Pages

Friday 15 March 2013

विद्यार्थीहरुले व्याजमुक्त ऋण पाउँनुपर्छ – तारा सुन्दास

 कालेबुङ, 15 मार्च। मानव संसाधन बिकास बिभागद्वारा तक्निकी उच्च शिक्षा लिन चाहने आर्थिक बिपन्न परिवारका बिद्यार्थीहरुलाई व्याजमुक्त ऋण दिने प्रावधान भए पनि दार्जीलिङ पहाडका बिद्यार्थीहरुले भने उक्त सहुलियत पाउँन नसकेको माकपा नेता तारा सुन्दासले आरोप लगाएका छन। बिभागले बिद्यार्थीहरुको निम्ति साढे चार लाख रुपीया सम्मको ऋण दिने प्रावधान राखे पनि पहाडका व्याङकहरुले भने प्राथमिकता नदिएको आरोप लगाएका छन। यस सन्दर्भमा आज माकपा नेता सुन्दासल्ले महकुमा अधिकारी एल एन शेर्पालाई भेट गरेर एउटा ज्ञापन पत्र चडाए।

 सुन्दासले व्याङ्‌कका अधिकारीहरुसित भेट गरेपछि आर्थिक रुपले सम्पन्न परिवारका विद्यार्थीहरूलाई मात्र ऋण दिनेगरेको कुरा थाहा पाएको आरोप लगाउँदै गरीबका नानीहरुलाई अवहेलना गरिने कार्य भईरहेको आरोप लगाए। उनले सरकारी कागजपत्र देखाउँदै आफ्नो तर्क पेश गरेपछि जिल्लापाल अथवा महकुमा अधिकारीले चासो देखाए यो सम्भव हुने भएकाले नै उनले महकुमा अधिकारीलाई ज्ञापन चडाएको खुलाए। यहॉंका गैरसकारी संस्थाहरूले पनि यस्ता कुराहरूमा चासो देखाउनुपर्ने भन्दै शैक्षिक संस्थानहरूले पनि पहल गर्नुपर्ने आह्वान गरेका छन्‌। उनले महकुमा अधिकारीसमक्ष आर्थिक विपन्न परिवारका विद्यार्थीहरूलाई ऋण दिने व्यवस्था चॉंडै गर्नुपर्ने माग गरेका छन्‌।

No comments: