Pages

Thursday 13 December 2012

छुट्टै राज्यको गठनले समस्या पूर्णरुपले समाधान हुँदैन – उपकूलपती डा टङकबहादुर सुब्बा

कालेबुङ 13 दिसम्बर। भारतभरी छरिएर बसेका गोर्खाहरुको चिन्हारीको प्रश्न केवल छुट्टै राज्यले मात्र समाधान गर्छ भनेर प्रत्येक राजनैतिक पार्टीहरुले भन्दै आईरहेको समयमा सिक्किम विश्वविद्यालय उपकूलपति डा टङ्कबहादुर सुब्बाले भने छुट्टै राज्यले चिन्हारीको समस्या समाधान हुँदैन भन्ने बयान दिएका छन। तिनी आज यहाँको रामकृष्ण रङगमञ्चमा कालेबुङ कलेजको स्वर्ण जयन्ति समारोहमा मुख्य अतिथिका रुपमा उपस्थित रहेका थिए। यसै अवसरमा तिनी कार्यक्रमबाट बाहिर निस्केको समयमा पत्रकारहरुले छुट्टै राज्यको कुरा अनि भारतभरी छारिएर बसेका गोर्खाहरुको चिन्हारीको प्रश्न बिषयमा प्रश्न गर्दा उक्त बयान दिए। “छुट्टै राज्य गठन भयो भने पनि चिन्हारीएको प्रश्न भने समाधाना सहजरुपले हुने कुरा होईन।

 छुट्टै राज्य गठन हुँदा केहि हदसम्म मात्र चिन्हारीको समस्या समाधान हुन्छ् तर, पूर्णरुपले भने समाधान हुँदैन। यद्यपी छुट्टै राज्य गोर्खाल्याण्ड गठनको आवश्यकता बोध भने गरेको छु” डा सुब्बाले पत्रकारहरुले सोधेको प्रश्नको जवाब दिदै भने। तिनले चिन्हारी भनेको अरुले थोपेको चिज हो भन्दै आफुहरुले चिन्हारीको कुरा गर्दै छुट्टै राज्यको माग गरेर मात्र होईन तर यसलाई अरुले पनि मानिलिनु आवश्यक छ भनि थप जनाए। छुट्टै राज्य गोर्खाल्याण्डको सन्दर्भमा आफुले अस्सिको दशकमा धेरै अध्ययन गरेको बताउँदै अहिलेघरी भने आफु 34 वर्षदेखि बाहिर रहेको कारण यहाँको राजनैतिक स्थितिबारे जानकारी नभएको अनि यसबारे किटान गरेर केही भन्न पनि नसकिने तिनले मन्तब्य जाहेर गरे।

 तिनले छुट्टै राज्य गोर्खाल्याण्ड गठन भए यहाँको अर्थनैतिक, सामाजिक बिकाश हुने बताउँदै छुट्टै राज्यको गठन भए प्रशासनिक कार्यको सुबिधा हुने अनि क्षेत्रको सर्वाङ्गिन बिकासमा धेरै सहयोग पुग्ने तिनले बताए। यससन्दर्भमा डा टङकबहादुर सुब्बाले छुट्टै राज्यको गठन मात्र पर्याप्त नहुने बताउँदै नगाल्याण्ड राज्यको गठ्न भएर पनि त्यस राज्यको समस्या भने धेरै रहेको जनाए। यदि छुट्टै राज्यको गठन भए उक्त राज्यको सरकारले जनताको बिनियादी समस्याहरु समाधान गर्न सके मात्र छुट्टै राज्य गठनको औचित्य पूर्ण हुने ड सुब्बाले पत्रकारहरुसंग कुराकानी गर्दै बताए। अर्कोतिर सिक्किम विश्वविद्यालयले आफ्नो भवन निर्माणको निम्ति अझसम्म जमीन पाउँन नसकेको सन्दर्भमा प्रश्न गर्दा तिनले यस बिषयका आफुले सक्दो कार्य गरिरहेको बताए।

No comments: