Pages

Tuesday 12 January 2016

अल इण्डिया भेटरेन फूटबल टुर्नामेन्ट आरम्भ

कालेबुङ, 

आजदेखि यहाँको मेलाटारमा स्व. पेम दोर्जी अनि स्व. बीबी प्रधान मेमोरियल अल इण्डिया भेटरेन फूटबल टुर्नामेन्ट शुरू भएको छ। कालेबुङ स्पोर्ट्स एसोसिएसन अनि कालेबुङ भेटरेन क्लबको संयुक्त आयोजनामा सम्पन्न टुर्नामेन्टमा स्थानीय लगायत विभिन्न राज्य अनि छिमेकी देशहरूबाट मोठ 29 वटा दलले अङ्शग्रहण गरेको छ। प्रतियोगिता तीनवटा चरणमा सम्पन्न भइरहेको छ। पहिलो चरणमा सिलगढी, कालेबुङ, दार्जीलिङ, सिक्किम लगायतका 12 वटा दलले सहभागिता जनाउनेछ भने दोस्रो चरणमा मालदादेखि दिनहट्टासम्मका विभिन्न राज्यका 10 वटा दलले सहभागिता जनाउने छ। यसरी नै तेस्रो चरणमा  छेमेकी देश नेपाल, भूटान बङ्गलादेश साथै देशका विभिन्न राज्यका मोठ 7 वटा दलहरूमाझ प्रतियोगिता सम्पन्न हुनेछ। यस नकआउट टुर्नामेन्टको फाइनल खेल आगामी 7 फरवरीका दिन सम्पन्न हुनेछ। आज उद्घाटन खेल नाम्ची भेटरेन बनाम कालेबुङ युनाइटेड भेटरेन्समाझ सम्पन्न भएको थियो। यसरी नै भोलि हुने पहिलो खेल ब्वाइज क्लब सिक्किम बनाम दार्जीलिङ भेटरेन्समाझ सम्पन्न हुनेछ भने दोस्रो खेल जोङरी सिक्किम बनाम दार्जीलिङ घुम-जोरबङ्गलोमाझ सम्पन्न हुनेछ। प्रतियोगिताको उद्देश्यबारे जानकारी गराउँदै कालेबुङ स्पोर्ट्स एसोसिएनका सचिव ढेण्डुप भोटिले बताए अनुसार उक्त टुर्नामेन्ट दुई वर्षपछि फेरि खेलाइएको हो। बितेको वर्ष मैदान खाली नभएका कारण खेल हुन नसकेको हो। यसपल्ट पनि विभिन्न सङ्घ-संस्थाहरूको पहलमा मेला लगाउनमा प्रतिबन्ध लगाएको कारण मात्र टुर्नामेन्ट हुनसकेको भोटियाले बताए। विशेष गरी अहिलेका नानीहरूको खेलप्रति रूचि हराउँदै गइरहेको कारण उनीहरूलाई पुनः फूटबलप्रति प्रेरित गर्ने उद्देश्यले यस्ता टुर्नामेन्टहरूको आयोजना गरिँदै आइरहेको भोटियाले बताए। 

No comments: