Pages

Monday 11 January 2016

आगलागीमा घर नष्ट
कालेबुङ, 

कालेबुङ शहरको बुचडी आर्मी डाँडा वार्ड नम्बर 16 मा भएको आगलागीमा एउटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। बिहान 8.30 बजी देवेन छेत्रीको घरमा अचानक भएको आगलागीमा उनको घर र घरभित्रका सबै सामान जलेर नष्ट भएको हो। आगलागीमा मानवीय क्षति भने भएको छैन। आगलागीका कारण २ लाख बराबारको क्षति भएको छ। 15 हजार नगद राशीसितै, सम्पूर्ण आवश्यकीय काजज-पत्र, सर-समान आदि नष्ट भएको परिवारपक्षले जनाएको छ। सिलिण्डरको रेगुलेटरमा ग्यास लिक भएको कारण आगजनी भएको बताइएको छ। घटना अनुसार, उक्त घरमा देवेन छेत्री अनि उनका छोरी बस्ने गर्थे। बिहान देवेन छेत्रीले ग्यास चुह्लामा खाना पकाएर केहीक्षण बाहिर निस्किएका थिए।

 अभाग्यवश त्यसबेला रेगुलेटरबाट निस्किरहेको ग्यासलाई आगोले पर्किएपछि भान्सा कोठाबाट शुरू भएको आगजनीको केही बेरमा सम्पूर्ण घरलाई नै खरानी बनाइदिएको छ। घटनास्थलमा दमकलका बहानहरू पुग्दा घर जलेर पूर्ण रूपमा नष्ट भइसेको थियो। परिवारपक्षका पीडित देवेनका ज्वाइँ पासाङ छिरिङ लेप्चाले बताए अनुसार सिलिण्डर पड्किने डरले घरबाट कुनैपनि सामान निकाल्न सकिएन। आगोले घरलाई चपेटमा लिन थालेपछि स्थानीयहरूले आगो निभाउने प्रयास गरेपनि उक्त प्रयास असफल नै रह्यो। आफूले लगाएका लुगाहरूबाहेक घरबाट उनीहरूले केही सामान निकाल्न सकेनन्। आफ्नो घर नै नरहेपछि पीडित सदस्यहरूले सम्बन्धित निकाय एवं सङ्घ-संस्थाहरूप्रति सहयोगको अपील गरेका छन्।

 घडी बनाउने, फोटे खिच्ने, सब्जी बिक्री गर्ने जस्ता कामहरू गरेर परिवार चलाउने देवेनको घर नै नरहेपछि हाल उनीहरूले सम्बन्धित निकायहरूप्रति सहयोगको आशा साँचेका छन्। समाचर लेखुञ्जेलसम्म पीडित परिवारलाई भेट्न सम्बन्धित विभागहरूका कुनैपनि अधिकारी घटनास्थलमा पुगेका थिएनन्। यद्यपि युवा मोर्चाका साङ्गठनिक सचिव प्रभात घिसिङले पीडित परिवारलाई राहत राशीस्वरूप 10 हजार रुपियाँ प्रदान गरेका छन्। 

No comments: