Pages

Tuesday 24 April 2012

तराई डुवर्समा जीटीएको औचित्य बुझाउँन जनसभा गर्न दिनुपर्ने मोर्चाको माग


तराई डुवर्समा जीटीएको औचित्य बुझाउँन जनसभा गर्न दिनुपर्ने मोर्चाको माग


डी के वाइबा: कालेबुङ 24 अप्रेल:  तराई डुवर्स क्षेत्रमा जोईन एक्सन कोअर्डीनेसन कमिटि अनि गोजमुमो पार्टीलाई जनसभा गर्न नदिए पछि भडकिएको हिंसा दार्जीलि पहाडमा पनि भड्किने सम्भावना बडेको छ। यसै सिलसिलामा तराई डुवर्समा जीटीए समर्थक र बिरोधीहरुमाझ झडप शुरु भएको कारण घटनाको बिरोध गर्दै गोजमुमो पार्टीले आज कालेबु शहरमा पनि जुलुस निकालेर तराई डुवर्समा जनसभा गर्न दिनु पर्ने माग माग गरेको छ। 
तराई डुवर्स क्षेत्रमा जीटीए बिरोधीहरु र समर्थकहरु माझ झडप सुरु हुन साथै पहाडमा पनि राजनैतिक अस्थिरता सृजना हुने छाँट देखा परेको छ। जीटीए समर्थकहरुलाई बिरोधीहरुले डुवर्स क्षेत्रमा हमला गरेको आरोप लगाउँदै अनि उक्त घटना काण्डमा पुलिस प्रशासनको भूमिका माथि प्रश्न उठाउँदै प्रशासनले जीटीएको बिषयमा जनसभा गर्न नदिए पहाडमा पनि हिंसा फैलिन सक्ने मोर्चाले सरकारलाई चेतावनी दिएको छ। डुवर्स क्षेत्रमा प्रशासनले जनसभाको अनुमति नदिएको कारण नै क्षेत्रमा अशान्ति फैलिएको मोर्चाले आरोप लगाउँदै उक्त घटना सरकारको सुनियोजित षडयन्त्र हुन सक्ने मोर्चाले आशंका व्यक्त गरेको छ। 


तराई डुवर्समा जनसभा गर्न दिनु आवश्यक रहेको दाबी गर्दै आज गोजमुमो समर्थकहरु यहाँको डम्बर चौकमा भेला भएर जुलुस निकाले। उक्त जुलुसले सरकार बिरोधी नाराबाजी गर्दै मेन रोड भएर महकुमा अधिकारी कार्यलयमा पुगेर महकुमा अधिकारी एल एन शेर्पालाई ज्ञापान पत्र सुम्पिए। यस अवसरमा गोजमुमो केन्द्रिय समिति सदस्य बिजय सुन्दास, अध्यक्ष सरिता राई, नारी मोर्चा अध्यक्ष काजिम छिरि भोटिया आदिको उपस्थिति रहेको थियो। सोहि अवसरमा ज्ञापन पत्र सुपिए पछि केन्द्रिय समैति सदस्य बिजय सुन्दासले सरकार आफै समझौता गरेको जीटीए बारे जनतालाई अवगत गराउँन किन जनसभाको अनुमति प्रदान गरिएन भन्दै यो सरासर वक स्वतन्त्रताको हनन रहेको दाबी गरे। तिनले जनसभा गर्न नदिनुमा सरकारकै ठूलो षडयन्त्र रहेको हुन सक्ने आशंका व्यक्त गर्दै यदि जनसभा गर्न नदिएर जीटीए समर्थकहरु माथि अन्याय गरे बोरोधको आगो पहाडमा समेत सल्किने तिनले चेतावनी दिए। यस कुरालाई मध्यनजर राखेर पनि सरकारले जनसभा गर्ने अनुमति दिनुपर्ने तिनले माग गरे। 

गोजमुमो पार्टीले आजसम्म शान्ति श्रृखला बनाएर राखिरहेको भए पनि सरकारले नै सुनियोजित षडयन्त्र रचेर जीटीए बोरोधी शक्तिहरुलाई प्रश्रय दिईरहेको तिनले आरोप लगाउँदै यस्तो कार्य सहन नगर्ने तिनले स्पष्ट बताए। तिनले तराई डुवर्सका बासिन्दाहरु जीटीएको समर्थनमा रहेको कारण नै जीटीएमा रहेको प्रावधानहरु जनतालाई बुझाउँन डाकेको जनसभा पनि प्रशासनले अनुमति नदिनु खुबै लज्जाजनक रहेको बताए। यदि आगमी दिनहरुमा पनि प्रशासनले यस्तै कार्य गरे जनताले आक्रोशमा धावा बोल्दा सरकार र प्रशासनलाई नै असुबिधा हुने पनि सुन्दासले बताएका छन।

No comments: