Pages

Thursday 28 March 2013

कालेबुङका दुई युवा पत्रकारहरुलाई सम्बर्द्धना जनाईयो

 कालेबुङ, 28 मार्च। नेपाली साहित्य अकादमीको युवा अकादमी पुरस्कारले सम्मानित युवा कवि एंव पत्रकार मनोज बोगटी अनि सामाजिक कार्यमा गडफ्रे फिलिप्स ब्रेभरी अवार्डले सम्मानित कालेबुङका पत्रकार मनोज राईलाई बुधबार कालेबुङका श्रमजीवि पत्रकारहरुले सम्वर्द्धना जनायो। यहाँको दुख निवारक सम्मेलन भवनमा आयोजित कार्यक्रममा दुवै पुरस्कृत पत्रकारहरुलाई बधाई तथा अभिनन्दन चडाए। मनोज बोगटी अनि मनोज राई दुवै कालेबुङमा पत्रकारिता क्षेत्रमा संलग्न रहेको कारण श्रमजीवि पत्रकारहरुमा दुवैको कार्यले हर्ष छाएको छ। युवा दुई पत्रकारहरुको सम्मान सम्पूर्ण श्रमजीवि पत्रकारहरुकै सम्मान ठान्दै कार्यक्रमा सबैले सम्मानित दुईलाई खदा अर्पण गरेर सम्मान गरे। 

श्रमजीवि पत्रकारहरुको समूहको तर्फबाट दुवैलाई प्रशस्तीपत्र अनि स्मृति चिह्न प्रदान गरी बधाई अभिनन्दन जनाएको थियो। यस अवसरमा युवा साहित्य अकादमी पुरस्कारले सम्मानित मनोग बोगटीले पुरस्कार प्राप्त हुँदाको खुशी व्यक्त गर्दै यसमा सम्पूर्ण साथीहरुको सफलता हो भनि बताए। अर्कोतिर गडफ्रे फिलिप्स ब्रेभरी अवार्डले सम्मानित पत्रकार मनोज राईले भूईँचालो पिडीतहरुलाई सह्योग गर्न पाउँनु आफ्नो सौभाग्य ठान्दै उक्त कार्यको निम्ति प्राप्त सम्मानले जिम्मेवारी बृद्धि भएको बताए। तिनले उक्त सम्मानको निम्ति सबि साथीहरुको योगदान रहेको बताएका छन। समूहका संयोजक प्रदीप लोहागुणले सन्चालन गरेको यो कार्यक्रममा पत्रकारहरु भुवन खनाल, बिनय शङ्कर अनि अनिल तेलैजा,डीके वाइबाले पनि सम्बोधन गरेका थिए।

No comments: