Pages

Friday 8 January 2016

नेपाली भाषा प्रयोगको आह्वान गर्दै थानामा ज्ञापन

कालेबुङ, 

गोर्खा जागृत युवा मञ्चले नेपाली भाषा प्रयोगको आह्वान गर्दै कालेबुङ थानामा ज्ञापन-पत्र चढाएको छ। 1992 सालमा नेपाली भाषाले सरकारी भाषाको रूपमा मान्यता पाएपछि पनि आजसम्म नेपाली भाषाको व्यवहारिक प्रयोग नभएकोमा जागरण मञ्चले भाषाको व्यवहारिक प्रयोगको दिशामा अभियान शुरू गरेको हो। विभिन्न सरकारी निकायहरूमा भाषा प्रयोगको आह्वान गर्दै मञ्चले ज्ञापन बुझाउने क्रमलाई निरन्तरता दिँदै आइरहेको छ। यसै क्रममा आज कालेबुङ थानामा पनि मञ्चका एक प्रतिनिधि टोलीले ज्ञापन-पत्र बुझाएको हो। ज्ञापन-पत्र बुझाउने टोलीमा मञ्चका संयोजक बिक्की थापा, सचिव उत्तम छेत्री, लेखनाथ राय साथै सदस्यहरू शलिम मोहमद, दावा शेर्पा, विकास शर्मा, दिपीका परियार आदि उपस्थित थिए। ज्ञापन बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै संयजक विक्की थापाले भने, नेपाली भाषाले मान्यता पाएको 23 वर्ष भयो। मुख्यमन्त्री ममता व्यानर्जीले पनि 2011 मा नै नेपाली भाषालाई राज्यको अल्पसङख्यक भाषाको रूपमा मानिलिएको कुरा राज्य विधानसभामा राखिसकेकी छन्। यद्यपि नेपाली भाषाको व्यवहारिक प्रयोगका दिशामा भने हामी पछि परिरहेका छौँ। यसैले सबै निकायहरूमा नेपाली भाषाको प्रयोग हुनुपर्छ भन्ने मञ्चको माग रहेको थापाले बताए। 

No comments: