Pages

Friday, 8 February 2013

जीटीएको चौकिमा बसेर गोर्खाल्याण्डको सपना देख्नु भ्रम हो – प्रो मुनिष तामङ

कालेबुङ 8 फरवरी। “छुट्टै राज्य गोर्खाल्याण्ड त्यतिबेला सम्म सम्भव छैन जतिबेलासम्म जीटीएको सत्ता मोर्चाले त्याग्दैन। किन भने जीटीए नै पहिलो बाधा हो गोर्खाल्याण्डको बाटोमा। यसलाई खारेज गरेर आन्दोलन गर्नु नै गोजमुमोको निम्ति बुद्धिमानी काम हो। एकातिर सत्तको उपभोग गर्ने अर्कोतिर त्यसै सत्तामा बसेर आन्दोलन गर्छु भन्नु केवल जनतामा भ्रम पहिलाउँनु मात्र हो” – उक्त कुरा आज गोर्खाल्याण्ड टास्क फोर्सका महासचिव मुनिष तामाङले एक पत्रकार सम्मेलन डाकेर भनेका हुन। 

यहाँको भागोप कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा गोटाफो अध्यक्ष सुखमान मोक्तान, राष्ट्रिय समन्वयक आर मोक्तान, क्रामाकपा उपाध्यक्ष जे बी राई, महासचिव तारामणी राई, गोर्खा बिकास परिषद असमका चिफ एक्ज्युकेटिभ अरुण उपाध्याय आदिको बिशेष उपस्थिति रहेको थियो। यस अवसरमा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा सिब्सुमा भएको गोलीकाण्डम शहिद बनेका तीनजना शहिदहरुलाई पनि गोटाफोले श्रदाञ्जलि अर्पण गर्यो । 

यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै प्रो मुनिष तामङले केहि सयम यता केन्द्रमा तेलेङगनाको मुद्दा तातिए पछि पहाडमा गोर्खाल्याण्दको मुद्दा चर्किएको बताउँदै तेलेङगनाको मुद्दा अघि बडदा मात्र गोर्खाल्याण्डको आवज उठाउँनु ठिक नहुने बताए। तिनले तेलेङगनाको मुद्दा अनि गोर्खाल्याण्दको मुद्दा छुट्टै राज्यको भए पनि यसमा थुप्रै पार्थक्य रहेको जनाए। “तेलेंग़नाको आवज अघि बडदा मात्र हामीले गोर्खाल्याण्डको आवज अघि बडाउँनु हुँदैन। गोटाफोले तेलेंगनाको मुद्दा अघि बडदा अथवा सेलाउँदा कुनै सरोकार राख्दैन त्यसै कारण हामी हरेक समय गोर्खाल्याण्डको आवज उठाईरहेका छौ। 

गोटाफो तेलेंगना भए पनि अथव नभए पनि गोर्खाल्याण्ड हुनै पर्छ भन्ने अडानबाट कहिल्यै पछि हट्ने छैन” तामङले भने। यसैक्रममा तिनले दार्जीलिङमा मोर्चाको आयोजना भएको सर्बदलिय बैठक पछि गोजमुमो प्रवक्ता डा हर्कबहादुर छेत्रीले जीटीए त्याग्ने अन्य राजनैतिक पार्टीको सुझाव बैठकमा आएरनै दिएको भए उचित हुनेथियो भन्ने बयान सकारात्मक रहेको बताउँदै कमसेकम आफुहरुको सुझाव पर्ति मोर्चाले चर्चा गर्नु ठिक हो भने। 

तिनले अहिले सबि जनताको मानसिकतामा जीटीए गोर्खाल्याण्डको बाटोमा बाधा हो भन्ने भईसककेको बताउँदै यसकुरालाई नेतृत्ववर्गले बुझ्न आवश्यक छ भने। तिनले मोर्चाले जनभावनालाई कदर गर्न अतिनै आवश्यक छ भन्दै जीटीएको चौकिमा बसेर गोर्खाल्याण्ड ल्याउँन सकिन्छ भन्ने भ्रम त्याग्नु आवश्यक छ भनि थप तामङले सुझाव दिएका छन।

No comments: