Pages

Monday 17 December 2012

डाकघरको लापारवाहीले रोजगारको अवसरबाट बञ्चित एक युवक

 कालेबुङ, १७ दिस्बर। कालेबुङ डाक घरमा आएको कोलकोता पुलिसको अन्तरवार्ता पत्र समयमा पाउँन नसक्दा यहाँको कम्सि फरेष्ट बस्ति निवासी कमल राई रोजगारको अवसरबाट बञ्चित बनेका छन। तिनले गत मई महिनामा कोलकोता पुलिसको निम्ति शारिरिक परिक्षा उतिर्ण गरेका थिए भने तिनको अन्तिम अन्तरवार्ता हुन मात्र बाँकी थियो। शारिरिक परिक्षा समाप्त भएपछि अन्तरवार्ताको निम्ति पत्र पर्खेर बसेका कमला राई त्यतिबेला छाँगोबाट खसे झै भए जतिबेला डाक बोक्ने व्यक्तिले आफ्नो बुलावा पत्र अन्तरवार्ता सकिएर हातमा थमाई दिए। यस सम्बन्धमा तिनले रुष्ट बन्दै यो डाक घरको लापारवाही हो भनि आरोप लगाएको छ।

 तिनले डाक बिभागको लापारवाहीको कारण आफु रोजगारको अवसरबाट बञ्चित बन्न परेको आरोप लगाउँदै यस्तो घटना धेरै हुनसक्ने बताए। यस सम्बन्धमा तिनले जानकारी दिदै कोलकोता पुलिसको अन्तरवार्ताको निम्ति आफुलाई बुलावा पत्र आएको भए पनि डाक बिभागको कर्मचारीले आफ्नो बुलावा पत्र सही ठाउँमा नदिएको आरोप लगाए। अन्तरवार्ताको समय हिज दिउँसो 12 बजे रहेको बताउँदै बिभागले पठाएको बुलावा पत्र समय समाप्त भएर बेलुकी पाएको बताउँदै डाक बिभागको लापारवाहीबारे आक्रोश पोखे। आफुले पत्र समयमा नपाउँदा अन्तरवार्तामा जान नसकेको बताउँदै यसरी डाक बिभागले किन लापारवाही गर्दैछ भनि प्रश्न गरे। 

तिनी गणतान्त्रिक क्रान्तिकारी मार्सवादी कम्यूनिष्ट पार्टीका टाउन कमिटी अध्यक्ष हुन। उक्त घटना पछि आज क्रामाकपाले यसको लिखित गुनासो कालेबुङ डाकघरका पोष्टमास्टर पारस थापालाई चडाएको छ। क्रामाकपाले यस सम्बन्धमा यथाशिघ्र जाँच गरेर दोषी कर्मचारीलाई सजाय दिनुपर्ने माग गर्दै कर्मचारीवर्गले आफ्नो ड्युटी ईमान्दारपूर्वक निर्वाह गर्नुपर्ने माग राखेको छ। पिडीत युवकले आफ्नो ठेगाना सही रहेको बताउँदै तर डाक कर्मचारी सुसन लेप्चले उनको पत्र घरमा नदिएका नजिकैको एक दोकानमा छोडिदिएका बताए।

 तिनको उक्त बुलावा पत्र घरमा नदिए पछि समय समाप्त भएरमात्र प्राप्त भएको जनाउँदै यस्तो लापारवाही किन ? तिनले प्रश्न गरे। शनिवार छोडिदिएको पत्र उनले आइतबार हात पारे जब अन्तर्वार्ताको समयसिमा सकिकेको थियो| ‘मेरो ठेगाना ढिक हुँदाहुँदै पनि मैले समयमा पत्र किन पाइनँ? पोष्टमास्टरले पत्र मेरो घरमा नदिएर किन अन्य दोकानमा दिए| मेरोसम्ममा आइपुग्दा पत्र पनि खोलिएको थियो’-युवक कमल राईले भने, यदी मैले पत्र बाहिनैमात्र पाएको भए पनि म अन्तर्वार्ताको निम्ति दार्जीलिङ पुग्नसक्थें| डाकघर अनि डाक कर्मचारीकै लापरावाहीले तिनी रोजगारको अवसरबाट बञ्चित रहेको क्रामाकपाले आरोप लगाउँदै यसको उचित छानबीन हुनपर्ने माग गरेको छ।

No comments: