Pages

Tuesday, 5 March 2013

युवा कवि मनोज बोगटीलाई युवा साहित्य अकादमी पुरस्कार

डी के वाइबा, कालेबुङ 5 फरवरी। युवा कवि मनोज बोगटी साहित्य अकादमीको युवा पुरस्कारको निम्ति चयन भएका छन। “घाऊका रङहरु” लामो कविताको पुस्तकको निम्ति तिनलाई नेपाली साहित्यको युवा अकादमी पुरस्कार 2012ले सम्मानित गरिने भएको छ। आज कोलकातामा बसेको साहित्य अकादमीको कार्यकारी पर्षदको बैठकमा कवि वोगटीको नाम नेपाली साहित्य युवा अकादमीको निम्ति घोषणा गरिएको हो।

 साहित्य अकादमीको कार्यकारी पर्षदले आज नेपाली भाषामा युवा साहित्य अकादमी पुरस्कार कवि वोगटीलाई दिने लिएको निर्णयमा अकादमीका अध्यक्ष विश्वनाथ प्रसाद तिवारीले मोहर लगाएका हुन्‌। अकादमीबाट कवि वोगटीलाई मेलमात्र पनि यो सूचित गरिएको छ। आगामी 22 मार्च 2013 को दिन विवेकानन्द केन्द्र इन्सटिट्यूट अफ कल्चर गुवाहाटीमा एक कार्यक्रबीच उक्त पुरस्कार प्रदान गरिनेछ।

 युवा कवि बोगटीलाई उक्त पुरस्कारले सम्मानित गरिने खबर फैलिए पछि कालेबुङका युवा साहित्यकार अनि पत्रकारहरुको जमानता खुशीको लहर छाएको छ। “घाऊका रङहरु” एउटा लामो कविताको संकलन हो। उक्त पुस्तक 2008 मा प्रकाशित भएको थियो भने उक्त पुस्तक अघि तिनको 2008 मा तिनको कविता संकलन “बिम्बगोष्ठी” प्रकाशित भईसकेको छ। यस पछि तिनको थप तिनवटा कविता संकलनहरु प्रकाशित भईसकेको छ। 

नेपाली साहित्यमा निरन्तर रुपले कलम चलाउँदै आईरहेका कवि बोगटीको “गीतको रिस”, पसिनाको छाला अनि आखाँ बाहिर थप अन्य प्रकाशित कृतिहरु हुन। स्मरण रहोस्‌, कवि वोगटीले यसअघि कुवैतबाट कविताको निम्ति ‘अभिजमान स्मृति पुरस्कार’, नेपाल काडमाण्डौंबाट ‘देवकोटा स्मृति स्वर्णपदक’- आदि प्राप्त गरिसकेका छन्‌। उनको अहिलेसम्म पॉंचवटा कविता कृति प्रकाशमा आइसकेको छ। पेशाले समय दैनिक पत्रिकाका पत्रकार वोगटीले 1996 देखि साहित्यिक यात्रा शुरु गरेका हुन्‌।

 34 वर्षिय कवि वोगटी रोङ्गो-दलगाउँ निवासी हुन्‌। साहित्य अकादमीको युवा पुरस्कारको निम्ति चयन भएको बिषयमा युवा कवि बोगटीलाई प्रतिक्रिया लिँदा तिनले अत्यन्तै हर्ष लागेको बताए। “आजसम्म कृतिको रुपमा पाँचवटा पुस्तकहरु प्रकाशित भए पनि म आफैलाई मनपर्ने कृति भने “घाऊका रङहरु” नै हुन। अहिलेसम्म लामो कविताको रुपमा लेखिएको एकमात्र यस पुस्तकले यसरी अकादमी पुरस्कार पाउँने खबर पाउँदा हर्षको कुनै सिमा छैन” कवि बोगटीले भने।

No comments: