Pages

Wednesday 25 April 2012


हप्ता दिनव्यापी सबला मेलाको मन्त्री गौतम देवले गरे उदघाटन


डी के वाइबा:कालिमन्यूज, कालेबुङ 25 अप्रेल:गोर्खा जनमुक्ति मोर्चाले उत्तर बगाल बिकास मन्त्री गौतम देवको कार्यक्रमा भग नलिने घोषणा गरे पनि आज तिनी कालेबुमा आएर यहाँको मेला ग्राउण्डमा स्वनिर्भर दल एंव स्वरोजगार बिभागद्वारा आयोजित हप्ता दिन ब्यापी सबला मेलाको औपचारिक उदघाटन गरे। यस अवसरमा महकुमा अधीकारी एल एन शेर्पा, डिपुटी म्याजिस्ट्रेट टी एन शेर्पा, स्वनिर्भर दलका जिल्ला अधिकारी एन एल शेर्पा आदि मुख्य रुपले उपस्थित रहेका थिए। दार्जीलि जिल्ला भरीको सवनिर्भर समुहहरुले निर्माण गरेको उत्पादनहरुलाई बजारमा ल्याउँने उद्देश्यले आयोजना गरेको उक्त सबला मेलाको औपचारिक उदघाट मन्त्री देवले गरे भने स्वनिर्भर दलका जिल्ला अधिकारी एन एल शेर्पाले कार्यक्रममा सवागत भाषण राखे। यस अवसरमा मन्त्री देवले कार्यक्रमलाई सम्बोधन गर्दै कालेबु देशकै सुन्दर ठाउँहरु माध्ये एक रहेको दाबी गरे। तिनले आफु कालेबुमा आउँन पाउँनु सौभाग्य रहेको बताउँदै स्वनिर्भर दलहरुलाई सरकारले सहयोग गर्ने आश्वासन दिए। हप्ता दिनब्यापी मेलाको उदघाटन पछि तिनले मेलामा स्वनिर्भर दलहरुले राखेको स्टलहरुको परिभ्रमण गर्दै स्वनिर्भर दलका मानिसहरुले निर्माण गरेको उत्पादित बस्तुहरु हेरेर खुबै प्रशन्न व्यक्त गरे। यसै सिलसिलामा तिनले पत्रकारहरु सित कुराकानी गर्दै स्वनिर्भर समुहहरुले निर्माण गरेको सामगग्रीहरु खुबै आकर्षक रहेको बताउँदै तिनीहरुको उत्पादनलाई बजार व्यवस्थापन मिलाई दिने आश्वासन दिए। अहिले गरी आफुले स्वनिर्भर समुहहरुले निर्माण गरेको उत्पादनहरु कसरी बजारमा निकाल्न सकिन्छ भन्ने बिषयमा ध्यान दिईरहेको बताउँदै यदि उक्त उत्पादनहरु बजारमा ल्याउँन सके मानिसहरुको आर्थीक अवस्था समेत सुधार हुने तिनले बताए। राज्य सरकारले यस्तो प्रकारको मेलाहरुको आयोजना गरेर स्वनिर्भर दलहरुले निर्माण गरेको उत्पादनहरुलाई बिशेष बजार सित जोड्ने उद्देश्य राखेको जानकारी गराउँदै सरकारको पक्षबाट बिभिन्न स्थानहरुमा स्वनिर्भर समुहहरुकै निम्ति दोकानहरु निर्माण गरिदिने योजना रहेको पनि गौतम देवले जानकारी गराए। मन्त्री गौताम देवले मेलाको औपचारिक उदघाटन गरेर स्टलहरुको परिभ्रमण गरेर सोझै सिलगडी प्रस्थान गरे भने तिनको कार्यक्रममा मोर्चा नेताहरु भने कोहि उपस्थित रहेनन। 

No comments: