Pages

Tuesday 2 April 2013

पैयुँमा सोम्बार राती आगो लागेर एउटा घर स्वाह

कालेबुङ, 2 अप्रेल। कालेबुङ महकुमाको अलगडा खण्ड अन्तर्गत पैयुँमा सोम्बार राती आगो लागेर एउटा घर स्वाह भएको छ। उक्त आगलागीको चपेटमा परेर घरका मालिक कादो भोटिया घाईते भएका छन भने तिनको शरीरको बिभिन्न भागहरुमा आगोले पोलेर घाऊ भएको छ। घाईते कादो भोटियालाई उपचारको निम्ति कालेबुङ महकुमा अस्पतालमा भर्ना गरिएको छ। जानकारी अनुसार उक्त आगलागीको घटना सोम्बार मध्य राती भएको हो। आगलागी हुँदा तिनी घरभित्र नै सुतीरहेका थिए भने मध्य रातमा तिनको घरबाट आगोको झिल्का निस्किरहेको तिनका भाई रिम्बु भोटियाले देखे पछि छरछिमेकहरुलाई गुहार लगाए।

 रातीको समय सबै छरछिमेकहरुले गुहार लगाएर कादो भोटियाको ज्यान बँचाउन सके पनि तिनको मूलघर अनि भान्साघर दुवै जलेर खरानी भएको छ। मस्त निन्द्रामा सुतिरहेको समयमा सल्किएको आगोले उग्र रुप लिए पछि तिनी घरभित्र नै आगोको चपेटमा परिसकेका थिए भने छिमेकीहरुले आखिरमा तिनलाई खिडकीबाट निकालेर ज्यान बँचाए। दैनिक मजदूरी गरेर जीवन धान्ने कादो भुटिया यस घटनापछि आश्रयहीन बनेका छन। घटनाको समयमा तिन किचनबाट केही सामाग्रीहरु उद्धार गर्न सकिएको भए पनि मूलघरभित्र भएका बसै सम्पत्ति जलेर नष्ट भएको छ।

 उक्त आगलागीको घटना थाह पाए पछि आज क्षेत्रका सभासद कल्पना तामाङले आज बिहान पीडित कादो भुटियालाई भेटेर उपचारको निम्ति पाँच हजार रु प्रदान गरेकी छन भने तिनको राहत र पुनर्वासको निम्ति जीटीएबाट हुने सहयोग दिलाउन पहल गर्ने आश्वासन दिएकी छन। यता घटनापछि पुलिस अनि पञ्चायतकर्मीहरुले पनि घटनास्थलको निरीक्षण गरेर जानकारी लिए।

No comments: