Pages

Thursday 14 March 2013

कालेबुङ नगरपालिका बिकास कार्य गर्न अघि बोरोधको सम्मुखिन

कालेबुङ 14 मार्च। कालेबुङ शहरलाई समस्यामुक्त बनाउँने अनि सुन्दरीकरण बनाउँने परिकल्पना बनाउँदै बसेको कालेबुङ नगरपालिका आफै समस्यै समस्याको भुँवरीमा अल्झेको छ। नगरपालिकाले शरहरमा बिकाश गर्न चाहन्छ अनि बिकाशको योजनाहरु तयार बनिन्छ। शहवासीलाई बिकाशको सहुलियत दिन चाहने कालेबुङ नगरपालिका आफै भने अहिले न त बिकाशको बाटोमा हिड्न सकिरहेको छ न त समस्या मुक्त नै हुन सकिरहेको छ।

 कहिले मैलाको समस्याले वाक्क हुन्छ त कहिले बिकाशको नाउँमा विवादको घोरोमा कसिन पुग्छ यो नगरपालिका। दार्जीलिङ पहाडबाट प्रथचोटि आईएएस जस्तो उच्च परिक्षा पास गरेर प्रशासक बनेका एल बी परियार कालेबुङ नगरपालिकाको नगराध्यक्ष बनेपछि कालेबुङ शहरको समस्या सबै समाधान हुने मानिसहरुले अनुमान लगाएका थिए। यता नगर अध्यक्ष बन्न अघि तिनले पनि कालेबुङ शहरमा मैलाको समस्या आफु नगर अध्यक्ष बने तीन महिना भित्रमा समाधान गर्ने घोषणा नै गरेका थिए।

 तर तिनले गरेको घोषणा तीन महिना बितेर अहिले बर्ष दिन पार गर्दा समेत मैलाको समस्या समाधान हुन सकेको छैन। जसको कारण कहिले हाएवेवासी वाक्क बन्न परिरहेका छन त कहिले शहरवासी वाक्क बनिरहेका छन। यस्तो परिस्थितिमा कालेबुङ नगरपालिकाले यसपल्ट शहरमा बिकाश गर्न अर्को परियोजना तयार पारेको छ। कालेबुङ नगरपालिकाले यसपल्ट बिकाश गर्न यहाँको हाट बजारलाई लक्ष्य राखेको छ। यसपल्ट कालेबुङ नगरपालिकाले यहाँको हाटबजारलाई बृहत रुपमा सपिङ कम्प्लेक्स बनाउँने योजना बनाएको छ।

 नगरपालिकाले हाट बजारमा सपिङ कम्प्लेक्स बनाउँने योजना तयार बनाउँनेसाथ यता हाट बजार ब्यापारी संगठनले भने बिरोध जनाएको छ। कालेबुङ नगरपालिकाले बनाएको परियोजनालाई बिरोध गर्नेहरुमा स्बैभन्दा चासोको कुरा भने नागरपालिकाकै पार्षद रहेका छन। यहाँको हाट बजार परिसरमा कालेबुङ नगरपालिकाले सपिङ कम्प्लेक्स बनाउँने कुरालाई लिएर आज हाट बजार व्यापारी संगठनको एउटा आकस्मिक सभा सम्पन्न भयो। उक्त सभामा हाटबजार व्यापारी संगठनका सबै सदस्यहरु उपस्थित रहेका थिए भने उक्त सभामा नगरपालिकालाई सपिङ कम्प्लेक्स निर्माण गर्न नदिने निर्णय लिईएको छ। 

नगरपालिकाको योजनालाई हाटबजार ब्यापारी संगठनको उक्त निर्णयले प्रारम्भिक चरण गहिरो झट्का लागेको छ भने बिरोध गर्नेहरुमा क्षेत्रीय नगरपार्षद रवी प्रधान स्यव अघि आएका छन। यस सम्बन्धमा नगरपालीकाको उक्त परियोजनालाई बिरोध गर्नुको कारण बारे पार्षद रवी प्रधानले हाट बजारमा सपिङ कम्प्लेक्स निर्माण गरे सानो व्यापारीहरु समस्यामा पर्ने बताएका छन।

 “हामी नगरपालीकाको बिकाश बिरोध गर्दैनौ। तर बिकाशको नाउँना व्यापारेहरु समस्यामा पर्नु हुँदैन। यहाँ सानो व्यापारीहरु अहिलेको कम्ति ट्याक्स तिर्न नै हम्मे हम्मे पर्ने अवस्थामा सपिङ कम्प्लेक्स निर्माण गरे पछि ट्याक्स समेत धेर हुने गर्छ। यसर्थ हामी यसको बिरोध गर्छौ” क्षेत्रीय नगरपार्षद प्रधानले भने।

No comments: