Pages

Thursday 28 March 2013

जीटीए प्रमुख बिमल गुरुङले सिन्कोना कारखाना निर्माणको आधारशिला राख्ने

डी के वाइबा, कालेबुङ 28 मार्च। दार्जीलिङ पहाडमा चिया पछि दोस्रो सर्वबृहत मानिने सिन्कोना उद्योगलाई बचाएर व्यवस्थित तरिकाले सञ्चालन गर्न जीटीएले कार्य अघि बडाएको छ। यसै क्रममा सन 1999 देखि अघोषित बन्द अवस्थामा रहेको मङ्पूको एकमात्र सिन्कोना कारखानालाई आधुनिकीकारण गरी जीटीएले पुन: निर्माण गर्ने भएको छ। पश्चिम बङ्गालको फूड प्रोसेसिङ एंव हर्टिकल्चर बिभागमा रहेको सिन्कोना उद्योग जीटीएको सम्झौता अनुरुप हस्तान्तरण भए पछि यसलाई पुन: उद्धार गरी अघि बडाउँन जीटीएले कार्य थाल्नी गरेको छ। 

दार्जीलिङ पहाडको दोस्रो सर्वबृहत उद्ध्योग सिन्कोनालाई बँचाएर व्यवस्थित तरिकाले सञ्चालन गर्न जीटीएले मङपूमा आगमी 3 अप्रेलको दिन सिन्कोना कारखानाको पुन: निर्माणको आधारशिला राख्ने भएको छ। सिन्कोना निदेशक डा जी सी सुब्बाले पत्रकार सम्मेलन डाकेर सिन्कोनावासी मानिसहरुले दिर्घ दिनदेखि बन्द कारखाना खोलिएर उत्पादन कार्य शुरु होस भनी चाहना राखिरहेको बताउँदै अब सम्पूर्ण मानिसहरुको चाहना पूर्ण हुने बताए।

“सिन्कोना कारखाना सञ्चालन नभएको कारण दिर्घ समय देखि सिन्कोना बगानका मानिसहरुले कारखाना खोल्नु पर्ने माग गर्दै आईरहेका थिए। यस बिषयमा पहिले बङगाल बिधानसभामा समेत कुरा उठेको थियो भने माकपा सरकारले बिधानसभामा सिन्कोना कारखाना निर्माण गर्ने घोषणा समेत भएको थियो। यद्यपी सरकारले उक्त घोषणा पुरा गरेन। आखिरमा जीटीएमा यो बिभाग हस्तानतरण भए पछि सम्झौता अनुरुप कारखाना निर्माण गर्ने भएको छ।

 उक्त निर्माणको निम्ति आगमी 3 अप्रेल 2013 को दिन जीटीए प्रमुख बिमल गुरुङले आधारशिला राख्नेछन” – सिन्कोना निर्देशक डा जी सी सुब्बाले भने। तिनले सिन्कोना कारखाना पूर्णरुपले निर्माण गर्न पचास कडोर भन्दा धेर खर्च लाग्ने भएको कारण उक्त निर्माण कार्य चरणबद्ध रुपमा गरिने पनि डा सुब्बाले जानकारी दिएका छन। उक्त दिन सिन्कोना बगानका मानिसहरुका निम्ति ऐतिहासिक दिन हुने बताउँदै सिन्कोना कारखाना सञ्चाल भए बागानमा खट्ने सम्पूर्ण मानिसहरुमा उर्जा मिल्ने पनि तिनले बताएका छन।

 “सन 1862 देखि सुरु भएको सिन्कोना खेती कारखाना सञ्चालन नभएर उत्पादन बन्द भएपछि सिंकोना उद्योग नै बन्द हुने मानिसहरुले सोंच्ने गरेका थिए। समय समयमा सरकारले पनि सिन्कोनालाई प्राईभेटाईज गर्ने कुराले अझ मानिसहरु त्रस्त बनेका थिए। तर अहिले जीटीएले कारखाना निर्माण गर्ने जुन ऐतिहासिक पहल गरिरहेको छ यसले सिन्कोनासंग जडीत मानिसहरुको मनमा निश्चय पनि सकारात्मक प्रभाव पार्नेछ” डा सुब्बाले भने। सिन्कोना कारखाना निर्माणको पहिलो चरणमा बोक्रा पिस्ने मेसिन अवस्थित गरेर उत्पादन कार्य थालिने अनि त्यस पछि उक्त पिसेका बोक्राबाट अझ अन्तिम रुपको दवाई निर्माणार्थ अन्य भागहरु निर्माण गरिने तिनले थप जानकारी दिएका छन। 

आफुहरुले सिन्कोनाबाट अन्तिम रुपसम्म कार्य गरी दवाई उत्पादन गर्न सके यसले आगमी दिनहरुमा मुनाफा दिने बताउँदै प्रथम चरणमा भने घाटाको मात्रलाई कम गर्ने कार्यमा सघाऊ पुग्ने जी सी सुब्बाले बताए। मानिसहरुले सिन्कोनाबाट केवल मलेरियाको दवाई मात्र बनिने सोच्ने गरेको बताउँदै वास्तवमा सिन्कोनाबाट मुटुको रोगीको निम्ति पनि एउटा महत्वपूर्ण दवाई निर्माण हुने तिनले बताए। आगमी दिनमा कारखाना निर्माण गरेर उक्त दवाईहरु उत्पादन हुन थालेपछि विश्वबजारमा बडीरहेको मागले यस उद्योगबाट बिभागले मुनाफा कमाउँन सकिने निदेशक डा जी सी सुब्बाले बताए।

 अर्कोतिर सिन्कोना बिभागका सभासद सामुएल गुरुङले बिगत दिनहरुमा सरकारको उदासिन नीतिको कारण सिंकोना उद्योग मराणसन्न अवस्थामा पुगेको बताउँदै अब जीटीएले यसलाई व्यवस्थित तरिकाले सञ्चालन गरेर अघि बडाउँने बताएका छन। “जीटीए कार्यकारी प्रमुख बिमल गुरुङले सिन्कोनालाई बँचाएर व्यवस्थित तरिकाले अघि बडाउँनुपर्छ भन्ने सोंच राखेका छन। त्यही सोंचको कारण कारखाना पुन: निर्माणको आधारशिला राखिने कार्य हुने भएको छ।

 सिन्कोना कारखाना निर्माण गर्नु जीटीएको महत्वपूर्ण उपलब्धि हो। यो एउटा ऐतिहासिक कार्य हुनेछ” सामुएल गुरुङले भने। पहिले बङगालमा माकपा सरकार हुँदा अनि दार्जीलिङ पहाडमा दागोपाप हुँदा सिन्कोनालाई बिकशित गर्ने कुनै पहल नगरेको आरोप लगाउँदै जीटीएले यसलाई बिकशित गरेर लानुको साथै उद्योग संगै पहाडको बिकाश समेत गर्ने तिनले थप बताए। सिन्कोना उद्योग संग पहाडमा मानिसहरु धेरै मात्रमा आश्रित रहेको कारण यसको बिकाश आवश्यक रहेको बताउँदै जीटीएले सिन्कोनाको बिकाश संगै पाहाडका मानिसहरुको आर्थिक मेरुदण्ड बलियो बनाउँने कार्य पनि गर्ने सभासद सामुएल गुरुङले बताए।

No comments: