Pages

Wednesday, 23 May 2012

गोर्खा भारती विचार मञ्चको पूर्वावलोकन बैठक सम्पन्न

 कालेबुङ; भारतमा भएका गोर्खा जातिको राष्ट्रिय चिह्नारी संकटको मुद्दालाई नयॉं सोच अनि रणकौशलको आधारमा राष्ट्रव्यापी वैचारिक अभियानको तौरमा अघि बढ़ाउनका निम्ति तम्तयार भएको गोखा भारती विचार मञ्चको आज कालेबुङमा एक महत्वपूर्ण बैठक बस्यो। जसमा गोर्खा भारती विचार मञ्चका कोर समूह अनि पर्यवेक्षकहरूको उपस्थिति रहेको थियो। जसमा भारतमा गोर्खाहरूको राष्ट्रिय चिह्नारी संकट अनि गोर्खा भारती विचार मञ्चको अवधारणा साथै विचारक एवं नाट्यकर्मी सीके श्रेष्ठद्वारा लिखित पुस्तकको लोकार्पण एवं त्यसैमाथि आधारित ऐतिहासिक वृत्तचित्रको पूर्वावलोकन एवं चर्चा परिचर्चा गरियो। गोर्खा भारती विचार मञ्चका प्रणेता सीके श्रेष्ठ अनुसार कुनै पनि सिद्धान्त अथवा अवधारणालाई सार्वजनिक गर्न अघि त्यसमाथि आफैमाझ रौंचिरा विश्लेषण, आलोचना अनि प्रत्यालोचना गरेर मात्र ग्रहण गरिनु उचित छ। यस अवधारणालाई लिएर अघि बढ्न चाहने प्रत्येकको मनमा यो कार्य किन गरिँदैछ? अनि कुन उद्देश्यले गरिँदैछ? भन्ने कुरो ऐना जस्तै छर्लङ्ग हुनैपर्छ। आफू स्पष्ट भएर मात्र अरूलाई बुझाउन सकिन्छ। यसैले यो पूर्वावलोकन बैठक राखिएको उनले बताए। उनले अझ बताए अनुसार यो गोर्खा भारती विचार मञ्च वैचारिक सामूहिकतामा हिड़ेर गोर्खे राष्ट्रिय चिह्नारीको संकटलाई कसरी पार लगाउन सकिन्छ यसमाथि वैचारिक युद्ध लड़्नको निम्ति हो। यो व्यक्ति पूजादेखि माथि उठेर अझसम्म भएका गल्तीहरूलाई सच्याउँदै व्यक्ति सामूहिकता होइन, वैचारिक एकताको वकालत गर्दै संघीय गणतान्त्रिक राष्ट्र भारतमा गोर्खाहरूको राष्ट्रिय चिह्नारी सुनिश्चित गर्नु हो। यसमा अलग राज्य गोर्खाल्याण्ड मुख्य रूपमा रहेको उनले बताए।rongotimes....

No comments: