Pages

Thursday 14 March 2013

गोजमुमो नेताहरु बिरुद्ध न्यायलयले जारी गर्यो् वारण्ट

 कालेबुङ, १४ मार्च| “ताक परे तिवारी न त गोतामे” भने झै सम्बन्ध रामो हुँदा मुद्दा माफी गर्दिनेछु भन्ने सरकारले सम्बन्ध बिग्रेपछि अहिले त्यही मुद्दा झिकेर नेताहरुलाई ठ्याङ्ग्रोमा हाल्ने रणनीति अप्नाएको छ। जीटीएको सम्झौता पत्रमा आन्दोलनकालका मुद्दाहरु सबै माफी गरिनेछ भनेर लेखिएको भए पनि अहिले त्यही आन्दोलनकालको मुद्दाले गोजमुमो कारकर्ताहरुलाई खेदि रहेको छ। मुद्दा माफीको कुरा गर्दै न्यायलय धाउँने नेताहरुको बिरुद्धमा अहिले न्यायलयले मुद्दा माफी होईन उल्टा वारण्ट नै जारी गरेर मोर्चा नेताहरुलाई त्रस्त पारेको छ।

 आन्दोलनकालको बिभिन्न मुद्दाहरुमा आज कालेबुङ न्यायलयले गोजमुमो पार्टीका मोठ १३५ जना कार्यकर्ताहरु बिरुद्ध वारण्ट जारी गरेको छ। बिभिन्न मुद्दाहरुमा आरोपी रहेका मोर्चा कार्यकर्ताहरुले धेरै समय यता मुद्दाको सुनवाई अवधी न्यायलय नधाएको कारण आखिरमा न्यायलयले वारण्ट जारी गरेको छ। न्यायलयमा उपस्थिति नदिएको कारण मोर्चाको कार्यकर्ताहरु संगै सभासदहरुको नाउँ पनि वारण्टमा निस्किएको छ। 

गोजमुमो पार्टीका अग्रिम पंक्तिका नेताहरुमा सभासद डा आरबे भुजेल, सभासद निमा तामङ, फुनुर शेर्पा, रुदेन लेप्चा, तोप्देन भोटिया, पासाङ तामाङ आदिको नाउँमा न्यायलयले वारण्ट जारी गरेको छ। यी विभिन्न मामिलाहरूमध्ये जीआर १२७/०९ मा नै धेरजसो अभियुक्तहरूको नाममा वारन्ट छ| आन्दोनकालमा भएको सरकारी अनि निजी सम्पतीहरूको आगजनी, तोडफोड र नोक्शान पुर्यािएको अभियोगमा मोर्चाका कैयौं कार्यकर्ता र समर्थकहरू विरूद्ध मामिला दर्ता गरिएको थियो|

 सोही मामिला सम्बन्धी कालेबुङ अदालतमा चलिरहेको सुनुवाइको अवधीमा नियमित रुपले उपस्थित नहुने आरोपीहरूविरूद्ध गत सातादेखि वारन्ट जारी गर्ने काम शुरु भएको छ| आन्दोलनकालको बिभिन्न मुद्दाहरुमा आरोपी रहेका नेताहरुको बिरुद्धमा न्यायलयले वारण्ट जारी गर्नुको साथै पुलिसले खोजी अभियान तिब्र पारेको छ। यता आरोपीहरुलाई पक्राऊ गर्न अहिले पुलिस प्रशासन संगै केहिदिन अघि मात्र तैनाथ गरिएको सीआरपीएफ जवानहरुले पनि आरोपीहरु पक्राऊ गर्न पुलिस संगै बिभिन्न स्थानहरुमा छापामारी अभियान तिब्र बनाएको छ।

No comments: