Pages

Wednesday 25 April 2012

मन्त्री गौतम देव बिरुद्ध कालो झण्डा देखाउँने प्रयास गर्दा गोजबिमोका दुई नेताहरु पक्राऊ


मन्त्री गौतम देव बिरुद्ध कालो झण्डा देखाउँने प्रयास गर्दा गोजबिमोका दुई नेताहरु पक्राऊ


डी के : कालेबुङ 25 अप्रेल:राज्य सरकार अनि गोर्खा जनमुक्ति मोर्चा माझ पुन सम्बन्ध बिग्रन्दै गईरहेको छ। बिशेष तराई डुवर्समा जीटीएबारे जनतालाई बुझाउँन जनसभाको अनुमति प्रशासनबाट पाउँन नसकेपछि सम्बन्ध दिनोदिन बिग्रन्दै गईरहेको छ। जसको झलक आज कालेबुमा सपष्ट रुपले देख्न पाईयो। यहाँको मेला ग्राउँण्डमा आयोजित सबला मेलामा मुख्य अतिथिका रुपमा उपस्थित रहेको मन्त्री गौतम देवलाई गोजमुमो पार्टीको भातृ संगठन विद्यार्थी मोर्चाले कालो झण्डा देखाएर बिरोध गर्ने प्रचेष्टा गरे पछि मोर्चा अनि राज्य सरकारको सम्बन्ध बिग्रन्दै गईरहेको पुष्टि भएको छ। केहिदिन अघि मात्र मोर्चा प्रमुख बिमल गुरुले डुवर्समा प्रशासनले जनसभा गर्ने अनुमति नदिदा भडकिएको हिंसामा राज्य सरकार दोषि रहेको दाबी गर्दै अबोप्रान्त दार्जीलि पहाडमा राज्यका मुख्य मन्त्री ममता ब्यानर्जी अनि गौतम देवको कार्यक्रममा मोर्चाले भाग नलिने घोषणा गरेका थिए। उक्त घोषणा पछि पहिलो पल्ट कालेबु आएका मन्त्री गौताम देवलाई विद्यार्थी मोर्चाले कार्यक्रम स्थल मेला ग्राउँण्डमा नै कालो झण्डा देखाउँने प्रचेष्टा गरे। यद्यपी विद्यार्थी मोर्चाहरुले कालो झण्डा देखाउँन अघि नै कालेबु पुलिसले सक्रियता देखाउँदै विद्यार्थी मोर्चा नेताहरु क्रमैले दिप थापा अनि लव सुब्बालाई पक्राऊ गरे। यस अवसरमा मन्त्री गौतम देव सबला मेलामा स्वनिर्भर दलहरुले राखेको स्टलहरुक्प परिभ्रमण गरिरहेका थिए। 
कालेबु आएका मन्त्री गौतम देव बिरुद्ध गोजमुमो पार्टीले बिरोध प्रदर्शन गर्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था खुबै कडा राखेको थियो। सुरक्षा व्यवस्था कडा राखे पनि विद्यार्थी मोर्चाका केन्द्रिय समिति सह सचिव दिप थापा अनि लव सुब्बाले कार्यक्रम स्थलमा नै कालो झण्डा देखाएर बिरोध गर्ने प्रयास गरे। तर तिनीहरुले झण्डा देखाउँन अघि नै पुलिसले पक्राऊ गरेर सुरक्षा व्यवस्था कटा राखेको दर्शाए। पुलिसले तिनीहरुलाई पक्राऊ गरेर पछिबाट जमानतमा छोडिदिएका छन। जमानतमा छुटेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै गोजबिमो केन्द्रिय समिति सदस्य दिप थापाले प्रशासनले डुवर्समा जीटीएबारे जनताहरुलाई अवगत गराउँन जनसभाको अनुमति नदिएको कारण यसरी कालो झण्डा देखाएर बिरोध जनाउँन चाहेको जानकारी दिए। मोर्चाले आजसम्म गणतान्त्रिक तरिकाले आन्दोलन गरिरहेको भए पनि सरकारले बारम्बार आन्दोलनलाई दबाउने प्रयास गरिरहेको आरोप लगाउँदै यथाशिघ्र तराई डुवर्समा जनसभा गर्ने अनुमति दिनु पर्ने माग गरेका छन। तिनले बर्तमान राज्य सरकारले तराई डुवर्समा मोर्चालाई जनसभा गर्न नदिनु दुर्भाग्य जनक रहेको बताउँदै बिगतको बामफ्रण्ट सरकार र अहिलेको सरकारमा केहि फरक नरहेको दाबी गरे। यसै सिलसिलामा तिनले हाल पहाडका बिभिन्न स्थानहरुमा बिद्यार्थीहरुले अध्यनको निम्ति पुस्तक नपाएको दाबी गर्दै यसरी बिना आवश्यक मेलाको आयोजना गर्नु भन्दा बरु मन्त्रीहरु बिद्यार्थीहरु समस्या बुझ्न बिद्यालयहरुमा जनुपर्ने सुझाव दिए। प्रशासनले जनसभा गर्न नदिएको कारण नै आज यसरी कालो झण्डा देखाएर बिरोध गर्न खोजेको बताउँदै झण्डा देखाउँन अघिनै आफुहरुलाई पुलिसले पक्राऊ गरे पनि मन्त्रीप्रति जोडदार बिरोध रहेको तिनले थप जनाए।
अर्कोतिर कालेबुका अतिरिक्त पुलिस अधिक्षक सोमित लेप्चाले पत्रकारहरुसित कुराकानी गर्दै आफुहरुलाई मन्त्रीको बिरोधमा पक्रा पर्ने नेताहरुले कालोझण्डा देखाउँने सूचना प्राप्त भएको कारण नै झण्डा देखाउँन अघि नै पक्राऊ गरेको जानकारी दिए। मन्त्री देव राजनैतिक कार्यक्रमको निम्ति नरहेर सरकारी कार्यक्रमको निम्ति आएको कारण नै आफुहरुले यस्तो कार्यक्रममा बाधा दिन चाहनेहरुलाई पक्राऊ गरेको बताउँदै पक्रा पर्नेहरु बिरुद्ध धारा 151 अन्तर्गत मुद्दा दर्ता गरेर पीआर बोण्डमा जमानत गरेको थप जानकारी दिए।

No comments: