Pages

Tuesday 2 April 2013

नारी मोर्चा नेत्री ननिता गौतमले दिईन पार्टीबाट राजीनामा

 कालेबुङ, 2 अप्रेल। एकातिर गोजमुमो पार्टी बलियो बनाउँने कार्य चलिरहेको छ भने अर्को छेवबाट पार्टी भत्किने कार्य जारी रहेको छ। यसै क्रममा गोजमुमो पार्टीको नारी मोर्चा केन्द्रिय समिति सदस्य तथा पूर्व गोजनामो कालेबुङ महकुमा समिति अध्यक्षा नानित गौतमले आज पार्टीको पद अनि साधरण सदस्यबाट राजीनाम दिईन। मोर्चा सुत्रले श्रीमति ननिता गौतमले राजीनामा दिएको दाबी गरे पनि यसबारे पार्टी अनि स्वय ननिता गैतमले आधिकारीक पुष्टि भने जारी गरेको छैन। गोजमुमो पार्टीको गठनकाल देखि सक्रिय रुपमा रहेर आन्दोलनमा खट्ने गौतम धेरै दिनदेखि निष्क़्रिय रहेकी थिईन।

 आफु अस्वस्थ्य रहेको कारण राजनैतिक क्रियाकलाप देखि निष्क़्रिय रहेकी बताउँने श्रीमती गौतमले केहि दिन अघिदेखि राजीनाम दिएको हल्ला फैलिएको थियो। आहिरमा उक्त हल्लालाई समाप्त गर्दै तिनले आज गोजमुमो कालेबुङ महकुमा समितिको मार्फत मोर्चा अध्यक्ष बिमल गुरुङलाई राजीनामा पत्र सुम्पिएको सुत्रले जानकारी दिएको छ। धेरै दिनदेखि राजीनामाको हल्ला चलिरहेको ननिता गौतम आज अपराह्न यहाँको मल्लिरोड स्थित पार्टी कार्यलयमा पुगेके थिईन।

 सोही समय तिनले राजीनामा पत्र महकुमा समिति सचिव कुमार चामलिङलाई सुम्पिएको सुत्रले जनाएको छ। यस समबन्धमा महकुमा सचिव कुमार चामलिङ संग जान्न चाहँदा तिनले पत्र प्राप्त गरेको स्वीकार गरे पनि उक्त पत्र राजीनामा पत्रनै थियो भन्ने किटान गर्न नसकिने जनाए। “एउटा बन्द लिफामा रहेको पत्र मोर्चा अध्यक्षलाई दिने आग्रह गर्दै मलाई दिए पछि मैले त्यस पत्रलाई नखोली मोर्चा प्रमुख बिमल गुरुङलाई दिए। त्यस लिफामा कस्तो पत्र थियो भन्ने मलाई थाह छैन” कुमार चाम्लिङले भने। तिनले उक्त पत्र आफुले पुर्याफउँने कार्य गरेको बताउँदै पत्र नपडेको स्पष्टिकरण दिएका छ।

 यता सुत्रले जानकारी दिए अनुसार श्रीमति ननिता गौतमले सुम्पेको राजीनामा पत्रको प्रतिलिपी महकुमा समिति सचिव कुमार चामलिङ अनि प्रेम छेत्रीलाई पनि दिएका छन। यद्यपी यस बिषयमा पनि कसैले आधिकारीक पुष्टि भने गरेको छैन। यता राजीनामा पत्र दिएको हल्ला कालेबुङ शहरमा डलेलो सल्केको झै फैलिए पछि पत्रकारहरुले तिनलाई टेलिफोनिक सम्पर्क गर्न खोज्दा कुनै कुराकानी नै हुन सकेन। पहिला तिनले फोन उठाए पनि पछिबाट भने फोन बन्द राखेको कारण कुनै आधिकारीक पुष्टि हुन सकेन।

 यस समबन्धमा तिनले उक्त राजीनामा दिएको पत्रकार सम्मेलन डाकेर नै पुष्टि गर्न सक्ने सम्भावना रहेको छ। अर्कोतिर गोजमुमो पार्टी सूत्रले ननिता गौतमको राजिनामा पत्र मोर्चा अध्यक्ष बिमल गुरुङको हात परिसकेको दाबी गरेको छ। तिनको राजीनामा बिषयलाई लिएर आज बसेको केन्दिय समितिको बैठकमा पनि चर्चा भएको सुत्रले दाबी गरेको छ। गोजमुमो पार्टीको गठन देखिनै आन्दोलनमा होमिने श्रीमती ननिता गौतमको पार्टीमा योग्दन महत्वपूर्ण रहेको आजको बैठकमा चर्चा भएको सुत्रले जनाएको छ। तिनले पार्टीलाई दिएको योगदानलाई कदर गर्दै राजीनामा पत्र स्वीकार गर्ने अथवा नगर्ने भन्ने बिषयमा कुनै निष्कर्ष ननिस्किएको सुत्रले अझ जनाएको छ।

No comments: