उक्त आमरण भोक हडतालमा बस्नेहरुको संख्या बृद्धि भएपछि त्रिकोण पार्कमा स्थानको अभावले टाउनहल परिसरमा पनि भोक हडतालमा लेप्चा समुदायका मानिसहरु बसेका छन। आगमी दिनहरुको भोक हडतालमा बस्नेहरुको संख्या अझ बृद्धि हुने सम्भावना बडेको छ। लेप्चा जातिको बिकासको निम्ति पश्चिम बङगाल सरकारले लेप्चा बिकाश परिषद गठन गरेपछि दार्जीलिङ पहाडको राजनैतिक वातवरण अचानक अन्योल बनेको छ।
बिशेष पहाडमा सत्तासिन पार्टी गोजमुमोले लेप्चा बिकास परिषद गठन गरेर जीटीएको उल्लंघन गरेको आरोप लगाउँदै पहाड बन्दको घोषणा गरे पछि लेप्चा समुदायका मानिसहरुले असुरक्षित महुश गरेका छन। आफ्नो भाषा, साहित्य तथा संस्कृतिको बिकासको निम्ति सरकारले गठन गरेको लेप्चा बिकास परिषदको एकाएक राजनीतिकरण भएको कारण लेप्चा समुदायका मानिसहरु असुरक्षित भएको बताउँदै लेप्चा समुदायले केवल शान्ति चाहन्छ भन्दै आमरण भोक हडताल बसेर मर्न समेत तयार रहेर सडकमा उत्रिएका छन।
लेप्चा राईट मुभमेन्टको आयोजनामा शुरु भएको उक्त आमरण भोक हडतालको आज दोस्रो दिन उक्त भोक हडताल परिसरमा ईण्डिजिनियस लेप्चा ट्राईबल एसोसिएसनका अदाधिकारीवर्गको बिशेष उपस्थिति रहेको थियो। यस अवसरमा उक्त भोक हडतालमा आज अखिल भारतीय गोर्खालिग पार्टीका महासचिव प्रताप खाती, गोर्खाल्याण्ड टास्क फोर्सका अध्यक्ष सुखमान मोक्तान, महासचिव मुनिश तामङ, असमबाट गोर्खा बिकाश परिषदका कार्यकारी प्रमुख अरुण उपाध्याय आदिले भेटघाट गरेर लेप्चा समुदायका मानिसहरुको मनोबल बृद्धि गरे।
उक्त आमरण भोक हडतालको आज दोस्रो दिन लेप्चा राईट मुभमेन्टका संयोजक भूपेन्द्र लेप्चाले सरकारले लेप्चा बिकाश परिषद गठन गर्ने प्रस्ताव पारित गरेपछि पहाडमा एक्कासि अशान्ति बृद्धि हुँदा लेप्चा समुदायका मानिसहरुलाई आघात पुगेको कारण यस्तो अशान्तिमय वतावरणमा बाँच्न भन्दा आफैलाई बलिदान दिन उचित ठानेर आमरण भोक हडतालमा बसेको जनाए। “हामी अशान्ति चाहँदैनौ। यहाँ लेप्चाहरुले जातिको सर्वाङ्गीन बिकाशको निम्ति गठ्न गर्ने भनिएको लेप्चा बिकाश परिषदको कुराले अशान्ति सृजना हुँदा हामी आफ्नो भूमी आफैलाई बलिदान दिन निस्केका हौ” भूपेन्द्र लेप्चाले भने।
No comments:
Post a Comment