राजेश शर्मा:कालिमन्युज, जयगाँउ १८ मई: तराई डुवर्समा जीतटीएको समर्थनमा जोईन एक्सन कमिटिलाई जनसभा गर्न प्रसाशनले रोक लगाएअ पछि 23 अप्रेलको दिअन डुवर्समा भड्केको हिंसामा जीटीए समर्थक बिधान सरकारलाई आज पुलिसले पक्राऊ गरेको छ। डुकर्समा भएको आगजनी काण्डमा तिनको संलग्नता रहेको आरोपमा पुलिसले पक्राऊ गरेपछि जीटीए समर्थक जोईन एक्सन कमिटिक अध्यक्ष तथा आबिपबाट निस्कासित नेता जोहन बारलाले आफ्ना गुटका नेता बिधान सरकारको गिराफ्तरीम प्रतिक्रिया व्यक्त गरेको छ। तिनले बिधान सरकारको पक्राऊमा प्रतिक्रिया व्यक्त गर्दै तिनलाई फसाउँने काम गरिरहेको आरोप लगाएका छन। तिनले बिधान सरकार घटनाको दिन बानरहाटमा नरहेको दाबी गर्दै आगजनी घटनामा तिनको पक्राऊ नितान्त सुनियोजित षडयन्त्र रहेको दाबी गरे। जुन दिन डुवर्समा जनसभा गर्न नदिदा डाकेको बन्दमा हिंसा भडकेको थियो त्यस दिन नरहेको मानिसलाई पक्राऊ गर्नु न्यायोचित नरहेको जोन बारलाले दाबी गरेका छन। तिनले आफुहरुको सरकार प्रति विश्वास रहेको बताउँदै यदि पुलिसले अग्रिम पंक्तिका नेताहरुलाई बिना कारण पक्राऊ गरेर यातना दिने काम गरे यो सरकार तथा प्रसाशनको भूल हुने दाबी गरे। अहिले जीटीए समर्थकहरुको डुवर्समा व्यापक जनसमर्थन रहेको दाबी गर्दै पुलिस प्रशासनले कुनै व्यक्तिलाई पक्राऊ गर्न अघि तिनी दोषी हो वा होईन भन्ने कुराको जाँच समेत गर्नुपर्ने जोन बारलाले माग गरेका छन।
No comments:
Post a Comment