डी के वाइबा,कलिमन्युज, कालेबुङ 7 जुलाई: दार्जीलिङ पहाडमा बिमल गुरुङले बिपक्षी राजनैतिक पार्टीहरुले जीटीए चुनावमा भाग लिए उनीहरुले जीटीएलाई स्वीकार गरेको हो भनेर राजनैतिक चाल चलेपछि जीटीएको शुरुदेखि नै बिरोध गर्दै आईरहेको गोर्खाल्याण्ड टास्क फोर्सले पनि राजनैतिक गोटि मैदानमा प्याँकेको छ। शुरुदेखि नै जीटीएको बिरोध गर्नै राजनैतिक पार्टीहरुको सयुक्त मञ्च गोर्खाल्याण्ड टास्क फोर्सले 29 जुलाईमा हुने जीटीए चुनावमा प्रतिद्वन्द्विता नगर्ने अडान लिएको छ।
बिभिन्न राजनैतिक दलहरु मिलेर बनेको गोर्खाल्याण्ड टास्क फोर्सको गठन हुनुको मूल उद्देश्य नै छुट्टै राज्य प्राप्तिको निम्ति रहेको कारण् फोर्सले यस्ता चानचुने मुद्दाहरुमा अल्झेर चुनाउ लड्नेछैन भनि टास्क फोर्सका अध्यक्ष रेभरेण्ड् डा एनोशदास प्रधानले बताएका छन। तिनले टास्क फोर्सका सहयोगि राजनैतिक दलहरुले जीटीएको चुनाउमा भाग नलिने निर्णय लिईसकेको बताउँदै यहाँ राज्यको मुखिया ममता ब्यानर्जीले बङ्ग भङ्ग होबेना भनेर दिएको जीटीएमा भोट हाल्नेहरु वास्तवमा छुट्टै राज्य गोर्खाल्याण्ड बिरोधीहरु हुन भनि आरोप लगाए।
बिभिन्न राजनैतिक दलहरु मिलेर बनेको गोर्खाल्याण्ड टास्क फोर्सको गठन हुनुको मूल उद्देश्य नै छुट्टै राज्य प्राप्तिको निम्ति रहेको कारण् फोर्सले यस्ता चानचुने मुद्दाहरुमा अल्झेर चुनाउ लड्नेछैन भनि टास्क फोर्सका अध्यक्ष रेभरेण्ड् डा एनोशदास प्रधानले बताएका छन। तिनले टास्क फोर्सका सहयोगि राजनैतिक दलहरुले जीटीएको चुनाउमा भाग नलिने निर्णय लिईसकेको बताउँदै यहाँ राज्यको मुखिया ममता ब्यानर्जीले बङ्ग भङ्ग होबेना भनेर दिएको जीटीएमा भोट हाल्नेहरु वास्तवमा छुट्टै राज्य गोर्खाल्याण्ड बिरोधीहरु हुन भनि आरोप लगाए।
बङग भङग होबेना भनेर दिएको जीटीएको चुनाउमा भोट हाल्नेहरु वास्तवमा गोर्खाल्याण्ड बिरोधी हुने बताउँदै यस्ता कार्य टास्क फोर्सले नगर्ने बताउँदै जीटीए जस्तो चानचुने व्यवस्थालाई कुनै पनि हालतमा स्वीकार नगर्ने तिनले बताए। यसै क्रममा गोर्खाल्याण्ड टास्क फोर्सले जीटीए चुनाउलाई मध्यनजर राखेर आफ्नो बाह्रबुँदे घोषणा पत्र समेत सार्बजनिक गरेको छ। तिनले भने, टास्क फोर्सले सार्बजनिक गरेको उक्त घोषणा पत्रमा गोटाफोमा रहेका कुनै पनि दलको गठन नै छुट्टैराज्यको निम्ति भएको हो, यसकारण छुट्टैराज्य मुनीको कुनै पनि व्यव्स्था भित्र रहेको चुनाउमा यी दलहरूको सहभागिता हुँदैन।
यसै क्रममा तिनले दिएको जानकारी अनुसार उक्त बाह्र बुँदे घोषणा पत्रमा क्रमैले गोटाफोको गठन छुट्टैराज्यको निम्ति गरिएको हो भन्ने दाबी गर्दै यससित सम्बन्धित राजनैतिक दलहरुमा क्रामाकपा 1996 मा माकपाबाट गोर्खाल्याण्ड राज्य गठनकै माग लिएर छुट्टिएको हो भनि बताएका छन। सोहि क्रममा गोर्खालिगका नेता मदन तामङ गोर्खाल्याण्डको निम्ति कटिबद्ध रहेकोले नै तिनको हत्या गरियो भन्दै गोर्खालिग पार्टीको उद्देश्य पनि केवल छुट्टै राज्य रहेको घोषणा पत्रमा दाबी गरिएको छ। यता भागोपको पहिलो बुँदामा नै छुट्टैराज्य उल्लेख छ भन्दै गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा छुट्टैराज्यको निम्ति नै गठित बनेको उल्लेख गरिएको छ। यसै सिलसिलामा जीटीए चुनाउ लड्छ कि लड्दैन भनेर जिज्ञासा राख्नेहरूले स्पष्ट बुझ्नुपर्छ छुट्टैराज्य बाहेक गोटाफोले कुनै पनि चुनाउ लड्दैन भनि उक्त घोषणा पत्रमा टास्क फोर्सले स्पष्टरुपले बताईदिएको छ।
बारम्बार गोजमुमो पार्टीले सम्झौता गरेको जीटीएलाई बिरोध गर्ने टास्क फोर्सले यस पल्ट पनि आफ्नो घोषणा पत्रमा जीटीएको अवधारणा नै गलत छ भनि दाबी गरेको छ। यसका साथै विधानसभा र लोकसभा चुनाउमा सम्पूर्ण गोर्खाहरुको मत गोर्खाल्याण्डको निम्ति दिएको दाबी गर्दै यता गोजमुमो पार्टीले भने जीटीए थापेर 1 करोड 25 लाख गोर्खालाई धोका दिएको छ, थप घोषणा पत्रमा उल्लेख गरिएको छ। यसै क्रममा गोजमुमो पार्टीले.तराई डुवर्सलाई धोका दिएको बताउँदै स्यामल सेनको रिपोर्ट केवल नाटक थियो भनि जनाएको छ। यतिमात्र नभएर टास्क फोर्सले. गोर्खाल्याण्डको मुद्दा समाप्त गर्ने उद्देश्यमा नै जीटीए गठन गरिँदैछ अनि दागोपाप र जीटीएमा फरक छैन भनि घोषणा पत्रमा उल्लेख गरेको छ। केहिदिन अघि गोजमुमो प्रमुख बिमल गुरुङले जीटीएमा गोर्खाल्याण्ड शब्द रहेको दाबी गरेको सन्दर्भमा पनि आपत्ति जनाउदै गोर्खाल्याण्ड शब्द जोड्दैमा आकार-आचार परिवर्तन हुँदैन यसैले यो जीटीए केवल दागोपाप मत्रै हो भनि फोर्सले दाबी गरेको छ।
No comments:
Post a Comment