Pages

Monday 17 December 2012

जीटीए प्रमुख बिमल गुरुङले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गर्छु भन्नु जनतालाई ढाँट्नु हो – बिपक्षी

प्रजाशक्ति प्रतिनिधी,कालेबुङ, 17 दिसम्बर। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एंव जीटीए प्रमुख बिमल गुरूङले पुन: छुट्टै राज्य गोर्खाल्याण्डकोप आन्दोलन गर्ने अनि हजारौंको शहिद हुने भनी दिएको बायन 24 घण्टा बित्न नपाई जोडदार प्रतिक्रिया शुरु भएको छ। तिनको उक्त बयान माथी तृणमूल नेता छेवाङ भोटियाले प्रतिक्रिया व्यक्त गर्दै अब गोजमुमो पार्टीले आन्दोलन होइन सभासद्‌हरूले राजिनामा दिनुपर्ने माग गरे। जनताले अघिबाटै छुट्टै राज्य गोर्खाल्यांडको आन्दोलन गरिसकेको बताउँदै अब गोजमुमो नेताहरुले राजीनामा दिएर आन्दोलन गर्नु भनि सुझाव दिए। 

“गोर्खाल्याण्डको आन्दोलनको निम्ति बलिदान भनेको नै जीटीएका सभासद्हरूले राजिनामा दिनु हो” तृणमूल कङ्ग्रेसका नेता छेवाण्ग़ भोटियाले कटाक्ष गर्दै भने। भोटियाले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन अघि बडाउँनुलाई मोर्चा नेताहरुले राजीनामा दिनुको साथै गोर्खालिगले छैंटौं अनुसूचीको खेस्रा जलाए जस्तै मोर्चाले जीटीएको खेस्रा जलाउनुपर्छ तब मात्र जनताले विश्वास गर्नेछन भने। तिनले जीटीएभित्र बसेर गोर्खाल्याण्डको आन्दोलन गर्छु भन्नु पटक्क पत्याउने कुरा होइन भन्ने दाबी गर्दै मोर्चाले डरको कारण नै आन्दोलनको कुरा गरेको आरोप थोपे।

 भोटियाले जीटीएको बिरुद्धमा उच्च न्यायलयमा मुद्दा दर्ता भएको कारण गोजमुमो नेताहरु डराएको बताउँदै मदन तामङको हत्याको मुद्दा सर्वोच्च न्यायलयमा पुगेको कारण बिमल गुरुङ डरले धधाएको आरोप लगाए। अर्कोतिर यस सम्बन्धमा पिपल्स फोरमले पनि कडा प्रतिक्रिया जनाएको छ। पिपल्स फोरमका प्रवीण गुरुङले प्रतिक्रिया गोजमुमो अध्यक्ष विमल गुरूङले गोर्खाल्याणअडको कुरा गर्नु जनताको आँखामा धुलोहाल्नु हो भने। बिमल गुरूङले गोर्खाल्याण्डको आन्दोलन गर्ने कुरा गरेर जनतालाई भ्रम सृजना गरेको बताउँदै उक्त घोषमा बगमफुसे कुरा हो भने। 

तिनले जीटीए विरुद्ध न्यायलयमा दर्ता गरेको मुद्दा सम्बन्धि मुद्दाको विपक्ष रहेको बङ्गाल सरकारको पक्षबाट हिल एफियर्सका इञ्चार्ज चिताङ्‌सु शेखर प्रधानले न्यायलयलाई बुजाएको हलफनामा पत्रको बुँदा संख्या 10 मा “पहाडमा जीटीए स्थापित गर्नुको प्रमुख कारण त्यहॉं भइरहेको आन्दोलन समाप्त गरेर शान्ति स्थापित गर्नु हो किन भने त्यहॉं कुनै लजिक नभएको आन्दोलन भइरहेको छ” भनेर लेखिएको दाबी गर्दै दार्जीलिङ जिल्लालाई बङ्गालमा नै राख्नको निम्ति नै पहाडमा जीटीए गठन गरिएको छ भनेर लेखेको बताए।

 तिनले उक्त हलफनामा पत्रमा “यो धेर केही होइन, दागोपाप जस्तै क्षमता भएको अटोनोमस हो” भनेर न्यायलयमा बुझाएको बताउँदै उक्त सरकारी स्पष्टिकरणले गोर्खाल्याण्डको मुद्दा दबाउँन गोजमुमोले सरकारसंग सम्झौता गरेको स्पष्ट बनेको जनाए। “ विमल गुरूङले गोर्खाल्याण्डको मुद्दा बन्धक राखिसकेका छन्‌। तिनले फेरि आन्दोलन गर्छु भन्नु ढॉंट कुराबाहेक केही होइन” प्रवीण गुरुङले भने।

No comments: