देश दिईएको थियो तर, 24 घण्टा बित्न नपाई तिनलाई पुलिसले कोरा स्थलबाट ल्याउँनु आश्चर्य रहेको सुत्रले बताएको छ।

तराई डुवर्समा जीटीएको औचित्य बुझाउँन जनसभा गर्न दिनुपर्ने मोर्चाको माग


तराई डुवर्समा जीटीएको औचित्य बुझाउँन जनसभा गर्न दिनुपर्ने मोर्चाको माग


डी के वाइबा: कालेबुङ 24 अप्रेल:  तराई डुवर्स क्षेत्रमा जोईन एक्सन कोअर्डीनेसन कमिटि अनि गोजमुमो पार्टीलाई जनसभा गर्न नदिए पछि भडकिएको हिंसा दार्जीलि पहाडमा पनि भड्किने सम्भावना बडेको छ। यसै सिलसिलामा तराई डुवर्समा जीटीए समर्थक र बिरोधीहरुमाझ झडप शुरु भएको कारण घटनाको बिरोध गर्दै गोजमुमो पार्टीले आज कालेबु शहरमा पनि जुलुस निकालेर तराई डुवर्समा जनसभा गर्न दिनु पर्ने माग माग गरेको छ। 
तराई डुवर्स क्षेत्रमा जीटीए बिरोधीहरु र समर्थकहरु माझ झडप सुरु हुन साथै पहाडमा पनि राजनैतिक अस्थिरता सृजना हुने छाँट देखा परेको छ। जीटीए समर्थकहरुलाई बिरोधीहरुले डुवर्स क्षेत्रमा हमला गरेको आरोप लगाउँदै अनि उक्त घटना काण्डमा पुलिस प्रशासनको भूमिका माथि प्रश्न उठाउँदै प्रशासनले जीटीएको बिषयमा जनसभा गर्न नदिए पहाडमा पनि हिंसा फैलिन सक्ने मोर्चाले सरकारलाई चेतावनी दिएको छ। डुवर्स क्षेत्रमा प्रशासनले जनसभाको अनुमति नदिएको कारण नै क्षेत्रमा अशान्ति फैलिएको मोर्चाले आरोप लगाउँदै उक्त घटना सरकारको सुनियोजित षडयन्त्र हुन सक्ने मोर्चाले आशंका व्यक्त गरेको छ। 


तराई डुवर्समा जनसभा गर्न दिनु आवश्यक रहेको दाबी गर्दै आज गोजमुमो समर्थकहरु यहाँको डम्बर चौकमा भेला भएर जुलुस निकाले। उक्त जुलुसले सरकार बिरोधी नाराबाजी गर्दै मेन रोड भएर महकुमा अधिकारी कार्यलयमा पुगेर महकुमा अधिकारी एल एन शेर्पालाई ज्ञापान पत्र सुम्पिए। यस अवसरमा गोजमुमो केन्द्रिय समिति सदस्य बिजय सुन्दास, अध्यक्ष सरिता राई, नारी मोर्चा अध्यक्ष काजिम छिरि भोटिया आदिको उपस्थिति रहेको थियो। सोहि अवसरमा ज्ञापन पत्र सुपिए पछि केन्द्रिय समैति सदस्य बिजय सुन्दासले सरकार आफै समझौता गरेको जीटीए बारे जनतालाई अवगत गराउँन किन जनसभाको अनुमति प्रदान गरिएन भन्दै यो सरासर वक स्वतन्त्रताको हनन रहेको दाबी गरे। तिनले जनसभा गर्न नदिनुमा सरकारकै ठूलो षडयन्त्र रहेको हुन सक्ने आशंका व्यक्त गर्दै यदि जनसभा गर्न नदिएर जीटीए समर्थकहरु माथि अन्याय गरे बोरोधको आगो पहाडमा समेत सल्किने तिनले चेतावनी दिए। यस कुरालाई मध्यनजर राखेर पनि सरकारले जनसभा गर्ने अनुमति दिनुपर्ने तिनले माग गरे। 

गोजमुमो पार्टीले आजसम्म शान्ति श्रृखला बनाएर राखिरहेको भए पनि सरकारले नै सुनियोजित षडयन्त्र रचेर जीटीए बोरोधी शक्तिहरुलाई प्रश्रय दिईरहेको तिनले आरोप लगाउँदै यस्तो कार्य सहन नगर्ने तिनले स्पष्ट बताए। तिनले तराई डुवर्सका बासिन्दाहरु जीटीएको समर्थनमा रहेको कारण नै जीटीएमा रहेको प्रावधानहरु जनतालाई बुझाउँन डाकेको जनसभा पनि प्रशासनले अनुमति नदिनु खुबै लज्जाजनक रहेको बताए। यदि आगमी दिनहरुमा पनि प्रशासनले यस्तै कार्य गरे जनताले आक्रोशमा धावा बोल्दा सरकार र प्रशासनलाई नै असुबिधा हुने पनि सुन्दासले बताएका छन।

Monday, 23 April 2012

15 shops and 2 vehicles torched 82 arrested, blank fire...15 दुकानों समेत कई वाहन आग के हवाले, नियंत्रण के लिए उतारा गया अ‌र्द्धसैनिक बल


15 shops and 2 vehicles torched 82 arrested, blank fire...15 दुकानों समेत कई वाहन आग के हवाले, नियंत्रण के लिए उतारा गया अ‌र्द्धसैनिक बल


राजेश शर्मा, जयगांव २३ अप्रैल : जीटीए के समर्थन में नागराकाटा में ज्वाइन्ट को-आर्डिनेशन कमेटी को रविवार को जनसभा करने की अनुमति नहीं मिलने के विरूद्ध तराई-डुवार्स में सोमवार से शुरु हुए बेमियादी बंद का पहला दिन आगजनी और हिंसा का गवाह बना। उदलाबाड़ी, रेडबैक चाय बगान के निकट तथा बानरहाट में आंदोलनकारियों और विरोधियों के बीच हिंसक झड़प हुआ। पंद्रह दुकानों और दो मालवाहक वाहनों को आग के हवाला कर दिया गया। पुलिस को भीड़ पर नियंत्रण करने के लिए आंसू गैस और हवा में गोलियां चलानी पड़ी।
जलपाईगुड़ी जिलाधिकारी एस महापात्र ने कहा कि स्थिति नाजुक है। हिंसा प्रभावित क्षेत्रों में धारा 144 लागू कर दिया गया है। एसएसबी की एक बटालियन को बानरहाट में बुलाकर गस्त प्रारंभ किया है। हिंसा और आगजनी के दौरान 82 बंद समर्थकों को पुलिस ने गिरफ्तार किया है। बागडोगरा में पुलिस पर लाठी चार्ज किए जाने का आरोप बंद समर्थकों ने लगाया है। बागडोगरा में 39, सुकना सालबाड़ी में 20, भक्तिनगर थाना क्षेत्र में 14 ,नक्सलबाड़ी में पांच और बानरहाट में चार प्रदर्शनकारियों को पुलिस ने गिरफ्तार किया। सिलीगुड़ी से हिल्स की ओर जाने वाले वाहनों को प्रदर्शनकारियों ने रोक दिया। सालुगाड़ा बाजार से पहले ही सभी वाहनों को रोक दिया। बंद के दौरान तराई डुवार्स में वाहनों का परिचालन ठप रहा।
दिन के तीन बजे बाद पर्यटकों और सिक्किम जाने वाले वाहनों को प्रदर्शनकारियों ने जाने की अनुमति दी। चाय बगानों में मिश्रित प्रभाव रहा। बंद समर्थकों ने जहां बंद को मांगे गये मौजे में सौ प्रतिशत सफल बताया है वहीं विरोधियों ने इसे विफल बताया है। घटनाक्रम में बताया गया है कि बानरहाट में सोमवार को 11 बजे बंद विरोधी एवं समर्थकों के बीच हिंसक झड़प हुई। जिसे रोकने के लिए पुलिस ने दस राउंड हवाई फायरिंग की। हिंसा पर उतारू लोगों को खदेड़ने के लिए पुलिस ने आंसू गैस के गोले भी दागे। इस दौरान कई लोगों के घायल होने के साथ ही बंद समर्थकों द्वारा बानरहाट में करीब 15 दुकानों में आग लगा दी। इस दौरान दो व्यवसायियों के घायल होने के साथ ही कई बंद विरोधी व समर्थकों के भी घायल होने की सूचना है। चामुर्ची स्थित जॉन बारला के पार्टी कार्यालय को फूंके जाने, डुवार्स क्षेत्र के रेडबैंक में राष्ट्रीय राजमार्ग पर एक ट्रक तथा दूसरा ट्रक बानरहाट आरआर कालोनी में फूंका गया। इसके साथ ही दो बाइकें भी फूंकी गई जिनमें एक बंद समर्थक की तथा दूसरी बंद विरोधी की बताई जाती है।
बानरहाट चामुर्ची इलाके के कई चाय बगान बंद रहे तो कुछ चाय बागानों में श्रमिकों की उपस्थिति कम रही। चामुर्ची बानरहाट इलाका बंद रहा। सड़कों पर वाहन नहीं दौड़े। चामुर्ची इलाके के कठालगुड़ी, न्यूडवार्स, पलासवाड़ी चाय बगान बंद दिखे।
बंद के समर्थन में जगह-जगह जीटीए समर्थकों द्वारा पिकटिग भी की गई थी। बिन्नागुड़ी बाजार में बंद का प्रभाव नहीं दिखा। बंद को लेकर बानरहाट में आज दिनभर स्थिति तनावपूर्ण रही। वैसे वीरपाड़ा, मदारीहाट, कालचीनी व जयगांव में बंद शांतिपूर्ण रहा जब कि मालबाजार क्षेत्र में बंद का बहुत कम असर रहा। बिन्नागुड़ी में प्रात:काल में तो दुकानें खुलीं मगर जैसे ही बानरहाट की घटना की सूचना मिली वैसे ही यहां की दुकानें बंद हो गईं। डुवार्स क्षेत्र में अधिकतर स्थानों पर सरकारी कार्यालय तो खुले मगर उनमें उपस्थिति नगण्य रही। सड़कों पर वाहन नहीं चले। जिससे बाहर से आने अथवा जाने वालों को काफी दिक्कतों का सामना करना पड़ा।
बानरहाट में दुकानों में लगी आग व हिंसक घटनाओं के संबंध में गोजमुमो नेता व विधायक डा.हर्क बहादुर क्षेत्री से जब आज के बंद के संबंध में बात की गई तो उन्होंने कहा कि राज्य सरकार व गोजमुमो को बदनाम करने के लिए यह साजिशपूर्ण ढंग से घटना की गई। नई सरकार बनने पर बेहतर प्रशासन की बात कही गई थी जिसे बिगाड़ने की कोशिश हो रही है।
बंद के विरोध में आविप के आंचलिक महासचिव राजेश लाकड़ा ने कहा कि हमने पहले ही कह दिया था कि विमल पहाड़ से यहां आकर अशांति फैला रहे हैं। पुलिस प्रशासन से विमल को वापस पहाड़ भेजने के लिए भी कहा गया था मगर पुलिस ने नहीं सुना। उन्होंने आज की घटना के लिए विमल गुरुंग व राज्य सरकार को दोषी ठहराया। आविप नेता लुइस हासापूर्ति ने कहा कि यह सब सरकार व मोर्चा की मिलीभगत से हुआ है। पुलिस चाहती तो यह घटना रूक सकती थी। आंदोलनकारियों ने सभा की अनुमति नहीं मिलने तक आंदोलन जारी रखने का आह्वान किया है।
आज के बन्द में हुआ घटना का दोशि प्रशासन एंव बिपक्षी- जोन बारला
राजेश शर्मा, कालिमन्युज, जयगांव २३ अप्रैल : आज के प्रथम दिन के ज्वान्ट ऐक्सन कमिटि के प्रमुख जोन बारला बिगत २१ साम से अतंराष्टीय सिमा जयगांव में है ,जब कि इस आज के ज्वान्ट ऐक्सनट कमिटि एंव गोजामुमो के सयूक्त बन्द के प्रथम दिन के बन्द की दौरान बानरहाट, उदलाबारी में हुइ घटना के संबध में जयगांव के एक होटल में दैनिक जागरण के भेट का दौरान सवाल कर में दि जानकारी में उन्हो ने अपने उत्तर में सिधा निसाना प्रशासन एंव बिपक्षी बिर्सा तिर्की के गुठ को ठहराया है । 
उन्होने कहां है भारत हमारा एक लोकतंत्र का बिशाल देश माना जाता है जब कि इस देश का सबिधान में हर नागरीक को जनसभा करना एंव आवस्यक बिशय सरकार के समक्ष मांगना ह्क है । पिछले दिनों से हम नगरकटा में जनसभा करनेका अनुमति माग रहे है परन्तु सरकार हमारे मांग को अनदेखी कर के बिपक्षी का बन्द का अनुमति दे दिया जब कि हमारी समय में बन्द करने का अनुमति नही दि जीस के बदले आज मजबूरन होकर ज्वान्ट ऐक्सनट कमिटि होकर डुर्वास एंव तराई में बन्द बुलाया था जो कि बिगत दिनों में हि समाचार पत्रिका से सुचित किया गया था मगर आज बिर्सा तिर्की के कुछ लोगो ने बानर हाट में घटना किया है जो मेरे लोग ऐसे काम नहि करता है त उनों लोगों ने बानरहाट के बारला र्कायलय का भि क्षति किया है यह सोच ने वाले बात है।
मेरे लोग होते तो मेरी अफिस को भि तोड्फोड् करता इसे साफ हुआ है यह काम बिरोधी गुठ का है जिसे शान्ती रुप से चल रहा आन्दोलन को बिगाड् ने का काम किया जा रहा है, जो कि जोन बारला के लोग है वह शान्ती चाहता है एंव बिकास जैसा काम जनता के लिऐ चाहता है उस के लिऐ गोजमुमो के साथ सम्झोता किया है।
हमारा २२ का जन सभा करने का खास मक्सद था डुर्वास के जनता को जिटिऐ बन्ने से कितना फईदा एंव कितना बिकास होता उस सभि बाततो को जन्ता के सामने खुलासा करना था परन्तु सरकार ने जनसभा का अनुमति अपने स्थान में करने का ना मन्जुरी दिखाई है इसे यह पता चलता है यह गणतंत्र का देश में गणतंत्रका हना वा हत्या कहां जाता है जा आज के जिस तरह का घटना हुआ उस का पुरा जिम्मावारी है अगर अनुमति देता तो आज बन्द ही नही होता -बताया गया है । अन्त में उन्हो से बन्द क्या वापिस करेंगे पुछे जाने पर उन्होने सिधा रुप में कहां है हमारा मांग पूरी ना होने तक बन्द यथावत हि चलेगा ।
प्रोग्रेशिभ टि वरकर के अध्यक्ष सुक्रा मुण्डा दुरभास में कहां गया है इस घटना के संबध में प्रोग्रेशिभ टि वरकर के अध्यक्ष सुक्रा मुण्डा से पुछे जाने पर उनो ने भि सरकार एंव प्रशासन को दोशी ठहराया है । उन का भि यहि कहना है कि बानरहाट के बारला र्कायलय का भि क्षति किया है यह सोचने वाले बात है जो अपने नेता का हि कार्यलय कैसे क्षती पहुचा जाऐगा इसे यह पता चलता है यह काम बिपक्षी का है तथा हम लोग यह भि कहते है क्या अन्य पार्टी बन्द कर सकते है तो हम लोग क्यो बन्द कर नही सक्ते है ?
हमारा मांग को सरकार पुरा करे यह मांग है ।बन्दका असर आज नेस्नल हाईवे ३१ ऐ सिलिगुडी एंव आसाम लगायत भारत भूटान सिमा को अचल देखा गया जब कि आज के बन्द से भारत के मित्र राष्ट को पूरी तरह से प्रभाव किया था जब कि भूटान से आम जनता पैदल भारत कि और आरहा था परन्तु वाहन चलना पूरी तरह से बन्द था और् भूटान सरकार ने भूटान गेट को सिल किया गया था । बताया जाता है अलिपूरव्दार से सिलिगडी तक चलनेवाले रेल सेवा पूरी तरह से ठप था जिस के चलते काफी यात्री को दिकते का सामना करना पडा।आज के बन्द में प्रथम बार नेस्नल हाइवे को पुरी तरह से अचल किया गया था । जयगाव के एक होटल में ठहरे गोजमुमो अध्यक्ष से आज के बन्द के संबध में सवाल करने पर उन्होने कहां है आज के बन्द ज्वान्ट ऐक्सनट कमिटि ने बुलाया है तथा आज के घटना का जानकारी ज्वान्ट ऐक्सनट कमिटि के प्रमुख जोन बारला हि बता पाएगा तथा उन से बात चित करने का सलाह् दिया है।
गोजमुमो सह सचिव बिनय तामंग ने जयगांव के उक्त बात एक होटल में दैनिक जागरण को बताया कि आज के घटना से यह देखा गया है कि डुर्वास में आदीवासि एंव गोरखा को अपना अधिकार वा हक का मांग करने में सरकार कभि भि सहि कदम नही लेते है इसे डुर्वास में आदीवासि एंव गोरखा के साथ अन्याय् कर रहे है ।

३१ ए राष्ट्रिय राजमार्ग सेवकमा पनि बन्दको ब्यापक असर

| केशर मोक्तान: नगरकट्टामा जीटीएको समर्थन गर्दै जोइन्ट एक्शन कोअर्डिनेशन कमिटिलाई जन सभा गर्न नदिएकोमा आज देखि कमिटिले डाकेको अनिश्चितकालिन तराई डुवर्स बन्दमा राष्ट्रिय राजमार्ग ३१ ए मा पनि व्यापक असर देखा पर्यो | जोइन्ट एक्शन कोअर्डिनेशन कमिटि द्वारा आह्वान गरिएको यस बन्दलाई गोजमुमोले पनि पालन तथा समर्थन गर्दै राष्ट्रिय राजमार्ग सेवक बजारमा बन्द गराए | सेवक बजारमा राष्ट्रिय राजमार्गका मोर्चा समर्थकहरुले बिहान ६ बजे देखि १० बजे सम्म सडकमा पिकेटिंग गरेर राजमार्ग पूर्णरुपले वाधित गराए जसले गर्दा सिक्किम गामी यानवहानहरु पनि पूर्णरुपले चार घण्टाको निम्ति बन्द रह्यो


मोर्चा समर्थित पिकेटरहरुले चार घण्टा सम्म सेवक बजार र सिक्किमको जीवन रेखा मानिने राजमार्ग ३१ ए बन्द गराएपछि पुलिस द्वारा उक्त पिकेटिंग तोडेर सेवकको राजमार्ग खोल्न सफल रहेको देखियो | पछिबाट पुलिस प्रशासनको सहयोगमा सिक्किम र पहाडका यानवहान सेवकबाट सिलिगुडी तर्फ जान सफल भएपनि पुन: मोर्चा पिकेटरहरुले ती गाडीहरुलाई सालुगाडामा रोकेर राखे | सेवकमा सडक जाम अवधि कुनै प्रकारको अप्रिय घटना भने नघटेको पुलिसले बताएको छ | मोर्चा हाइवे ब्लक कमिटिका उप सभापति राजु लामाले बताए अनुआर आइतबार सेवकमा मोर्चा समर्थकहरुले गणतान्त्रिक ढंगमा पिकेटिंग गरेर राजमार्ग बन्द गराए पनि पछिबाट पुलिसले बलजफ्ती पिकेटिंगलाई तोडेर गान्धीवादी आन्दोलनलाई धमिल्याउने प्रयास गरेको आरोप लामाले लगाएको छ | आज बिहान देखि नै सेवक बजार र सालुगडामा पिकेटरहरुले  राष्ट्रिय राजमार्ग ३१ ए अवरोध गरेको फलस्वरूप आंशिक रुपमा मात्र गाडी चलाचल भएको देखियो | आज दिनभरि नै सेवक बजार पूर्णरुपले बन्द रह्यो भने सेवक पुलिस बल तैनाथ गरेको कारण कुनै अप्रिय घटना भने घटेन | तराइ डुवर्समा बन्दको जोड असर परे पनि पहाडमा जन जीवन साधारण देखियो |

Mamata for peace in Terai-Dooars, inclusion as per GTA pact

Mamata for peace in Terai-Dooars, inclusion as per GTA pact

Saturday, 21 April 2012

युजीआरएफ पार्टीका भुमिगत नेता रुद्र आचर्यद्वारा अदालतमा आत्मसमर्पण हिजको संघर्ष हिजकै आवश्यक्ता हो, आजको माग बैचारिक क्रान्तिको छ – रुद्र आचर्य


युजीआरएफ पार्टीका भुमिगत नेता रुद्र आचर्यद्वारा अदालतमा आत्मसमर्पण
हिजको संघर्ष हिजकै आवश्यक्ता हो, आजको माग बैचारिक क्रान्तिको छ – रुद्र आचर्य


डी के वाइबा: कालेबुङ 21 अप्रेल: बिगत 24 नोभेम्बर 2004 को दिन युनाईटेड गोर्खा रेभुल्युसेनरी फ्रण्ट (युजीआरएफ) पार्टीको गठन अनि पछि त्यसैको भातृ संगठनको रुपमा गठन भएको युनाईटेड गोर्खा रेभेल्युसनरी आर्मी (युजीआरए) ले गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति सशस्त्र आन्दोलनको घोषणा गरेदेखि भुमिगत बनेका डिपुटी चिफ रुद्र आचर्यले आज यहाँको न्यायलयमा आत्म समर्पण गरे। कालेबु शहरमा छ सेप्टेमबर 200छ को दिन पोष्टर टाँसेर छुट्टै राज्य गोर्खाल्याण्डको 
आन्दोलन सशस्त्ररुपले अघि बडाउँने घोषणा गरेपछि सबै पार्टी कार्यकर्ताहरु भुमिगत बनेका थिए 
सोहि समयदेखि युजीआरए डिपुटी चिफ आचर्य पनि आज सम्म भुमिगत रहेका थिए। 

यस अघि युजीआरएफ तथा युजीआरए चिफ अजय दहाल सिक्किम राज्यबाट पक्राऊ परेका थिए भने हाल तिनको सिक्किममा मुद्दा समापन भईसकेको छ भने यहाँको न्यायलयबाट जमानतमा छुटेका छन। सशस्त्र आन्दोलनको घोषणा गर्ने आरोपिहरु बिरुद्ध पुलिसले दर्ता गरेको मुद्दामा केहिदिन अघि मात्रै पुलिसले आरोपिहरु बिरुद्ध चार्जसिट दर्ता गरेको छ भने रुद्र आचर्यलाई अगावै तिनलाई भगौडे घोषणा गरेको थियो। अदालतले भगौडे घोषणा गरेका युजीआरए डिपुटी चिफ रुद्र आचर्यले आज यहाँको एडिसनल चिफ जुडिसियल म्याजिस्ट्रेट राणा दाम अघि आफैलाई समर्पण गरे। लग भग छ वर्षसम्म भुमिगत बनेका रुद्र आचर्यले न्यायलयमा आत्मा समर्पण गर्दा युजीआरएफ प्रमुख अजय दहाल पनि अदालत परिसरमा उपथित रहेका थिए। यस अवसरमा दुई नेताहरुमाझ न्यायलयमा निकै कुराकानी समेत गरिरहेका थिए। यद्यपी अजय दहालले भने यस सम्बन्धमा केहि बोल्न मानेनन। अदालतमा आत्मसमर्पण गरेपछि तिनका अधीवक्ताले जमानतको अर्जी चडाएको थियो भने न्यायलयले तिनको जमानत अर्जी अस्वीकार गरेर पाँच दिनको न्यायिक हिरासतमा पठाएको छ। तिनलाई अदालतले आगमी छब्बिस अप्रेलको दिन पुन: अदालतमा हाजिर गराउँने निर्देश दिएको छ। अदालतमा आत्मसमर्पण गर्न आएका भुमिगत नेता रुद्र आचर्यले पत्रकारहरुसित कुराकानी गर्दै बिगतका दिनमा समय काल र परिस्थितीलाई हेरेर नै आफुहरुले सशस्त्र आन्दोलनको घोषणा गरेको बताउँदै अहिलेको परिस्थिति बैचारिक आन्दोलन लड्ने रहेको कारण आफुले अदालतमा आत्म समर्पण गरेको स्पष्ट पारे। दार्जीलि पहाडमा गोरामुमो पार्टीको वर्चस्व हुँदा सुवास घिसि अनि बगाल सरकारले बुर्जुवा प्रबृति अप्नाएर गोर्खाहरुको आकाक्षालाई दबाउँने प्रयास गरेकै कारण आफुहरु सशस्त्र क्रान्तिमा होमिएको बताउँदै अहिले परिस्थिति बदलिएको तिनले जनाए। कुनै पनि सृजनात्मक कार्यलाई बुर्जुवा ब्यक्तिहरुले सधै दबाएर राख्ने षडयन्त्र रचिरहेको बताउँदै सृजनात्मक सोचलाई कुनै पनि शक्तिले वास्तवमा दबाएर राख्न नसक्ने पनि तिनले टोकुवा गरे। यसै सिलसिलामा तिनले आगमी दिनहरुमा पिन: राजनितिमा युजीआरएफ पार्टीकै ब्यानरमा उत्रिनुहुन्छ भनि प्रश्न गर्दा समय काल परिस्थिति अनुरुप अघि बड्दै जाँदा यदि पार्टीको नाम परिवर्तन गर्न परे गरेर अघि बडने बताउँदै तर आन्दोलनलाई भने हिसात्मक होईन बैचारिक तरिकाले अघि बडाउँने पनि स्पष्ट जनाए। यद्यपी लक्ष्य प्राप्तिको सिद्धान्तबाट भने आफुहरु कहिल्यै पलायन नहुने पनि आचर्यले बताए। अहिलेघरी बैचारिक सघर्षको ग्याप भईरहेको छ। यहाँ राजनैतिक पार्टीका नेताहरु जनतालाई सजक बन्नु पर्ने कुरा गर्छन तर वास्तविक सचेत र राजनैतिक सचेतना भने नगरेर आफुहरु व्यक्तिगत स्वार्थ पुर्तिको बाटोमा लागेर नेतानै नोकरशाही बनेको कारण यही नोकरशाही प्रवृतिलाई समाप्त गरेर नयाँ घडेरीको निर्माण गर्ने हाम्रो लक्ष्य हो – रुद्र आचर्यले भने। यसै सिलसिलामा तिनीहरु माथि पञ्चायत कर्मी योनसिह लेप्चाको हत्या सम्बन्धीमा भने अहिले नै प्रतिक्रिया नगर्ने तिनले जनाए। तिनले भारत बिभिन्न जातिहरुले बनेको सघिय देश रहेको बताउँदै यही सघिय भारतमा जति तल्लो बर्गका मानिसहरुले माथि उक्लने मौका पाउँछन त्यतिनै देश बलियो बन्ने पनि तिनले दाबी गरे। आफु भुमिगत अवस्थामा हुँदा पनि दार्जीलि पहाडको राजनैतिक परिस्थितिलाई नजिकबाट सुक्ष्म रुपमा अध्यन गरिरहेको बताउँदै लक्ष्य प्राप्तिको आन्दोलनलाई बुर्जुवा प्रवृतिका मानिसहरुले अधै प्रयास गरिरहेकै कारण बिगतदेखि बर्तमान सम्म आन्दोलनहरु बिफल बनिरहेको तिनले थपदाबी गरेका छन।
अर्कोतिर यता अदालतमा आत्म समर्पण गरेका भुमिगत नेता रुद्र आचर्य बिरुद्ध आईपीसीको धारा सेक्सन 120/ 121/ 121बी/ 122/ 123/ 124/ 124ए/ 153/ अनी आर डब्ल्यु सेक्सन 25(1)ए/ 27 अन्तर्गत हत्या, हिसा तथा हतियार प्रयोग गरेको सन्दर्भमा मुद्दा दर्ता गरेको छ।