कालेबुङ 8 फरवरी। लेप्चा जातिको भाषा, साहित्य संस्कृतिको बिकाशको निम्ति राज्य सरकारले दिने भनिएको लेप्चा बिकाश परिषद स्वागत योग्यको रहेको गोर्खाल्याण्ड टास्क फोर्सले जनाएको छ। यस सम्बन्धमा आज गोटाफोले यहाँको थाना डाँडा परिसरमा लेप्चा समुदायले शुरु गरेको आमरण भोक हडताल स्थलमा गएर नै अन्शनकारीहरुको मनोबल बडाए। उक्त टोलीमा गोटाफो अध्यक्ष सुखमान मोक्तान, महासचिव मुनिष तामङ, गोर्खालिगका महासचिव प्रताप खाती, असम गोर्खा बिकाश परिषदका कार्यकारी प्रमुख अरुण उपाध्याय आदि रहेका थिए। यस अवसरमा गोटाफो महासचिव प्रो मुनिष तामाङले ईण्डिजेनियस लेप्चा ट्राईबल एसोसिएसनका अध्यक्ष एल एस तामसङलाई खदा अर्पण गरेर अंशनकारीहरुको मनोबल बडाए।
तिनले यसै अवधी कुराकानी गर्दै कुनै पनि भाषा, साहित्य तथा संस्क्टिको बिकासको निम्ति गरिएको पहलहरुको गोटाफोले स्वागत गर्ने बताए। लेप्चा बिकास परिषदलाई लिएर राजनीतिकरण गर्नु दुर्भाग्यपूर्ण रहेको बताउँदै यसले सबैको हित हुने दाबी गरे। यस अवसरमा तिनले पत्रकारहरुसंग बोल्दै यदि सरकारले कुनै राजनैतिक उदेश्यले प्ररित नभई एउटा जातिको बिकाशको निम्ति परिषद गठन गरेको हो भने त्यसले सबैको फाईदा हुने तर त्यहाँ राजनैतिक उदेश्य लुकेको भए जातिकै निम्ति घातक सिद्ध हुने जनाए।
उक्त कुरालाई लिएर सबि सचेत हुन आवश्यक रहेको थप तामङले जनाए। तिनले लेप्चा बिकाश परिषदको गठन हुने कुरा सुनेर मोर्चाले डाकेको पहाड बन्द प्रति पनि आपत्ति जनाए। “गोजमुमो पार्टीले बन्द डाक्नु ठिक होईन।
यहाँ कुनै जातिको सर्वाङ्गिन बिकास हुन आवश्यक छ अनि यसलाई लिएर राजनीति गर्नु ठिक होईन। यदि यहाँ बिकाश परिषदको नाउँमा गोर्खाहरुको छुट्टै राज्यको मागलाई दबाउँने षडयन्त्र भईरहेको छ भने त्यसको जिम्मेवारी गोजमुमो पनि हुनेछ” तामाङले भने।
अर्कोतिर क्रामाकपा उपाध्यक्ष जे बी राईले पनि लेप्चा बिकाश परिषदको स्वागत गर्दै मोर्चाले डाकेको बन्द कुनै औचित्य नरहेको जनाए।
एउटा जातिको बिकासको निम्ति गठन हुने वयवस्थालाई मोर्चाले बिरोध गर्नु ठिक होईन भन्दै लेप्चा बिकाश प्रिषद जीटीए क्षेत्रका लेप्चाहरुको निम्ति मात्र नभएर बङगालभरी छरिएर बसेका लेप्चाहरुको बिकाशको निम्ति हो भने। “सरकारले गठन गरेको एलडीसीको सबि पक्ष नबुझी बिरोध गर्नु ठिक होईन।
यहाँ मोर्चाले बिरोध गरेको सन्दर्भमा ठूलो षडयंत्रको गन्ध हुनसक्ने हामीलाई लागेको छ। यहाँ सरकार अनि पहाडको सत्तासिन पार्टीले मिलेर नै यो षडयंत्र रचेको हामीलाई लगिरहेको कारण कुनै घटना भए सरकार अनि मोर्चानै यसको जिम्मेवारी हुनेछ” जे बी राईले भने।
No comments:
Post a Comment