Pages

Friday 8 January 2016

राष्ट्रिय स्तरको अराजनैतिक सङ्गठन गठन गरिने
गोर्खाहरूको अवस्था काश्मिरी हिन्दुहरूको जस्तो हुनसक्छ-विष्णु छेत्री

कालेबुङ
‘जसरी काश्मिरी हिन्दुहरू आफ्नै ठाउँबाट पलायन हुनुपर्ने अवस्था सृजना भयो ठिक त्यस्तौ अवस्था गोर्खाहरूको पनि हुनसक्छ। यसैले आफ्नो ठाउँबाट पलायन हुनअघि नै राष्ट्रिय स्तरमा गोर्खाहरूको गैरराजनैतिक सङ्गठन गठन हुन जरुरी छ।’ कालेबुङ कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीले उपरोक्त कुरा भन्दै भारतीय गोर्खाहरूको चिन्हारी अनि अस्तिवका निम्ति देशभरिका गोर्खाहरूलाई समेटर राष्ट्रिय स्तरको सङ्गठन गठन गर्न जरूरी रहेको बताए। उनी अनुसार गत 27 दिसम्बरका दिन छेत्रीले पनुन काश्मिरका निम्ति इन्टरनेशनल काश्मिरी यूथ कन्भेन्सनमा भाग लिएका थिए। यस कन्भेन्सनमा उनले काश्मिरी हिन्दुहरूको पीडा नजिकबाट महशुस गर्नपाए। 1989 सालदेखि नै काश्मिरी हिन्दुहरू आफ्नै ठाउँबाट पलायन हुनपरेको अनि आजसम्म सात लाख काश्मिरी हिन्दुहरूले आफ्नो ठाउँ छोड्नपरेको भन्दै छेत्रीले पनुन काश्मिरको मागलाई व्यक्तिगत तर्फबाट समर्थन जनाएका छन्। उनले भने, काश्मिरी हिन्दुहरूको आन्दोलनलाई हाम्रो समर्थन छ। 19 जनवरीका दिन उनीहरूले पालन गर्ने होमल्याण्ड डे हामी कालेबुङमा पनि समान विचार भएकाहरूलाई साथमा लिएर पालन गर्नेछौँ।

आज पनुन काश्मिरलाई सहयोग गरेको खण्डमा भोलिको दिनमा गोर्खाहरूको समस्या राष्ट्रिय रूपमा उठान हुँदा उनीहरूबाट पनि सहयोग पाउने विष्णु छेत्रीको आशा हो। उनले गोर्खाहरूको समस्या राष्ट्रिय स्तरमा बहसमा ल्याउन जरुरी रहेको भन्दै गोर्खाहरूको राष्ट्रिय स्तरको गैरराजनैतिक सङ्गठन गठन गर्ने बताए। उनले भने, गोर्खाहरूको समस्यालाई राष्ट्रियव्यापी बनाउन राष्ट्रिय स्तरको सङ्गठन जरूरी छ। यसैले आगामी 26 जनवरीभित्र हामी सङ्गठनको रूप दिने स्थितिमा पुग्नेछौँ। 26 जनवरीमा सङ्गठन घोषणा गरेपछि यस सङ्गठनले भारतीय गोर्खाहरूको समस्यालाई राष्ट्रियस्तरमा उठाउने अनि केन्द्र सरकारलाई पनि ध्यान आकर्षण गराउने किसिमको कार्यक्रम गरिने छेत्रीले बताए। छेत्रीले अझ भने अनुसार दार्जीलिङ बङ्गालको अङ्श होइन। दार्जीलिङको भूभागलाई एबजर्ब एरिया एक्ट 1954 अन्तर्गत बङ्गालदेखि अलग्गै राखिएको हो। यसै वर्षलाई आधार बनाएर नवगठित सङ्गठनले काम गर्ने छेत्रीले बताए। 

No comments: