Pages

Friday, 4 January 2013

कालेबुङमा एकजनाले गरे आत्महत्या

कालेबुङ 4 जनवरी | यहाँको दशमाईल स्थित गुम्बाहट्टा निवासी रोशन तामङ (57)ले घाँटीमा पासो लगाएर आत्माहत्या गरेका छन। तिनी गत 1 जनवरीको दिनदेखी लापत्त रहेका थिए भने आज तिनकै एकजना कर्मचारीले दोकानको गोदाममा झुण्डिरहेको अवस्थामा फेला पारे। जानकारी अनुसार तिनले आशिष इन्टरप्राइजेस कम्पनि खोलेर इन्सटलमेन्ट स्कीम सञ्चालन गर्ने गर्दथे।

 कमपनीको माथिल्लो तल्लामा रहेको गोदाममा तिनको शव फेला पारेपछि पुलिसले तत्काल शवलाई उद्धार गरेर यहाँको महकुमा अस्पतालमा पोष्टमार्टमको निम्ति ल्याएको थियो। शवको अवस्थालाई हेरेरे पुलिसले मृतकले दुईदिन अघि नै आत्माहत्या गरेको थियो भन्ने अनुमान गरेको छ। जानकारी अनुसार तिनले आशिष इन्टरप्राइजेस नामक कम्पनी खोलेर बिगत एक दशक भन्दा धेर समय अघिदेखि कालेबुङमा घरेलु समाग्रीहरुको ब्यापार गर्दै आईरहेका थिए।

 तिनले आफ्नो कम्पनीमा मानिसहरुलाई लगानी गर्न लगाएर उक्त लगानीको बदलीमा घरेलु उपयोगिताको समाग्रीहरु किस्तिको माध्यमबाट लान सक्ने सुबिधा उपलब्ध गराएका थिए। यदी कुनै जमाकर्ताले आफ्नो लगानी रुपीयाको बद्लीमा घरेलु उपयोगिताको सामाग्रीहरु नलगे निर्धारित समयमा ब्याजसहित पैसा फिर्ता गर्ने प्रावाधान समेत उपलब्ध रहेको थियो। 

यति हुँदा हुँडै पनि केही महिना यता भने कम्पनी असन्तुलित बनेको कारण कम्पनीले व्यापक नोक्सानी खप्न परीरहेको सुत्रले जानाएको छ। यता कमपनीले जमाकर्ताहरुबाट निर्धारित समयमा पैसा जमा उठाउँन निकै हम्मे हम्मे पर्न थालेपछि अनि अर्कोतिर जमाकर्ताहरुको मेच्युरिटी पैसा फिर्ता गर्ने बोझ बडेपछि कमपनीका मालिक समस्यामा परेको पनि स्रोतले बताएको छ। 

यसैसिलसिलामा तिनले आफ्नो कम्पनीलाई आर्थिक संकटबाट मुक्त पार्न आफ्नो पैसा कम्पनीको पैसा नै युनिपे नामक फर्जी कम्पनीमा हालेका थिए। आफ्नो कम्पनीलाई आर्थिक संकटबाट मुक्त पार्न कम्पनीको पैसा फर्जी कम्पनीमा हालेपछि उक्त कम्पनी पनि मानिसहरुको पैसा वसुली गरेर चम्पट कसेपछि तिनी झनै मानसिक रुपले तनावग्र्सत बनेको सुत्रले अझ जनाएको छ। सोहि समस्याग्रत बनेर तिनले अन्तमा आत्माहत्या गरेको हुनसक्ने पुलिसले अनुमान गरेको छ।

No comments: