कालेबुङ 4 जनवरी | दार्जीलिङ चिया अनि पर्यटन उत्सवक, कालेबुङ च्याप्टरको तीन दिवसिय कार्यक्रम आज समाप्न भयो। दार्जीलिङ पहाडमा पर्याटकहरुलाई आकर्षित गर्न अनि पर्याटनको बिकाश गर्न आयोजित उक्त पर्यटन उत्सव कार्यक्रममा स्वदेशी अनि बिदेशी पर्यटकहरुको उपस्थिति शुन्यप्राय रहे पनि स्थानीय मानिसहरुको सहभागीत भने उत्साहजनक रहेको थियो।
कालेबुङमा आयोजित उक्त तीन दिवसिय पर्यटन उत्सवमा खासै गरेर बिदेशी पर्याटकहरुको भने दुईचार जनाबाहेक अन्यको सहभागीता नै रहेको थिएन। मानौ उनीहरुलाई पर्याटन उत्सवबारे कुनै सरोकार नै छैन। सिलगडीको वाहनमा चडेर कालेबुङ आएका केही बिदेशी पर्याटकहरुले यहाँको मेनरोडमा राखिएको स्टलहरुको परिदर्शन गरे भने उक्त पर्यटकहरु पनि कार्यक्रममा कुनै चासो नदेखाई मानिसहरुको कोलाहलमय भिडबाट चाँडै भागेर प्राकृतिक सौन्दर्यहरुको आनन्द लिन हिडेको देखियो।
यता केही स्वादेशी पर्याटकहरु भने कार्यक्रममा सहभागी बनेर कार्यक्रमको आनन्द लिईरहेका थिए। यस्ता कार्याक्रमकओ आनन्द लिने स्वादेशी पर्याटकहरुको संख्या पनि नगण्य रहेको थियो। जसको कारण पहाडमा पर्याटन उत्सवको आयोजना गरेर पर्याटकहरुलाई आकर्षित गर्न सकिएला भन्ने प्रश्न स्वत खडा भएको छ। पर्यटन उत्सवमा पर्याटकहरुलाई आकर्षित गर्न प्रमुख आकर्षणको रुपमा राखिएको गोरु गाडी भने पूर्णरुपले फ्लप बनेको थियो।
आयोजक समितिले कालेबुङ उतसवको अवधी गोरु गाडी प्रमुख आकर्षण रहेको अगवै घोषणा गरे पनि तीन दिवसिय कार्यक्रमको तीन दिन नै उक्त गोरु गाडी मेला ग्राउण्डको एउटा कुनामा थन्किएको थियो। कालेबुङमा आयोजित उक्त पर्यटन उत्सवको आज अन्तिम दिन यहाँको डम्बर चौक अनि मेला ग्राउण्डमा छुट्टा छुट्टै विविध कार्यक्रमहरु सम्पन्न भयो। अन्तिम दिनको कार्यक्रममा भारप्राप्त सभासद डा आर बी भुजेल मुख्य अतिथिका रुपमा उपस्थित रहेका थिए भने अन्य कालेबुङका सभासदहरुको पनि उपस्थिति रहेको थियो।
यसका साथै कालेबुङका बिधायक डा हर्कबहादुर छेत्री पनि बिशेष रुपले उपस्थित बनेका थिए। अंतिम दिनको क्रार्यक्रममा यहाँको डम्बर चौकमा 27 माउण्टेन डिभिजनका सेनाहरुका ब्याण्डले सांगीतिक प्रस्तुती गरेका थिए भने लिम्बुहरुको च्याब्रुङ नृत्य खुबै रोचक रहेको थियो। यस अवसरमा सांस्कृतिक संगठनले सांस्कृतिक प्रस्तुती गरे। यसै अवसरमा यहाँको गान्धी आश्रमका बिद्यार्थीवर्गले खुबै मिठो भायोलिनको धुन प्रस्तुत गरेर मानिसहरुलाई मनिरञ्जन दिलाए।
अनंतिम दिनको कार्यक्रमको थप आकर्षण यहाँको कुमुदिनी बिद्याश्रमका बिद्यार्थीवर्गले प्रस्तुत गरेको व्याण्ड डिस्प्ले रहेको थियो। यता पर्याटकहरुलाई आकर्षित बनाउँन राखेको स्टलहरु मध्ये सिन्कोना निर्देशालयको औषधिया पौधाहरुको प्रदर्शनी, चित्रकला प्रदर्शनी, काष्ठ कलाकार लोकबहादुर प्रधानले बनाएका काठका जातिय सांस्कृतिक बाजाहरुको प्रस्तुती खुबै रोचक रहेको थियो भने उक्त स्टलहरुमा मानिसहरुको भीड व्यापक रुपले जमेको देखियो। सोहि अवसरमा यहाँको मेला ग्राउण्डमा सेनाद्र्वारा प्रदर्शनीमा राखिएको बिविधत हतियारहरुको प्रदर्शनी हेर्न पनि मानिसहरु घुईँचो लागेका थिए।
यता मेलाटारमा आजको अन्तिम साङ्गेतीक साझमा कालेबुंङ्का फ़िलुङ्गे टु ब्यान्डका कलाकारहरूले आफ्नो प्रस्तुती दिए भने काठमांडूकी प्राख्यात गायिका इन्द्रिरा जोशीले आफ्नो प्रस्तुती दिएर ठुलो संख्यामा रहेका दर्शकहरुलाई भरपुर मनोरंजन गराईन।तिनलाई नेपाली शकीरा नामको पनि उपादी दिईएको छ।आफ्नो गायन प्रस्तुती दिन तिनी बिहीबारनै दार्जीलिंङ् आइपुगेकी थिन भने दार्जीलिंङ्मा प्रस्तुती दिए पछि आज तिनी मेलाटारमा आफ्नो प्रस्तुती दिन आइ पुगिन।तिनको प्रस्तुति हेर्न आज मानिसहरुको बाक्लो उपस्थिति रहेको थियों।
नेपाल टेलीविज़न,एम टिभी जस्ता राष्ट्रीय चय्यानलहरू लगायत देश बिदेशमा पनि धेरैपल्ट आफ्नो प्रस्तुती दिसकेकी गायिका जोशीले आज पहिलो पल्ट कालेबुंङ्मा आफ्नो गायन प्रस्तुती दिएर कालेबुंङ्का संगीत प्रेमि हरुको मन जित्न सफल भइन।मंचमा तिनको आगमन हुने बितिकै दर्शकदीर्घले सिटी ताली बजाएर भब्य स्वागत जनाए। सुरिलो स्वर अनि तिनको चटक परेकी जिउ डालले तिनलाई खुबै आकर्षित देखिएको थियो।जोशीले धेरै प्रकारको गयन प्रस्तुती दिएर मानिसहरुलाई भरपुर मनोरन्जन गराइन।उक्त कार्यक्रममा सिलीगुडी 65 जिआर फ्रंटटीयर सेनाका जवानहरुले खुकुरी नित्य प्रस्तुत गरेका थिए।

No comments:
Post a Comment