Pages

Monday 11 January 2016

राज्य स्तरीय क्विजमा प्रभुल दुलाल विजयी
कालेबुङ, 

वेष्ट बेङ्गाल स्टेट को-ओपरेटिभ यूनियनद्वारा आयोजित राज्य स्तरीय अन्तर विद्यालय क्विज कम्पिटिसनमा यहाँको कुमिदिनी विद्याश्रमका छात्र प्रभुल दुलाल विजयी बनेका छन्। गत 7 अनि 8 जनवरीका दिन कोलकातामा क्वीज अनि तर्क प्रतियोगिता सम्पन्न भएको थियो। को-ओपरेटिभ मुभमेन्टमाथि आयोजित प्रतियोगितामा कालेबुङबाट चारजाना प्रतियोगितिहरूले अङ्शग्रहण गरेका थिए। जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएपछि क्वीजका निम्ति कुमुदिनी विद्याश्रमका छात्र प्रभुल दुलाल अनि मिङ्मा तामाङ गएका थिए भने तर्क प्रतियोगिताका निम्ति शङ्कर उच्चतर माध्यमिक विद्यालयका छात्रा कृति प्रधान एवं अलगढा उच्चतर माध्यमिक विद्यालयबाट आरती रविदासले सहभागिता जनाएका थिए। आज कोलकाताबाट फर्किएका प्रतियोगिहरूलाई एक औपचारिक कार्यक्रममाझ दार्जीलिङ डिस्ट्रिक्ट को-ओपरेटिभ युनियनले सम्मान जनाएको छ। युनियनका जिल्ला अध्यक्ष अर्जुन कुमार बराईली, शैक्षिक प्रशिक्षक शिशिर पौड्याल अनि मुख्य कार्यकारी अधिकारी पीएल भोटियाद्वारा प्रतियोगिहरूलाई खदा-अर्पण गर्दै सम्मान जनाइयो।  

No comments: