Pages

Tuesday, 5 March 2013

टास्क फोर्सले गोर्खाल्याण्डको औचित्य बुझाउँदै भेट्यो गुजरातका मुख्यमंत्री नरेन्द्र मोदीलाई

 डी के वाइबा, कालेबुङ 5 फरवरी। छुट्टै राज्य गोर्खाल्याण्डको समर्थन बटुल्न राष्ट्रिय स्तरका नेताहरुलाई भेटघाट गर्न गएका गोर्खाल्याण्ड टास्क फोर्स (गोटाफो) टोलीले गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदिसंग भेटघाट गरे। गुजरात राज्यको गान्धीनगर स्थित मुख्यमन्त्री निवासमा गोटाफो टोलीले भेट गरेको जानकारी गोटाफो समन्वयक आर मोक्तानले दिएका छन। आज गोटाफो अध्यक्ष सुखमान मोक्तान अनि गोटाफोका राष्ट्रिय समन्वयक आर मोक्तानले मुख्यमन्त्री मोदिलाई भेटेर गोर्खाल्याण्डको समर्थन गरिदिने अनुरोध गरेको एक प्रेस बिज्ञप्तिमा जानकारी दिएको छ। 

गोटाफोको प्रतिनीधि टोलीले गुजरातका मुख्यमन्त्री मोदीलाई भेट गरेर छुट्टै राज्य गोर्खाल्याण्ड गठनको औचित्यबारे अवगत गराएको बिज्ञप्तीमा अझ जानकारी गराएको छ। “भारतभरी छरिएर बसेका गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षा छुट्टै राज्य गोर्खाल्याण्डले मात्र पुरा गर्नेछ। छुट्टै राज्य गोर्खाल्याण्ड गठनलाई लिएर गोटाफो गम्भिर रहेको छ। यसैसिलसिलामा अहिले गोटाफोले राष्ट्रिय स्तरमा गोर्खाल्याण्डको समर्थन बटुल्न दोस्रो चरणको अभियान चलाईरहेको छ। 

यसै अभियानको क्रममा आज गुजरातका मुख्यमन्त्रीसंग भेट गरेर गोर्खाल्याण्ड गठनको औचित्य बुझाउँदै स्मारक पत्र दिएका छौ” – सुखमान मोक्तानले बताएका छन। मुख्यमन्त्री मोदीसंग भएको भेटघाट खुबै सकारात्मक रहेको अनि तिनले छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई राष्ट्रिय स्तरमा आफ्नो पार्टीको पक्षबाट समर्थन गर्ने आवश्वासन दिएको प्रेस बिज्ञप्तिमा जनाईको छ। तिनले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा राष्ट्रिय फोरमा आएको खण्डना पार्टीको पक्षबाट साथै व्यक्तिगत रुपले समर्थन गर्दै अघि बडाउँने गोटाफो टोलीलाई आश्वासन दिएको बिज्ञप्तिमा अझ जनाएको छ।

 यसरी नै उक्त जारी बिज्ञप्तिमा गोटाफोले गोर्खाल्याण्डको औचित्य बुझाउँदै अखिल भारतीय अदिवासी बिकास परिषदका अध्यक्ष सोमजी भाईलाई भेट गरेको जानकारी दिएको छ। सोमजी भाई सातपल्ट सम्म लोकसभा सांसद भएको अनि तिनी आदिवासी बिकास परिषदका उच्च नेता रहेको कारण तिनलाई गोटाफोले गोर्खाल्याण्डको औचित्य बुझाउँने कार्य गरेको हो। यस भेटघाटमा तिनले पनि गोर्खाल्याण्डको मागमा समर्थन जनाउँदै पश्चिम बङगाल राज्य कमिटिलाई गोर्खाल्याण्ड गठनको निम्ति समर्थन गराउँन लगाउँने आश्वासन दिएको गोटाफोद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।

No comments: