कालेबुङ 8 फरवरी। राज्य सरकारले लेप्चा बिकाश परिषद गठ्न गरेर ठिक गरेर भन्ने गोजमुमो पार्टीले भाका फेरेर लेप्चा बिकाश परिषद स्वागतयोग्य रहेको बताएको छ। आज यहाँको गोजमुमो पार्टी कार्यलयमा गोजमुमो स्टडी फोरमका सदस्य डा आर बी भुजेलले एक पत्रकार सम्मेलन डाकेर आहुहरु लेप्चा बिकाश परिषदको बिरोधमा नरहेको स्पष्टिकरण दिए। तिनले पत्रकारहरुसंग कुराकानी गर्दै मोर्चाले डाकेको 12 घण्टाव्यापी पहाड बन्द लेप्चा बिकाश परिषद गठनको बिरोधमा होईन भनि थप स्पष्टिकरण दिएका छन।
“यहाँ कतिपय भूल बुझाबुझ भएको छ। यहाँ मिडिया तथा क्षेत्रीय सञ्चार माध्यमहरुको कारण यस्तो भूल सृजना भएको हो। यो कुनै व्यवस्थाको बिरोधमा डाकिएको बन्द होईन। यो बन्द बङगाल सरकारको नीतिको बिरोधमा डाकिएको बन्द हो” – डा भूजेलले स्पष्टिकरण दिदै भने। तिनले यहाँ गोर्खा जातिलाई एकार्कमा बिभाजन ल्याउँने षडयन्त्र भईरहेको आरोप लगाउँदै गोजमुमो पार्टीले लेप्चाहरुको कहिल्यै बिरोध गर्दैन भने।
“लेप्चाहरुको निम्ति गठन हुने लेप्चा बिकाश परिषदको हामी बिरोध गर्दैनौ। यस गठन हुन लागेको लेप्चा बिकास परिषदलाई गोजमुमोले पूर्ण समर्थन गर्छ अनि त्यसैको फलस्वरुप जीटीएमा लेप्चा बिकाश बोर्डको प्रस्ताव हामीले पारित गरिसकेका छौ” डा भूजेलले अझ भने। तिनले बङगाल सरकारले जीटीए गठन भए पछि यस भित्र पर्ने बिषयहरुमा राज्य सरकारले कुनै निर्णय लिन अघि जीटीएको अधिनस्थ कार्य हुनपर्ने स्पष्ट अघिबाटै अडान राखेको हुँदा हुँदै पनि राज्य सरकारले जीटीएको नियमको उल्लंघन गरेको तिनले आरोप लगाए।
राज्य सरकारले जीटीए भित्र पर्ने बिषयलाई पनि आफुखुशी गरेर पहाडका एकमुष्ठ जातिमाझ बिभाजन ल्याउँन खोजेको आरोप लगाउँदै उक्त षडयन्त्रबाट सबै जोगिन पर्ने तिनले आह्वान गरे। अर्कोतिर सोही पत्रकार सम्मेलनमा गोजमुमो सांगठनिक सचिव सामुएल गुरुङले मुख्य मन्त्री ममता ब्यानर्जी दार्जीलिङ आएको समयमा यहाँका जनताले छुट्टै राज्य गोर्खाल्याण्डको माग चर्काएको कारण तिनले राजनैतिक दाऊपेच अप्नाएर लेप्चा बिकाश परिषद गठनको घोषणा गरेको दाबी गरे।
पहाडको एकता अनि भाईचारालाई तिनले भंग गर्ने ठूलो राजनैतिक षडयंत्र अप्नाएको कारण सबै सचेत बन्नु पर्ने पनि तिनले आह्वान गरे। “दार्जीलिङका जनताले गोर्खाल्याण्डको नाराबाजी लगाउँदा रिसाएकी ममता ब्यानर्जीले गोर्खाहरुमा फूट ल्याउँन यो राजनैतिक हतियार फ्याँकेका हुन” सामुएल गुरुङले भने। यस अवसरमा तिनी पनि डा आर बी भुजेल झै पत्रकारहरुलाई आरोप लगाउँन पछि परेनन।
तिनले दार्जीलिङमा गोजमुमो अध्यक्ष बिमल गुरुङले केहीदिन अघि लेप्चा बिकाश परिषदको बिरुद्धमा सर्वोच्च न्यायलयमा मुद्दा दर्ता गर्ने दिएको चेतीवनीलाई आँखा चिम्लेर बिर्सन्दै पत्रकार तथा समाचार माध्यमहरुले “गोजमुमोले लेप्चा बिकाश परिषदको बिरोध गर्योर” भन्ने लेखेर बयानलाई बङगाउँने कार्य गरिरहेको आरोप मिडियाकर्मीहरु प्रति थोपे।
No comments:
Post a Comment