Pages

Tuesday 2 April 2013

शिक्षा व्यवस्थामा सुधार लुआउँनु पर्ने माकपाको माग

 कालेबुङ, 2 अप्रेल।दार्जीलिङ पहाडको शिक्षा व्यवस्थामा सुधार ल्याउँन सम्पूर्ण बिद्यलहरुमा शिक्षण अनि अशिक्षण कर्मचारीवर्ग नियुक्ति गर्नु पर्ने माकपा नेता तारा सुन्दासले माग गरेको छ। तिनले यसै सिलसिलामा जीटीएले प्राथमिक पाठशालाहरुमा पाँचसय सत्तरजना शिक्षकहरुको नियुक्तिको निम्ति जीटीएलाई आभार पनि प्रकट गरेको छ। तिनले शिक्षक़हरुको नियुक्तिमा जीटीएलाई आभार चडाए पनि मोर्चाका नेताहरु जनताको नेता हुनपर्ने सुझाव पनि दिएका छन।

 ‘प्रथमिक शिक्षक नियुक्तिमा मोर्चाका नेताहरूले गोरामुमोका नेताहरूले झैं व्यवहार गर्नु हुँदैन। कसैलाई पाखा कसैलाई काख गर्नु हुँदैन। नेताको स्वास्नी, छोरा, भाई, दिदीले मात्र काम पाउँछ भने जनता कता जानु? तारा सुन्दासले प्रश्न राखे। तिनले प्राथमिक शिकक्ष नियुक्ति नेताहरुले आफन्तहरुलाई मात्र दिने गरेको बताउँदै यस्तो कार्य नेताहरुले गर्न नहुने सौन्दासले सुहाव दिएका छन। 

 दिनोदिन शिक्षा व्यवस्था दयनीय भइसकेको अवस्थामा केवल 570 जना शिक्षकहरुको नियुक्ति पर्याप्त नभएको पनि तिनले बताए। तिनले पहाडमा प्राथमिक शिक्षा व्यवस्थालाई सुधार गर्न 2,872 शिक्षक नियुक्ति अनिवार्य थियो भनि बताएका छन। तिनले मोर्चालाई प्रश्न गर्दै सुप्रिम कोर्टले दिएको निर्देश अनुसार मोर्चाले यसपल्टको नियुक्तिमा एससी, एसटी, हेन्डीक्याप,ओवीसीलाई प्रथामिकता दिइएको छैन भनि आरोप लगाए। “यहॉं भेदभाव भइरहेको छ। यस्तो नहोस्‌” सुन्दासले भने।

No comments: