Pages

Tuesday 2 April 2013

नोर्देन लामालाई गोजमुमो संयोजकको दायित्व

 कालेबुङ, 2 अप्रेल। गोजमुमो अध्यक्ष बिमल गुरुङ अहिले पार्टीलाई बलियो बनाउँने कार्यमा व्यस्त रहेका छन। तृणमूल कङ्ग्रेस संग मोर्चाको सम्बन्ध बिग्रे पछि मोर्चालाई दार्जीलिङ पहाडमा नै चुनौति दिन अहिले लगातार रुपमा तृणमूल कङ्ग्रेस बिस्तार गर्ने कार्य भईरहेको छ भने गोरामुमो पनि पुरानो बर्चस्व फर्काएर ल्याउँन सक्रिय बनेको छ। यस्तो अवस्थामा गोजमुमोले आफ्नो आधिपत्य जमाएर राख्न कुनै पनि शक्ति पोरदर्शन गर्न तयार रहेक छ।

 पहाडमा बड्दो प्रतिपक्षी राजनैतिक पार्टीहरुको क्रियाकलापलाई मध्यनजर राखेर अहिले गोजमुमो पार्टी अध्यक्ष बिमल गुरुङ केहि समय देखि कालेबुङमा नै बसेर संगठन बलियो पार्न लागिपरेको छ। तिनले संगठनलाई बलियो बनाउँन कालेबुङमा समष्टि कमिटिहरु समेत गठन गरिसकेका छन भने पार्टीको पुरानो कार्यकर्ताहरुलाई फर्काएर ल्याउँन समेत क्सरत अघि बडाएको सुत्रले जनाएको छ। पार्टीलाई बलियो बनाउँने कार्यलाई अघि बडाउँदै आज गोजमुमो केन्द्रिय समितिको बैठक यहाँको पीडब्ल्यु भवनमा मोर्चा अध्यक्ष बिमल गुरुर्ङको उपस्थितिमा सम्पन्न भयो।

 आजको बैठकमा धेरै दिनदेखि पार्टीबाट ओझेलमा रहेका केन्द्रिय समिति सदस्य नोर्देन लामालाई पार्टीले संयोजक बनाएको छ। बैठकमा उअपस्थित प्रतिनिदिहरुमाझ छलफल भए पचि लामलाई संयोजकको दायित्व प्रदान गरेको सुत्रले जानकारी दिएको छ। उक्त बैठकमा दार्जीलिङ पहाडको बर्तमान राजनैतिक अवस्थाबारे चर्चा हुनको साथै पार्टीको आन्तरिक बिषयहरुमा पनि बहस भएको सुत्रले जनाएको छ।

 लकभग दुई घण्टा सम्म चलेको बैठकमा मोर्चा अध्यक्ष बिमल गुरुर्ङ लगायत कर्णल रमेश आले, डा आरबी भुजेल, सामुएल गुरुङ, नोर्देन लामा, बिजय सुन्दास, फान्सिस देवान आदि उपस्थित रहेका थिए। यस अवसरमा गोजमुमो पार्टी अध्यक्ष बिमल गुरुरङले नोर्देन लामालाई पार्टीको केन्द्रिय समिति अनि महकुमा समिति लगायत सभासदहरुमाझ तालमेल बनाउँन संयोजकको पदभार सुम्पेको सुत्रले जानकारी दिएको छ।

No comments: