Pages

Friday 8 January 2016

गोर्खे धावकहरू मुम्बई म्यारथनका निम्ति प्रस्थान
कालेबुङ
आगामी 17 जनवरीका दिन सम्पन्न हुने इट्याण्डर्ड चार्टर मुम्बई म्यारथनमा अङ्शग्रहण गर्न पहाडका दशजना धावकहरू कालेबुङबाट मुम्बई प्रस्थान भएका छन्। रन् विथ् रोशनीको ब्यानरमा उनीहरूले अङ्शग्रहण गर्नेछन्। वर्ष 2012 देखि नै "वि आर गोर्खाज् एण्ड प्राउड टू बी अन् इण्डियन"-लेखिएको जर्सी लगाएर रन विथ् रोशनीको ब्यानरका पहाडका प्रतियोगिहरूले उक्त म्याराथनमा अङ्शग्रहण गर्दै आइरहेका छन्। यसपल्ट म्यारथनमा भाग लिन गएका धावकहरूमध्ये विनोद तामाङ, विक्रम थापा, रञ्चित राई, सञ्जय राई एवं सनकुमार दर्नाल २१ किलोमिटरको हाफ म्याराथनमा अङ्शग्रहण गर्नेछन् भने महिला धावकहरुमा सरस्वती राई, अशिका राई अनि आदिपा राईले २१ किलोमिटरको हाफ म्याराथनमा अनि  प्रेमिका राई र रोशनी राईले ४२ किलमिटरको फूल म्याराथनमा भाग लिनेछन्। यसपल्टको टोलीलाई प्रेमिका राईले प्रतिनिधित्व गरेकी छन्। अन्तराष्ट्रिय धाविका रोशनी राईले पहाडका विभिन्न क्षेत्रहरूका म्यारेथन धावक धाविकाहरूलाई प्रोत्सहान साथै उनीहरूलाई राष्ट्रिय मञ्चहरूमा अवसर प्रदान गर्न गठन गरेको टीम रन विथ रोशनीले पहाडी क्षेत्रका धेरै म्यारेथन धावक धाविकाहरूलाई यस मुम्बई म्यारेथनमा अंसग्रहण गराइसकेकी छन्। 

No comments: