डी के वाइबा: कालिमन्युज, कालेबुङ 18 मई : दार्जीलिङ पहाडमा रिजनल स्कुल सर्भिस कमिसन राज्य सरकारले यथाशिघ्र लागु गरेर अहिलेसम्म बिभिन्न बिद्यालयहरुमा रहेको रिक्त पदहरुमा शिक्षकहरुको नियुक्ति गर्ने बिषयबारे आखिल भारतीय गोर्खालिग पार्टीले मुख खोलेको छ। अभागोलि महासचिव प्रताप खातीले आज यहाँ पत्रकारहरुसित कुराकानी गर्दै राज्य सरकारले रिजनल स्कुल सर्भिस कमिसन मार्फत पहाडमा शिक्षकहरुको नियुक्ति गरे पनि अहिले सम्म पहाडमा अस्थायी रुपमा कार्यरत रहेका शिक्षकहरुलाई एस एस सी को परिधीबाट बाहिर राखेर नियुक्ति गर्नुपर्ने माग गरेका छन।
उच्च न्यायलयले पहाडमा कार्यरत अस्थायी शिक्षकहरुलाई रिक्त रहेको पदहरुमा नियुक्ति गर्नुपर्छ भनि अगावै निर्देश दिईसकेको जानकारी गराउँदै कतिपय मानिसहरुले उच्च न्यायलयको निर्देशनमा नियुक्ति पाईसकेको तिनले जानकारी गराए। यसको साथै यदि अस्थायी शिक्षकहरुलाई एस एस सीकै माध्यमबाट नियुक्ति गर्ने प्रक्रिया अघि बडाए उच्च न्यायलयले दिएको निर्देशनको उल्लंघन हुने बताउँदै यसलाई सबैले ध्यान दिन आवश्यक रहेको बताए। केहिदिन अघि मात्र दार्जीलिङ पहाडमा राज्य सरकारले रिजनल एस एस सी लागु गरेर शिक्षकहरुको नियुक्ति प्रक्रिया थाल्ने अनि अस्थायी शिक्षकहरुले पनि एस एस सीकै माध्यमबाट नियुक्तिको निम्ति प्रक्रिया अघि बडाउँनुपर्ने तर उनीहरुलाई बिशेष प्रकारको छुट रहेको कुरा कालेबुङका बिधायक डा हर्क बहादुर छेत्रीले बताएकोमा प्रतिक्रिया गर्दै यदि एस एस सीकै माध्यमबाट नियुक्ति गरे अस्थायीहरु माथी अन्याय हुने तिनले दाबी गरे।
अर्कोतिर तिनले पत्रकारहरुसित कुराकानी गर्दै आगमी 21 मईको दिन दार्जीलिङमा स्व मदन तामङको पुण्यतिथी कार्यक्रममा बिभिन्न राजनैतिक पार्टीहरुलाई बोलाएको सन्दर्भमा बोल्दै दार्जीलिङमा गणतन्त्रप्रेमी मानिसहरुलाई कार्यक्रममा बोलाएको जानकारी गराए। उक्त कार्यक्रममा बिभिन्न राजनैतिक पार्टीहरुलाई बोलाएको भएता पनि कुनै सयुक्त मञ्च खोल्ने योजना नरहेको स्पष्टिकरण दिएका छन। केहिदिन अघिदेखि स्व मदन तामङको पुण्यतिथी कार्यक्रममा बिभिन्न राजनैतिक दलहरुलाई बोलाएर सयुक्त मञ्च गठन हुने चर्चा चलिरहेको केवल चर्चा मात्र रहेको बताउँदै कार्यक्रम केवल श्रद्धाञ्जली अर्पण गर्नलाई मात्र राखिएको तिनले थप जानकारी गराए।
No comments:
Post a Comment