Pages

Tuesday, 11 December 2012

गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाको जनसभा स्थलमा हमला

सत्तामा रहेको दलले यस्तो अगणतान्त्रिक क्रियाकलाप गर्नु असोभनीय कुरा हो – दावा पाख्रिन 

कालेबुङ, 10 दिसम्बर। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा त्यागेर गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा (गोरानिमो) गठन गर्ने दावा पाख्रिनले आज आफ्नो पार्टीको दोस्रो स्थापना दिवस पालन गर्दा एकाएक कालेबुङ शहरमा तनाव सृजना भयो। यहाँको डम्बर चौकमा गोरानिमो पार्टीले दलको दोस्रो स्थापना दिवस पालन गर्न पुलिस प्रशासनबाट अनुमति लिएको थियो। सोहि अनुमतिको आधारमा गोरानिमो अध्यक्ष दावा पाख्रिन जनसभा गर्न आफ्ना समर्थकहरुका साथमा भेला भएका थिए। सोहि अवधी युवा मोर्चाले बधा दिँदा एका एक तनाव सृजना भयो। 

उक्त घटना पछि गोरानिमो अध्यक्ष दावा पाख्रिनले कालेबुङ थानामा गोजमुमो पार्टीको भातृसंगठन युवा मोर्चा बिरुद्ध प्राथमिकी दर्ता गरेको छ। तिनले दर्ता गरेको प्राथमिकीमा सभासद निमा तामङ, युवा मोर्चा प्रचार प्रसार सचिव बिनय घिसिङ आदिको नाम उल्लेख रहेको छ। उक्त घटना दिउँसो साँढे दुई बजेतिर भएको हो। पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा डम्बरचौकमा गोरानिमो कार्यकर्ताहरले माइक जडान गर्न शुरु गरिरहेका थिए। 

जनसभा सञ्चालन हुन अगावै एकाएक ड्म्बर चौकमा वातावरण तनावपूर्ण हुन थालेपछि गोरानिमो अध्यक्ष दावा पाख्रिनले माईक्रोफोन हालमा लिएर “हामी कसैसित झगडा गर्न आएका होइनौं। हामी सबै नै गोर्खाल्याण्डको निम्ति सडकमा निस्केका छौं। आज हामी माटोको सङ्घर्षमा छौं। हाम्रो पहिलो माग माग कालेबुङलाई छुट्टै जिल्ला बनाउने हो” भनेका मात्र थिए एकाएक मञ्चतिर अनि गोरानिमो समर्थकहरूमाथि ढुङ्गा बर्सिन, कुटपिट हुन शुरु भयो। उक्त घटना यति चाँडो भयो कि कसैले अनुमान समेत लगाउँन पाएन।

 उक्त घटना पछि बोल्दै दावा पाख्रिनले आफ्नो पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा आयोजित जनसभामा युवा मोर्चा कार्यकर्ताहरुले अचानक आएर बाधा दिएको आरोप लगाउँदै उक्त युवा मोर्चा कार्यकर्ताहरुले जनसभास्थलमा ढुङगा बर्साउँदै आफ्ना समर्थकहरुलाई रडले प्रहार गरेको आरोप लगाए। उक्त घटनामा गोरानिमो पार्टीका केहि समर्थकहरु घाईते भएका छन भने पाख्रिननको वाहन तोडफोड गरिएको छ। कालेबुङ शहरको मुटु मानिने डम्बर चौकमा एकाएक तनाव सृजना भएपछि शहरभरी सनसनी छाएको छ।

 उक्त घटना पछि दावा पाख्रिनले पत्रकारहरुसंग बोल्दै ‘सत्तामा रहेको दलले यस्तो अगणतान्त्रिक क्रियाकलाप गर्नु असोभनीय कुरा हो” भने। तिनले उक्त घटनालाई “दुर्भाग्यपूर्ण हो” भन्दै प्रशासनलाई अनुमति मागेर पनि प्रसासनिक सुरक्षा एकदमै कम उपलब्ध गराएको आरोप लगाउँदै गणतान्त्रिक देशमा सबैलाई बोल्ने अधिकार भएपनि पहाडमा भने कानुन व्यवस्था छैन भनि बताए। “मोर्चाले हाम्रो समर्थकहरूमाथि प्रहार गर्योक, रटले हिर्कायो, बाहन तोडफोड गरिदियो।

 यो कहॉंको गणतन्त्र हो? यस्तो बेला पनि प्रशासनले मौन रह्यो। पहाडमा शान्ति छैन। के गोजमुमो पार्टीको गाँन्धीवद यहीँ हो ?” दावा पाख्रिनले आक्रोश पोख्दै भने। तिनले घटनामा संग्लन आरोपीहरूलाई पुलिसले यथाशिघ्र पक्राऊ गर्नुपर्ने माग गर्दै गणतन्त्रको हत्या गर्नेहरुलाई प्रशासनले सजाय दिनुपर्ने माग गरेका छन। यता उक्त घटना पछि घटना स्थलमा पुलिस बल तैनाथ गरिएको थियो भने घटना स्थलको जायजा लिन अतिरिक्त पुलिस अधिक्षक सोङमित लेप्चा पनि आएकी थिईन।

 यता उक्त घटना सम्बन्दि अतिरिक्त पुलिस अधिक्षक सोङि्‌मत लेप्चालाई प्रश्न गर्दा तिनले आज बिहान मात्र जनसभाको अनुमति गोरानिमो पार्टीले मागेको बताउँदै जनसभाको अनुमति पुलिसले प्रदान गरेको जनाईन। दार्जीलिङ पहाडको वर्तमान राजनैतिक परिस्थितिलाई हेरेर जनसभा पछि गर्ने प्रशासनले आग्रह गरेको बताउँदै दलको स्थापना दिवस परेकाले जनसभाको अनुमति दिन कर लागेको तिनले थप जनाईन। तिनले जनसभास्थलमा पुलिस बल थोरै तैनाथ रहेको आरोप बारे स्पष्टिकरण दिदै छोटो समयमा अतिरिक्त पुलिस बल तनाथ गर्न नसकेपनि आज पुलिसको एक प्रशिक्षण रहेकोले आवश्यकताअनुसार पुलिस बल तैनाथ थियो भनि जनाईन। 

यद्यपि, एकाएक ढुङ्गा प्रहार भएर भीड अनियन्त्रित हुँदा प्रशासनले नियन्त्रणमा ल्याउन गाह्रो भएको उनले स्वीकार गरिन। तिनले उक्त घटना सम्बन्धि गोरानिमो पार्टीले थानमा प्राथमिकी दर्ता गरेको बताउँदै उक्त प्राथमिकीमा सभासद निमा तामाङ, युवा मोर्चा प्रचार प्रसार सचिव बिनिय घिसिङ आदिको नाम उल्लेख रहेको पुष्टि गरिन। यस सन्दर्भमा तिनले आरोपीहरू विरुद्ध मुद्दा दर्ता गरी कानुनी रुपमा कार्वाही गरिने उनले जानकारी गराईन। अर्कोतिर उक्त घटनापछि गोर्खा जनमुक्ति मोर्चाले पनि गोरानिमोविरूद्ध थानामा प्रथमिकी दर्ता गरेको छ।

 यहाँको डम्बर नजिक रहेको गोजमुमो पार्टी कार्यलयमा पार्टीको बैठक चलिरहेको समयमा गोरानिमो पार्टीका अज्ञात युवाहरुले ढुंगा प्रहार गरेको प्राथमिकीमा उल्लेख गरिएको छ। यता गोरानिमोको कार्यक्रममा युवा मोर्चाले बाधा दिँदै समर्थकहरूमाथि हमला गरेको घटनामा क्रामाकपाले घोर निन्दा गरेको छ। क्रामाकपा आञ्चलिक समिति सचिव मोहन पौड्लालले घटनाको निन्दा गर्दै पहाडमा गणतन्त्र नरहेको क्रामाकपाको भनाइ यसै घटनाले पनि प्रमाणित गरेको बताए। ‘आजको घटना भनेको गान्धीवादीको कुरा गर्ने गोजमुमोले गान्धीवादी सिद्धान्तमाथि नै हमला गरेको हो” भनि पौड्यालले टिप्पणी गरे।

No comments: