Pages

Tuesday, 11 December 2012

कालेबुङको पीडब्ल्यु बिभागले व्यापक भ्रष्टचार गरिरहेको माकपाको आरोप

 कालेबुङ 11 दिसम्बर। कालेबुङको पीडब्ल्यु बिभागले व्यक्तिगत स्वार्थ पुरा गर्न कतिपय ठेकेदारसंग मिलेर व्यापक धाँधली गरिरहेको माकपा नेता तारा सुन्दासले आरोप लगाएको छ। सुन्दासले आज एउटा पत्रकार सम्मेलन गरेर कालेबुङको पीडब्ल्यु बिभागले कालेबुङ क्षेत्रमा बिकास कार्यहरु गर्न कुनै टेण्डर नोटिस समेत प्रकाशित नगरेर आफ्नो कमिशन उठाउँन नजिकको ठेकादारलाई काम दिईरहेको आरोप लगाउँदै उक्त कार्य माकपाले कुनै पनि हलतमा सहन नगर्ने बताए। 

तिनले कालेबुङ क्षेत्रमा पीडब्ल्यु बिभागले कति बिकाश कार्यहरु गरिरहेको छ भन्ने जानकारी सुचनाको अधिकार मार्फत माग्दा समेत बिभागले सही जानकारी नदिएको दाबी गर्दै “बिभागमा ढाँट्ने अधिकारीले जनताको पैसाको दुरुप्रयोग गर्दैछ” भने। आफुले सुचनाको अधिकार मार्फत सम्पूर्ण विवरण माग्दा समेत बिभागले कुनै विवरण नदिएको दाबी गर्दै बिभागले दिएको विवरणमा केवला कार्यको नाम मात्र भएको अनि उक्त कार्यहरु कति पुरा भयो भएन भन्ने नलेखिएको बिभागले दिएको पत्र पत्रकारहरुलाई सार्बजनिक गरे।

 तिनले बिभाग प्रति आक्रोश पोख्दै जनताको पैसा खाने अधिकारीहरु होशियार समेत भने। सरकारी नियम अनुरुप कुनै पनि बिकास कार्य गर्न अघि उक्त कार्यको टेण्डर नोटिस स्थानिय भाषाको पत्र पत्रिकामा सार्बजनिक गर्नुपर्ने नियम भए पनि यहाँको बिभागले भने उक्त नियम पूर्णरुपले पालन नगरेको दाबी गरे। तिनले आफुले सुचनाको अधिकार मार्फत बिभागलाई मागेको जवाबमा टेण्डर नोटिसको प्रतिलिपी खामेर नदिएको बताउँदै उक्त प्रतिलिपी दिन नसक्नुनै कुनै पनि कार्यको टेण्डर नोटिस समाचार पत्रहरुमा प्रकाशित नहुनु हो भनि सुन्दासले अझ जनाए। 

यसै सिलसिलामा तिनले टेण्डर नोटिस बिभागले प्रकाशित गर्नको साटो टेण्डर नोटिस केवल कन्ट्रयाक्टर एसोसिएसनको उपाध्यक्षलाई मात्र दिएको अनि उक्त कुराको पुष्टि समेत बिभागले आफुलाई दिएको कागजहरुले प्रमाणित गरेको पत्रकारहरुलाई देखाउँदै किन कन्ट्रयाक्टर एसोसिएसनको उपाध्यक्षलाई मात्र टेण्डर नोटिस बिभागले दिँदैछ भनि प्रश्न गरे। बिभागको उक्त कार्यले भ्रष्टचारको गन्ध आएको बताउँदै कालेबुङको पीडब्ल्यु बिभागका सहाभियन्ताले यसरी भ्रष्टचार गरिरहेको तिनले आरोप लगाए।

No comments: