
हत्याराले कुन अभिष्टको निम्ति हत्या गरेको हो भन्ने स्पष्ट हुन नसके पनि प्रारम्भिक चरणमा पुलिसले उक्त हत्या चोरीको उद्देश्यले गरेको हुनसक्ने अनुमान लगाएको छ। उक्त हत्याकाण्डको गुत्थि सुल्झाउँन आज कालेबुङ पुलिसले सिलगडीबाट स्निफर डग ल्याएर घटना स्थलको जाँच गर्योभ। घटना स्थलबाट पुलिसले आवश्यक त्यथ्यहरु संकलन गरेको छ भने हत्यारा कुनै परिचित व्यक्ति हुनसक्ने पनि पुलिसले अनुमान गरेको छ।
आज घटना स्थलको जायजा लिन कालेबुङका अतिरिक्त पुलिस अधिक्षक सोङमित लेप्चा, आईसी प्रसाद प्रधान आफ्नो दलबल लिएर पुगेका थिए। यस अवसरमा घटना स्थलको पुलिसले स्निफर डग लगाएर हत्यारा सम्म पुग्ने अभियान शुरु गरेको छ। घटना स्थलको परिदृष्य हेर्दा हत्याराले चोरीकै उदेश्यले हत्या गरेको हो भन्ने प्रतित भईरहेको थियो। कुनै कार्य लिएर आएका परिचित व्यक्तिले नै जमुना तामङको हत्या गरेर चोरी गरेको हो भन्ने पुलिसले समेत अनुमान गरेको छ। हत्यापछि हत्याराले उक्त घरको तीनवटा दराज फोरेर सम्पूर्ण गरगहना अनि पैसा लुटेको छ।
यसको साथै हत्याराले मृत जमुना तामङको शरिरमा भएको सम्पूर्ण गरगहना समेत लुछेर लगेको छ। यस समबन्धमा आज अतिरिक्त पुलिस अधिक्षक सोङ्मीत लेप्चाले पत्रकार सम्मेल डाकेर हत्याराको कुनै पक्राऊ नभए पनि पुलिस प्रसाशनले जाँच अभियान शुरु गरेको जानकारी दिएकी छिन। तिनले उक्त हत्याकाण्ड चोरीकै उदेश्यले गरेको हुन सक्ने पत्रकारहरुलाई जानकारी दिएकी छिन। पुलिसले हत्याको रहस्य पत्तो लगाउँन अहिले शंका भएका व्यक्तिहरु माथी कडा नजर राखेको थप जानकारी दिएकी छिन।
उक्त हत्याकाण्ड सम्बन्धि अहिले नै केहि भनिहाल्न नसक्निने बताउँदै हत्याराले हत्याको सुराग समेत लुकाएको अतिरिक्त पुलिस अधिक्षक लेप्चाले जनाईन।
यता आज उक्त हत्याकाण्ड सम्बन्धि कालेबुङमा गोर्खा जनमुक्ति युवा मोर्चाले भर्त्सना जनाउँदै हत्यारालाई यथाशिघ्र पक्राऊ गर्नुपर्ने माग गरेको छ। उक्त हत्याकाण्डले मानिसहरुमा आतङक सृजना भएको बताउँदै युवा मोर्चा अध्यक्ष बारुद थापा सचिव बिनय घिसिङको नेतृत्वमा रहेको प्रतिनिधी टोलीले कालेबुङ थानामा एउटा ज्ञापन पत्र चडाएर हत्यारालाई यथाशिघ्र पक्राऊ गर्नुपर्ने माग गरेको छ।
यस समबन्धमा पत्रकारहरुसंग कुराकानी गर्दै युवा मोर्चा अध्यक्ष बारुद थापाले हत्यारालाई पक्राऊ गरेर कडा सजाय दिनुपर्ने माग गरेको छ। समाजमा बडदो अपराधलाई निर्मूल पार्न युवा मोर्चाले प्रसासनलाई सहयोग प्रदान गर्ने बताउँदै यस्ता असमाजिक तत्वहरुलाई कडा सजाय दिनुपर्ने माग गरे। यसरीनै युवा मोर्चा सचिव बिनय तामाङले ईष्टमेनरोडमा भएको हत्याकाण्डको दोषी पेदोङमा भएको जिना प्रधान हत्याकाण्ड जस्तै बिलिन नहोस भनि माग गर्दै प्रसाशनले सक्रियता अप्नाउँनुपर्ने माग गरे।
अर्कोतिर उक्त हत्याकाण्ड सम्बन्धि कालेबुङका माकपा नेता तारा सुन्दासले बिरोध गर्दै प्रसाशनले हत्यारा पक्राऊ गर्नुपर्ने माग गरेको छ। हत्यारा पक्राऊ गर्न पुलिसले यथाशिघ्र पहल गर्नुपर्ने माग गर्दै कतिपय घटनाकाण्डहरुले पुलिसको भूमिका माथी प्रश्न उठ्ने गरेको तिनले बताए। समाजमा बडदो अपराधका घटनाहरुलाई निर्मूल पार्न पुलिसले हत्याराहरुलाई यथाशिघ्र पक्राऊ गरेर कार्वाही गरे मानिसहरुको मनमा पुलिस प्रति विश्वास जाग्ने बताउँदै यहाँको कतिपय घटनाहरुमा आरोपीहरु पक्राऊ नपर्नुले पुलिसको कार्यप्रणाली माथी प्रश्न खडा भएको सुन्दासले बताए।
No comments:
Post a Comment