Pages

Saturday, 12 January 2013

जन जागृतिमूलक गीति सङगालो ‘स्वाभिमानी सुरहरु’ को लोकार्पण

गीति संगालो  स्वाभिमानी सुरहरको  लोकार्पण  गर्दै  अथितीहरू .

कालेबुङ 11 जनवरी। जन सांस्कृतिक मञ्च दार्जीलिङको आयोजनामा आज यहाँको दुख निवारक सम्मेलन भवनमा सुवास सोताङद्वार शब्दबद्ध अनि योगेश खातिद्वारा संगीतवद्ध जन जागृतिकमूलक गीतहरुको संगालो स्वाभिमानी सुरहरु’ को विधिवत लोकार्पण गरियो। डा सरोजा राईले अध्यक्षता गरेको कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा चिन्तक सि के श्रेष्ठ, शिक्षाविद टी बी ठकुरी राजनितिज्ञ जे बी राई बिशेष रुपले उपस्थित रहेका थिए।

 यस अवसरमा कार्यक्रमका अध्यक्ष अनि बिशिष्ट अतिथिहरुको बाहुलीबाट ‘स्वाबिमानी सुरहरु’ गीति क्यासेटको औपचारिक लोकार्पण गरियो। भारतीय नेपाली संगीत जगतमा जन जागृतिमूलक गीतहरु पहिल्यैबाट लेखिन्दै आईरहेको भए पनि गायकहरुले यस्ता जन जागृतिमूलक गीतहरु गाएर बजारमा निकालेको भने यहीँ नै पहिलो घटना हो।

कुनै पनि क्षेत्रमा परिवर्तनको निम्ति आन्दोलन वा क्रान्तिहरु भएको छ भने त्यहाँ जनवादी साहित्य अथवा जनवादी गीतहरुको भूमिका महत्वपूर्ण रहेको हुन्छ भने दार्जीलिङको राजनैतिक परिदृष्यमा भने जनतालाई जग्रत गराउँनकै निम्ति यस्ता गीतहरु भने व्यवसायिक रुपमा गाएर बजारमा निकाल्ने कार्य भने अझ सम्म भएको छैन।

 यस भन्दा अघि आन्दोलनकालमा यस्ता गीतहरु बजारमा राजनैतिक पार्टीको अस्तित्वसंगै निस्के पनि त्यस्ता गीतहरु राजनीति संगै बिलाएर गएको कारण आज लोकार्पण भएको जन जागृतिमूलक गीतहरुको संगालो एउटा ऐतिहासिक घटना हो भनि युवा कवि टिका भाईले बताए। यस अवसरमा स्वाभिमानी सुरहरुका शब्दकार युवा कवि एंव गीतकार सुवास सोताङले “हुरी आउँदा मात्र लेख्नु हुन्न साथी हुरी ल्याउँनलाई पनि लेख्न पर्छ” भन्दै समाजलाई दिशाबोध गर्नको निम्ति लेख्नुपर्ने बताए। 

समाजलाई सही दिशाबोध गर्नको निम्ति जनवादी गीतहरुको अवाश्यकता रहेको बताउँदै नेपाली संगीत जगतमा यस्ता जनप्रिय गीतहरुको अभाव खट्केको तिनले जनाए। माया प्रेमको गीतहरु गाउँनेहरुको भिडहरुमा जनप्रिय गीतहरु गाउँने गायकहरुको समेत अभाव रहेको बताउँदै समाजलाई सुधारको बाटोमा अग्रसर गराउँन यदि यस्ता गीतहरुले जनचेतनाको बिकाश गरे आफ्नो कार्य सफल भएको महसुस हुने थप सुवास सोताङले बताए।

 यस अवसरमा बिशिष्ट अतिथिका रुपमा उपस्थित रहेका राजनैतिक चिन्तक सी के श्रेष्ठले समाजलाई सुपरिवर्तनको बाटोमा अग्रसर गराउँन लेखेका जन जागृतिमूलक गीतहरुले निश्चय नै जनतालाई जाग्रत गाराउँनेछ भनि जनाए। यसरी नै अर्का बिशिष्त अतिथि राजनैतिज्ञ जे बी राईले जनवादी गीतहरुले जनसाअधारण मानिसहरुको चेतानाको बिकास गराएर जाति र समाजको बिकाशको निम्ति सकारात्मक कार्य गर्ने उर्जा भर्ने मनाशय प्रकट गरे।

 बर्तमान समाजमा यस्ता जन जागृतिमूलक गीतहरुको अभाव रहेको बताउँदै कुनै छुट्टै राज्य प्राप्तिको निम्ति पनि यस्ता जनवादी गीतहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। यसै सिलसिलामा तिनले दार्जीलिङ पहाडको राजनैतिअ परिस्थितिमा खोला धमिलो बनाएर माछा मार्नेहरुको जमात रह्गेको बताउँदै यहाँ राम्रो कार्य गर्नेहरु सधै बदनाम हुने गरेको बताए।

No comments: