कालेबुङ 12जनवरी | दार्जीलिङ पहाडका कृषकवर्गलाई प्रोत्साहन गर्न जीटीए कृषि बिभागको आयोजनामा अजा देखि कालेबुङ शहरदेखि लकभग 10 किलो मिटर टाडामा अवस्थित रेली मिशन टारमा पाँच दिवसिय कृषि मेला सुरु भयो। आजदेखि सुरु भएको उक्त पाँच दिवसिय कार्यक्रमको आउपचारिक उदघाटन दार्जीलिङका बिधायक त्रिलोक देवानले गरे। उक्त पाँच दिवसिय कृषि मेलाको पहिलो दिनको कार्यक्रममा मुख्य अतिथिका रुपमा बिधायक त्रिलोक देवान उपस्थित रहेका थिए भने बिशिष्ट अतिथिका रुपमा कृषि बिभागका भारप्राप्त सभासद प्रो कल्याण देवान, कर्यकारी सभासद डा आरबी भुजेल, कृषि बिभागका निदेशक के के लोहार आदिको बिशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा मुक्य अतिथिका रुपमा उपस्थित रहेका बिधायक देवानले सम्बोधन गर्दै कृषि मेलाको आयोजनाले पहाडका कृषकवर्गको बिकास हुने दाबी गरे। यस्तो मेलाको आयोजनाले कृषकवर्गले प्रोत्साहन प्राप्त गर्ने अनि अहिलेको तक्निकी बिषयमा पनि ज्ञान हासिल गर्न सक्ने बताए। आफ्नो बारीमा उत्पादन साग सब्जिहरुको प्रदर्शनले कृषकवर्गमा हौसला प्रदान गर्ने बताउँदै बड्दो जैविक खेतिको उत्पादनले कृषकवर्गको आय श्रोत राम्रो हुने देवानले अझ जनाए।
मेलाको आयोजनाले कृशकवर्गकोइ समस्या समेत बिभागले बुझ्न सक्ने बताउँदै पहिले जैविक उत्पादनमा प्रसिद्ध रहेको कालेबुङमा अहिले जैविक साग सब्जिहरुको कमी रहेको बताए। बाजारमा बड्दो जैविक सब्जिहरुको मागलाई पुरा गर्न कृषकवर्गले कार्य गर्नुपर्ने बताउँदै कृषकवर्गको बिकासको निम्ति जीटीएले सहयोग गर्ने तिनले आश्वासन दिए। तिनले बिगत दार्जीलिङ पहाडमा दागोपाप हुँदा पहाडका कृषकवर्गको कुनै बिकासको निम्ति कार्य नगरेको आरोप लगाउँदै जीटीएले कृषवर्गको हितमा कार्य गर्ने जनाए।
पाँच दिवसिय कृषि मेलाको पहिलो दिन बिभिन्न स्टलहरुमा ग्रामीण कृषकहरुद्वारा उत्पादित जैविक सागसब्जि, फल फूल, उन्नत प्रजातिका गाई बाख्रा आदिको प्रदर्शनी राखिएको छ। यसका साथै कृषि क्षेत्रमा हिलेघरी भित्रिरहेको आधुनिक तक्निकीहरुबारे जानकारी गराउँन कृषि संगोष्ठि पनि आओजना गरिएको छ। यसका साथै कार्यक्रममा कृषकवर्गलाई बैज्ञाबिक तक्निकीहरुको प्रयोग बिष्यमा पनि जानकारी प्रदान गरियो। यसका साथै पहिलोदिनको कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भयो।
No comments:
Post a Comment