Pages

Saturday, 12 January 2013

तेलेङगना राज्य गठन नभए पनि गोर्खाल्याण्ड राज्य भने बनिनुपर्छ – टास्क फोर्स

 कालेबुङ 12 जनवरी। केन्द्रमा तेलेङगना राज्य गठनको बिषयलाई लिएर आगमी 28 जनवरी भित्रमा निर्णय हुने केन्द्रियगृह मन्त्री सुशिल कुमार सिन्देले बयान दिएको 24 घण्टा बित्न नपाई आज छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँन गोर्खाल्याण्ड टास्क फोर्सले कोलकोता, दिल्ली, मुम्बई अनि गुहाटीमा ‘सपोर्ट फोर्स’ गठन गर्ने निर्णय लिएको छ। कालेबुङ महकुमा अधिनस्थ मङपोङ फरेष्ट गेष्ट हाउसमा आज गोर्खाल्याण्ड टास्क फोर्सको बैठकमा गोर्खाल्याण्डको निम्ति सबैबाट सहमति जुटाउँन उक्त ‘सपोर्ट फोर्स गठन गर्ने निर्णय लिएको छ। 

यसको साथै आगमी फरवरी महिनामा गुजरात, मध्यप्रदेश, छत्तिसगड, महाराष्ट्र, गोवा आदि राज्यहरुका मुख्य मंत्रीहरु लगायत सांसदहरुलाई भेट गरेर छुट्टै राज्य गोर्खाल्याण्डको समर्थन जुटाउँने बैठकले निर्णय लिएको छ। बैठक पछि पत्रकारहरुलाई सम्बोध्न गर्दै गोटाफो अध्यक्ष सुखमान मोक्तानले छुट्टै राज्य गोर्खाल्याण्डको गठनले मात्र भारतीय गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षा मिल्ने भएको कारण यस सम्बन्धमा सरकारले सकारात्मक निर्णय लिनुपर्ने माग गरे।

 तिनले गोर्खाल्याण्डको मुद्दालाई अघि बडाउँन गोटाफोले आगमी जनवरी महिनाको अन्ततिर दिल्ली यात्रा गर्दै केन्द्रिय मंत्रिहरुलाई भेट गरी गोर्खाल्याण्ड बारे अवगत गराउँने प्रस्ताव ग्रहण गरेको जानकारी गराए। यसका साथै तिनले ‘सपोर्ट फोर्स’ले आफ्नो कार्यलाई अघि बडाउँने बताउँदै दिल्ली यात्रा पुरा भए पछि कोलकोता अनि गुहाटीमा सम्मेलन गरेर गोइटाफोले गोर्खाल्याण्डको मागलाई राष्ट्रियव्यापी बनाउँदै अघि बड्ने सुखमान मोक्तानले जनाए।

 यसको साथै गोर्खाल्याण्डको मुद्दा बिषयमा केन्द्रिय नेताहरुको ध्यान आकर्षित गर्न आगमी बजेट सत्रमा दिल्लीमा धर्ना दिने कार्यक्रम पनि गोटाफोको रहेको तिनले अझ जनाए। यता केन्द्रमा अहिलेघरी तेलेङगना राज्य बिषयमा चलिरहेको चर्चा बारे बोल्दै मोक्तानले “तेलेङगना राज्य गठन नहुँदा तेलेङगनावासी राष्ट्रिय परिचय अनि राजनैतिक सुरक्षाको समस्याले पिरोलिने प्रश्न नरहेको बताउँदै यता गोर्खाल्याण्ड गठन नहुँदा भने गोर्खाहरु राष्ट्रिय राजनैतिक सुरक्षा र राष्ट्रिय चिन्हारीको समस्याले ग्रस्त हुनेबताए।

 यी कुराहरुलाई ध्यान दिएर पनि गोर्खाल्याण्ड गठनको आवश्यक्ता छ” भने। तिनले गोटाफो तेलेङगना राज्य गठनको समर्थनमा रहेको बताउँदै तर यदि तेलेङगना राज्य गठन नभए पनि गोर्खाल्याण्ड राज्य भने गठन हुनै पर्ने मोक्तानले अझ जनाए। यसै सिलसिलामा गोर्खाल्याण्ड टास्क फोर्सलाई राष्ट्रियव्यापी रुपमा अघि बडाउँन गोटाफोको वेबसाईट बनाउँने पनि तिनले जानकारी गराए। आज सम्पन्न बैठकमा गोटाफो अध्यक्ष सुखमान मोक्तान, राष्ट्रिय समन्वयक आर मोक्तान, क्रामाकपार्टीका महासचिव तारामणि राई, कार्यकारी अध्यक्ष एल एम लामा, किशोर प्रधान, अरुण घतानी, गोर्खालीग महासचिव प्रताप खाती, गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा अध्यक्ष दावा पाख्रिन भागोपबाट एक छेत्री आदिको उअपस्थिति रहेका थिए।

No comments: