डी के वाइबा, कालिमन्युज, कालेबुङ ७ जुलाई: जीटीए चुनाउको निम्ति नामाङ्कन पत्र भर्ने आज छैटौ दिन कालेबुङ महकुमा क्षेत्र अधिनस्थ रहेको मोठ १३ वटा समष्टिहरुबाट नै गोजमुमो प्रार्थीहरुले नामाङकन पत्र दर्ता गरे। यस अवसरमा प्रार्थीहरुले नामाङकन पत्र भर्ने कार्य गर्दा गोजमुमो प्रवक्ता एंव कालेबुङका बिधायक डा हर्कबहादुर छेत्री, गोजमुमो केन्द्रिय समिति सदस्य बिजय सुन्दास, प्रविण रहपाल आदिको पनि बिशेष उपस्थिति रहेको थियो। चुनाउको निम्ति नामाङकन पत्र भर्ने आज छैटौ दिन यहाँको महकुमा अधिकारी कार्यालयमा रहेको चुनाउ कार्यालयमा गोजमुमो पार्टी कार्यकर्ताहरुको व्यापक भीड जमेको थियो।
नामाङकन पत्र भर्न अघि बिहान गोजमुमो प्रार्थीहरु आ-आफ्नो समष्टिहरुबाट समर्थकहरुको साथमा यहाँको डम्बर चौक नजिक रहेको पार्टी कार्यालयमा भेला भएका थिए। मोर्चा समर्थकहरुले आ आफ्ना समर्थकहरुलाई पार्टी कार्यालयबाट साथमा लिएर जोडदार नाराबाजी गर्दै चुनाउ कार्यालयसम्म लगेपछि प्रार्थीहरुले नामाङकन पत्र दर्ता गरे।
यस अवसरमा चुनाउ कार्यालय अघि भेला भएका पार्टी कार्यकर्ताहरुले जोडदार नाराबाजी गर्दै विजय निश्चित हुने दाबी गर्दै नाराबाजी गरे। मोर्चा प्रमुख बिमल गुरुङले दार्जीलिङबाट जीटीए प्रार्थीहरुको नाम सार्बजनिक गरेर आज नामाङकन पत्र भर्ने निर्देश दिए पछि सबै प्रार्थीहरु नामाङकन पत्र दर्ता गर्न भेला भएका थिए।
३३ नम्बर छिबो टाँसीडिङ समष्टिबाट गोजनामो महकुमा अध्यक्ष काजीम छिरीङ भोटिया, ३४ नम्बर होम्स भालुखोप समष्टिबाट युवा मोर्चा सचिव निमा तामङ, ३५ नम्बर बोङ दुर्पीन समष्टिबाट युवा मोर्चा अध्यक्ष सुनिल प्रधान, ३६ नम्बर् डुङ्ग्रा पुदुङ समष्टिबाट अवकाश प्राप्त कर्णल रमेश आले, ३७ नम्बर अलगडा दलपचन्द समष्टिबाट कल्पना तामङ, ३८ नम्बर लाभा लिङसे समष्टिबाट सी पी पौड्याल, ३९ नम्बर रम्फु मन्सोङ समष्टिबाट गोपाल रुचाल, ४० नम्बर पेदोङ समष्टिबाट दावा लेप्चा, ४१ नम्बर गितडाब्लिङ समष्टिबाट गोजमुमो उपाध्यक्ष कल्याण देवान, ४२ नम्बर रेली समथार समष्टिबाट स्टडी फोरमका सदस्य डा आर बी भूजेल, ४३ नम्बर गोरुबथान समष्टिबाट चन्द्र योञ्जन, ४४ नम्बर सामसिङ कुमाई समष्टिबाट गोजमुमो सांगठनिक सचिव सामुएल गुरुङ अनि ४५ नम्बर रोङ्गो तोदे जलढका समष्टिबाट लोबसाङ लामाले नामङकन पत्र दर्ता गरे। सबै प्रार्थीहरुले आ-आफ्नो नामाङकन पत्र दर्ता गरिसकेपछि तिनीहरुलाई समर्थकहरुले नाराबाजी गर्दै चुनावमा बिजय बनिसकेको जस्तै गरी नाराबाजी लगाए।
अर्कोतिर गोजमुमो पार्टीलाई जीटीएको चुनावमा टक्कर दिन चुनावी मैदानमा उत्रेको तृणमूल कङ्ग्रेस पार्टी कार्यकर्ताहरु पनि आफ्नो दलबल सहित पार्टीको झण्डा लगाएको वाहनमा चडेर नामाङकन पत्र भर्न चुनाव कार्यालयमा आएका थिए। तृणमूल कङग्रेस पार्टीका कार्यकर्ताहरु चुनावको निम्ति नामाङकन पत्र दर्ता गर्न चुनाव कार्यालयमा आईपुग्न अघिनै गोजमुमो कार्यकर्ताहरु चुनाव कार्यालयमा आईपुगेको कारण तिनीहरुले निर्धारीत समयमा नामाङकन पत्र भर्न सकेनन।
गोजमुमो प्रार्थीहरुले चुनावको निम्ति नामाङकन पत्र भरिसके पछि मात्र तिनीहरु पुन: चुनाउ कार्यालयमा आउँदा नामङकन पत्र भर्ने समय सिमा सकिसकेको थियो। जसको कारण तृणमूल कङ्ग्रेसका प्रार्थी प्रेमबहादुर अधिकारीको मात्र निर्धारित समयमा चुनाउ कार्यालयमा पुगेको कारण ४३ नम्बर समष्टिबाट नामङकन पत्र दर्ता गरेका छन्। तृणमूल कङग्रेसका पार्टी कार्यकर्ताहरु सित चुनावको निम्ति नामाङकन पत्र भर्न गोरामुमो पार्टीका पूर्व पार्षदद्वय तथा बर्तमान तृणमूल कङग्रेसका नेता छिरिङ शेर्पा अनि के एन सुब्बा, गोर्खालिग पार्टीका पूर्व नेता तथा बर्तमान तृणमूल कङ्गेस पार्टीका कालेबुङ खण्ड दुईका सचिव छेवाङ भोटिया आदि उपस्थित रहेका थिए। तृणमूल कङ्ग्रेस पार्टीका नेताहरुले आज आफ्नो नामाङकन पत्र भर्न नपाए पनि आगामी सोमबार नामाङकन पत्र भर्ने अन्तिम दिन कालेबुङ महकुमा क्षेत्रको मोठ १३ वटा समष्टिहरुबाट नै नामाङकन पत्र भर्ने छेवाङ भोटियाले जानकारी दिएका छन्।
गोजुमुमो पार्टीले दार्जीलिङ पहाडमा गणतन्त्रको हत्या गरेको कारण पहाडमा पुन: गणतन्त्र फर्काएर ल्याउँन आफुहरु चुनावी मैदानमा निस्केको तिनले जानकारी दिए। यसै क्रममा पहाडमा तृणमूल कङ्ग्रेसको जित बारे प्रश्न गर्दा हार जीतको फसेला जनताले गर्ने जानकारी गराउँदै जनता अराजक परिस्थितिमा बस्न चाहन्छन् कि गणतान्त्रिक माहौलमा बस्न चाहन्छन् भन्ने आफै निर्णय गर्नुपर्ने तिनले जनाए। गोजमुमो पार्टीलाई जीटीए चुनाउमा ४५ वटा सिटहरुमा निर्बिरोध बिजयी बन्न नदिन चुनावी मैदानमा चुनौति दिन उत्रेका तृणमूल कङ्ग्रेसबाट आज सबै सिटहरुमा नामाङकन पत्र भर्न नसके पनि आगामी सोमबार् भने सबै प्रार्थिहरुले नामङकन पत्र भर्ने तिनले थप जानकारी दिएका छन्। यसै क्रममा गोजमुमो पार्टीलाई चुनाउमा चुनौति दिन ४४ नम्बर समष्टिबाट उर्गेन शेर्पा, ४५ नम्बर समष्टिबाट पूर्वपार्षद शंखमणी राई, ४१ नम्बर समष्टिबाट ब्रुनो लेप्चा, ४२ नम्बर समष्टिबाट पिटर माईकल लिङदामो, ३७ नम्बर समष्टिबाट सुकबहादुर सुब्बा अनि ४० नम्बर समष्टिबाट छेवाङ भोटियाले नामाङकन पत्र भर्ने जानकारि प्राप्त भएको छ। अन्य रहल सिटहरुबाट चुनावी मैदानमा उत्रने प्रार्थीहरुको नाम भने आगामी सोमबार् नै सार्बजनिक हुने भोटियाले थप जानकारी दिएका छन्।
जीटीए चुनाउको मैदानमा सबै बिपक्षी पार्टीहरुलाई मात दिएर सत्ता कब्जा गर्ने होडमा कुदेको गोजमुमो पार्टीलाई यसपल्ट चुनावी मैदानमा चुनौति दिन तृणमूल कङ्ग्रेस पार्टी पछि माकपा पनि लागी परेको छ। आज नामाङकन पत्र भर्ने छैटौ दिन कालेबुङ महकुमाको ३८ लाभा लिङ्से समष्टिबाट ट्याटु लेप्चाले नामाङकन पत्र भरेका छन्। माकपा नेता तारा सुन्दासको नेतृत्वामा आएका माकपा कार्यकर्ताहरुले पहिला नामाङकन पत्र झिके भने तिनीहरु मध्ये ट्याटु लेप्चाले भने बुझाएका छन। अन्य माकपा प्रार्थीहरुले भने आगामी सोमबार् नै नामाङकन पत्र बुझाउँने तारा सुन्दासले जानकारी दिएका छन।
No comments:
Post a Comment