Pages

Thursday 13 December 2012

मङपूमा आगलागीको कारण एउटा घर जलेर स्वाह, अग्निसमन केन्द्र बनाउँनुपर्ने मानिसहरुको माग

 डी के वाइबा, मङपू 13 दिसम्बर। सर्ट सर्किटको कारण घरमा आगलागी हुँदा कस्तुरी माध्यमिक शिक्षा केन्द्रका शिक्षक हर्क राईको घर जलेर स्वाह भएको छ। घटना हिज बेलुकी सात बजेतिर भएको थाह लागेको छ। उक्त आजलागीको कारण घरसंगै सम्पूर्ण सर समान खरानी भएको छ भने ज्यानको भने कुनै क्षति नभएको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार अचानक सर्ट सर्किट भएर घरमा आगो लाग्न सुरु भएपछि उक्त आगोले क्षणभरमा नै भयानक रुप लिएर घरलाई आगलागीबाट बचाउँन सबै असमर्थ बने। आगोले घरलाई पूर्णरुपले आफ्नो चपेटमा लिएपछि घरभित्र रहेको एलपीजी ग्यास सिलिण्डर बिस्फोट भएको कारण अझ आगोले बिकराल रुप लिएको स्थानीय मानिसहरुले बताए।

 अचानक आगलागी भएपछि स्थायीय गाउँलेहरुले घरका मालिक हर्क राई अनि तिनकी श्रीमतीलाई बाहिर निकालेर ज्यान बचाए। उक्त घटनाको कारण घर मालिक हर्क राईको दाहिने खुट्टामा सामान्य चोट लागेको छ भने तिनकी श्रीमतीलाई टाउकोमा चोट लागेको छ। उक्त आगलागीको कारण मर्माहत भएका घ मालिक हर्क राईले अचानक घरमा आगो लागेपछि आफु बेहोस भएको जनाए। तिनले उक्त घटनाले परिवारलाई ठूलो समस्या भएको बताउँदै आफ्नो घर पूर्णरुपले जल्नुको साथै घरमा रहेको सम्पूर्ण आवश्यक कागज पत्र समेत निकाल्न नसकेको दुखेसो पोखे। आफु बेहोस बनेपछि आगोलाई नियन्त्रणमा ल्याउँन नसकेको बताउँदै गाउँलेहरुलाई गुहार माग्न नसकेको समेत जनाए।

 यद्यपी गाउँलेहरुको सहयोगकै कारण ज्यान भने जोगिन सकेको पनि तिनले बताए। आगलागीको कारण आफ्नो घरमा रहेको तीसहजार रुपीया, तीन तोला सुन सबै जलेको दुखेसो पुखे। आफु घरकै नजिक अवस्थित कस्तुरी माध्यमिक शिक्षा केन्द्रको सहशिक्षक साथै सञ्चाल्न समितिको लेखापाल रहेको कारण कतिपय आवश्यक कागज पत्र समेत आफ्नो घरमा रहेको अनि यस वर्ष माध्यमिक परिक्षा दिने मोठ 20 जना विद्यार्थीहरुको सकली पञ्जिकरण प्रमाण पत्र समते आगोको चपेटमा परेर खरानी भएको जनाए। आफ्नो घर बिद्यालयकै आँगन नजिक रहेको अनि विद्यालय जीर्ण अवस्थामा रहेको कारण विद्यालयको आवश्यक दस्तावेजहरु आफ्नै घरमा सबैको सहमतिमा राख्ने गरेको तिनले जानकारी गराउँदै उक्त दस्तावेजहरु जलेको कारण समस्या सृजना भएको बताए। 

उक्त घटना सम्बन्धि आज मङ्पू पुलिस आउटपोष्ट अनि पञ्चायत अधिकारीवर्गलाई अवगत गराएको बताउँदै क्षतिपुर्तीको निम्ति ज्ञापन सुम्पिएको जनाए। उक्त घटनाको कारण राई परिवार बेघर बनेका छन भने तिनलाई स्थानीय मानिसहरुले सहयोगको हात अघि बडाएको छ। उक्त घटनाको जानकारी पाए पछि आज क्षेत्रका सभासद रतन थापा, गोजमुमो पार्टीका शिर्ष नेताहरु, सिन्कोना बिभागका अधिकारीवर्ग, पञ्चायत अधिकारी आदिले घटना स्थलको भ्रमण गरी सहयोग गर्ने आश्वासन दिएका छन। उक्त आगलागीको घटनाले मङपूमा अग्नि समन केन्द्रको स्थापना हुनपर्ने माग बडेको छ। 

बिशेष दार्जीलिङ शहरदेखि लकभक 35 किलोमिटरको दुरत्वमा अवस्थित मङपू कुनै ठूलो आगलागीको घटना भए दार्जीलिङ अग्निसमन केन्द्रकै भरमा बाँच्नु पर्ने भएको छ। दार्जीलिङबाट यदि दमकल आगोलाई नियन्त्रणमा ल्याउँन खबर प्राप्त हुनसाथ हिडे पनि ढेड घण्टा भन्दा धेर समय लाग्ने गर्दछ भने उक्त समयमा आगोले सम्पूर्णरुपमा नष्ट गरेको हुनु कुनै असम्भव होईन। स्थानीय मानिसहरुले जानकारी दिए अनुसार यस भन्दा पनि यस्ता घटनाहरु हुँदा दमकल आउँने कुनै सम्भावना नै नभएको जनाउँदै यसभन्दा धेरै वर्ष अघि मङपू बजारमा दुईचोटि आगलागीको घटना भएको अनि उक्त समय पनि दमकल आईपुग्दा सबै जलेर खरानी बनिसकेको स्थानीय मानिसहरुको भनाई रहेको छ। 

यतिमात्र नभएर मङपूमा पहाडमा चिया पछि दोस्रो सर्बबृहत उद्योग सिन्कोना रहेको छ भने यहाँ बिट्रिशकालिन सिन्कोना कारखाना अवस्थित रहेको छ। सरकारी कारखाना क्षेत्रमा बिभागले खुबै ध्यान दिएर अग्निसमन केन्द्रको स्थापना गर्नुपर्ने देखिए पनि यस सम्बन्धमा अझसम्म कसैले ध्यान नदिएको मङपूवासीको गुनासो रहेको छ। उक्त कुराहरुलाई मध्यनजर राखेर अहिलेघरी दार्जीलिङ पहाडको सत्तामा सत्तासिन दलले मङपूमा अग्निसमन केन्द्रको स्थापना गर्न पहल गरिदिनुपर्ने माग रहेको छ।

No comments: