कालेबुङ: क्रामाकपा पार्टीले आगामी २७ मई आइताबारको दिन कालेबुङको डम्बरचोकमा बिराट जनसभा गर्ने तय गरेको छ।छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई निरन्तर अघि बडाएर लैजान अनि उक्त दिन गोर्खाल्याण्डको निम्ति पार्टीले नँया कार्यक्रमको घोषणा गर्ने भएको छ। यँहाको सात दोबोटोमा अवस्थित क्रामाकपा पार्टीको कार्यलयमा आज एक संवादाता सम्मेलन डाकेर कालेबुङ आञ्चलिक समितीका सचिव एंव प्रवक्ता मोहन पौड्याले जानकारी दिएका छन्। तिनले पत्रकार भेलालाई सम्बोधन गर्दै,उक्त जनसभामा पार्टी समर्थकहरुको ब्यापक हुने अनि क्रामाकपा केन्द्रिय समितीका अध्यक्ष आर बी राई,माहसचिव तारा मणि राई,प्रवक्ता गोबिन छेत्री,लगायत पार्टी नेत्रीवर्गको उपस्थिती रहने जनाएका छन्। जनसभा गर्नको निम्ति प्रसाशनबाट अनुमति पाएको पनि तिनले जनाँए। अरु सबै टालटुले छुट्टै राज्य गोर्खाल्याण्ड मात्र गोर्खाहरुको मुल समाधान रहेकोले त्यस जनसभामा गोर्खाल्याण्डको अवश्यक्ताबारे जनतालाई बझाउननै सभाको आयोजन गरिएको पौड्यालले बताए। पत्रकार सम्मेलनमा किशोर प्रधान ,अरुण घतानी लगायत अन्यको उपस्थिती रहेको थियो।
No comments:
Post a Comment