Pages

Wednesday, 23 May 2012

यूनिटको दाम बढ़ेको स्पष्टिकरण चाहियोःगोदुनिस.......... बिजुलीको बिलबारे नागरिक मञ्चले उठायो प्रश्न

 कालेबुङ, बिजुलीको बिललाई लिएर बढ़ेको असन्तुुष्टि दिनप्रतिदिन बढ्दो रहेको छ । अगस्त 2011 पछिको बिल भुक्तान गर्ने घोषणा भए तापनि हाल आइरहेको बिलले सबैलाई चकित बनाएको छ। असहयोग आन्दोलनको लामो अन्तरालमा भएको जीटीए सम्झौतापछि पहाड़बाट बिजुलीको बिल भुक्तान शुरू भयो। तर आम मानिसले जे सोचेेका थिए ,त्यो भएन। नतिरिएको बिल नआउने घोषणा त भयो तर तिरि नसक्नु बिलहरू आएपछि उपभोक्ताहरूको टाउको दुखाइ शुरू भयो। हजारौं रूपियॉंको बिल आएकाले हालसम्म पनि कतिले बिल भुक्तान गर्न सकेका छैनन्। बिजुलीको बिलले गर्दा असन्तुष्ट बन्दै विधायक डा. हर्कबहादुर छेत्रीसंग कुरा गरेपछि गोर्खा दुःख निवारक सम्मेलनका सचिव आरएल त्रिखत्रीले भने-बिलबारे धेरैवटा समस्या भइरहेको छ। अझ बिलको फेदमा आउटस्ट्याण्डिङ लेखिदिने गरेकाले अन्योलता छाएको छ। भारीमात्रमा आइरहेको बिल पनि समस्याको कारण बनेको छ। राजनैतिक मुद्दा रहेकाले यसलाई राजनैतिक ढंगले नै सुल्झाउनु पर्ने उनले बताए। यता गोदुनिसका संरक्षक पीआर प्रधानले भने-आन्दोलनकालपछि बिल तिर्दा अचानॉक यूनिटको दाम बढेको छ। यो कसरी भयो ? आममानिसलाई स्पष्टिकरण चाहियो। सरकार र विभागले मनपरी यूनिटको दाम बढाए तापनि आम जनता समस्यामा परेका छन्। उपभोक्ताको समस्यालाई पनि ध्यान दिन आवश्यक छ। यूनिटको दाम बढ्नुको पछि रहस्य के छ? प्रश्न गर्दै उनले भने-बिजुलीको उत्पादन पानीबाट हुन्छ। जो प्रकृतिले दिएको उपहार हो। जसको मूल्य चुकाउने कुरा आउँदैन। यसैले यूनिटको दाम मनपरी बढ़ाउनु न्यायसंगत हुँदैन। यसको निम्ति विभागले ध्यान दिनु पऱ्यो।


 अर्कोतिर बिजुली बिलको समस्यालाई केन्द्र गर्दै नागरिक अधिकार मञ्चको एउटा टोलीले विद्युत विभाग एइ एस. अग्रवालसंग भेट गरी विभिन्न मुद्दा उठाएको छ। मञ्चका अध्यक्ष एनपी दीक्षितको अगुवाइमा गएको आठ सदस्य टोलीले अधिकारीसंग भेट गरी विभिन्न विषयमा प्रश्न गरेको छ। अधिकारीसंग भेट गरेपछि पत्रकारहरूसंग कुरा गर्दै मञ्चका सचिव पीके प्रधानले भने-बिजुलीको बिल ठीक समयमा आइपुगेको छैन। यसको कारण सधैं नै प्रायःले फाइन तिरिरहनु परेको छ। यसलाई ठीक गर्न आवश्यक छ। आन्दोलनकालको आउटस्ट्यण्डिङ बिल समस्याको कारण बनेको छ। कतिपय क्षेत्रमा आज पनि मिटर रिडिङ नगरी बिल पठाइरहेको छ। यस किसिमको लापरवाहीले नै आममानिसहरूलाई समस्या भइरहेको छ। बिल भुक्तान गर्न आउने वरिष्ठ नागरिकहरूलाई पनि लाइनमा नराखिदिने आह्वान पनि उनीहरूलेे गरे। यता एइ एस. अग्रवालले जनाए अनुसार आउटस्ट्याण्डिङ बिलबारे जीटीए चुनाउपछि नै निर्णय लिइने बताए। बिल वितरण प्रक्रियालाई ध्यानमा राख्दै कसैले बिल नपाए विद्युत कार्यालयबाटै लिनसक्ने पनि उनले बताए।

No comments: