डी के वाइबा, कालेबुङ, । गोर्खा जमुक्ति मोर्चालाई चुनौति दिदै छैटौ अनुसुचिको वकालती गर्ने गोरामुमो पार्टीले आफ्नो दलको बिस्तार गर्ने अभियान चलाउँन थालेपछि पहिलोपल्ट 44 नम्बर समष्टि सभासद सामुएल गुरुङले गोरामुमो पार्टी प्रति राजनैतिक प्रहार गरे। तिनले गोजमुमो पार्टी लह लह भएको धान हो भन्दै गोरामुमो पार्टी चाहीँ लह लह धानबारीमा धान नष्ट बनाउँने झार सामा हुन भने। कालेबुङ महकुमा अन्तर्गत 44 नम्बर समष्टिको जीएलपी मैदानमा गोजमुमो पार्टीको वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै सभासद सामुएल गुरुङ्ले जनता भनेको कृषक हो भन्दै जनताले गोडमेल गरेर लह लह बनाएको धानबारीमा उम्रिएको सामालाई अब जनतालेनै गोडेर फ्याँक्नुपर्ने समेत बताए।
यस अवधी अहिले चारैतिर सुवास घिसिङले कोलकोताको उच्च न्यालयमा जीटीएको बिरुद्ध दर्ता गरेको मुद्दाको सुनवाई गोरामुमो पार्टीको पक्षमा जाने हल्ला फैलिरहेको सन्दर्भमा बोल्दै तिनले उक्त हल्लाले गोरामुमो समर्थकहरु अन्योलमा परेको तिनले दाबी गरे। तिनले पहाडमा गोरामुमो पार्टी पुन: फैलिन्छ भन्ने हल्ला मात्र रहेको बताउँदै त्यस्तो हल्ला फैलिन्दा जनता अत्तालिने कुनै कार्य नरहेको बताए। यसै सन्दर्भमा सभासद गुरुङले गोजमुमो पार्टी जनताले बनाएको पार्टी भन्दै अनि जनताले बनाएको पार्टीले ल्याएको उपलब्धि पनि जनताको रहेको बताउँदै यदि जनताको उपलब्धि खोस्न आए जनतानै सक्रिय बनेर अघि आउनुपर्ने तिनले आह्वान गरे। “खेत तपाईँको हो, धान तपाईँले रोप्नु भएको हो।
यस्तोमा सामा पलाइहाले पनि गोड्ने काम तपाईँको हो। वास्तवमा अब तपाईँहरूमा बलियो जिम्मेवारी आएको छ आफ्नो खेल र बाली बँचाउने। यदि सामा उम्रिहालेमा चुनी चुनी उखेल्नुपर्छ” सभासद सामुएल गुरुङले भने। तिनले जीटीए ग्रहण गर्नुको अर्थ मोर्चाको आन्दोलन सकियो भन्ने होइन भन्दै हामी आन्दोलनमा नै छौं भनि मोर्चाको पुरानै भाषण दोहोर्याकए। अहिले पनि मोर्चा आन्दोलनमा भएको बताउँदै अहिलेको आन्दोलनमा केवल जुलुसबाजी छैन, अन्सन, बन्द छैन भने। तिनले अहिले मोर्चाले रोपेको फसल पाक्न लाग्दा फसल बिगार्नेहरू निस्किन्छन् भने। तिनले फसल बिगार्न आउँनेहरु प्रति जनता सचेत बन्नुपर्ने आह्वान गर्दै यसको सामना गर्नु पनि आन्दोलनको प्रमुख अंश हो भनि जनाए। पहाडमा जीटीएले गर्ने विकास पनि आन्दोलन नै हो, यो सफल भएपछि नै छुट्टैराज्यको दिशामा अघि बड्न सक्छौं। यसै वार्षिक सम्मेलनदेखि नै मोर्चा मासबेस पार्टीदेखि क्याडर बेस पार्टी भएको घोषणा पनि तिनले गरे
No comments:
Post a Comment